prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • अयोध्या फैसलाः भारतका कयैन् स्थानमा सुरक्षा व्यवस्था कडा बनाइयो, मोदीद्वारा शान्तिको अपिल
अयोध्या फैसलाः भारतका कयैन् स्थानमा सुरक्षा व्यवस्था कडा बनाइयो, मोदीद्वारा शान्तिको अपिल
banijya office
एजेन्सी
शनिबार, कात्तिक २३, २०७६ एजेन्सी
अयोध्या फैसलाः भारतका कयैन् स्थानमा सुरक्षा व्यवस्था कडा बनाइयो, मोदीद्वारा शान्तिको अपिल
सर्वोच्च अदालत भारत

एजेन्सी । भारतको सर्वोच्च अदालतका ५ न्यायाधीशको संवैधानिक बेन्चले शनिबार अयोध्या विवादमा आफ्नो फैसला सुनाउनेछ । समाचार एजेन्सीहरुका अनुसार मुख्य न्यायाधिश रन्जन गोगोईको अध्यक्षतामा रहने बेन्चले भारतीय समय अनुसार विहान १०ः३० मा फैसला सुनाउन लागेको हो ।

nepalgunj 081-082

यो मुद्दामा अगस्ट ६ देखि अक्टोबर १६ सम्म ४० दिनसम्म हिन्दू–मुसलमान पक्षधरले सुनुवाई गरेको थियो । त्यही सुनुवाईको आधारमा बेन्चको फैसला सुरक्षित राखिएको थियो ।

फैसलालाई मध्येनजर गरेर अयोध्याको सुरुक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ । त्यहाँ धारा १४४ लागू गरिएको छ । 

त्यस्तै अयोध्यामा रहेका राज्य उत्तर प्रदेशमा ३ दिनसम्म स्कूल–कलेज बन्द रहनेछ । उत्तर प्रदेश मात्र होइन मुसलमान समुदायको उलेख्य उपस्थिति रहेका अन्य प्रदेशहरुमा पनि सुरक्षा व्यवस्था कडा राखिएको छ  
मध्य–प्रदेशमा पनि शनिबार स्कुल कलेज बन्द रहनेछ । 

त्यस्तै कर्नाटक, जम्मू–कश्मीर, राजस्थान र दिल्लीमा पनि शनिबार स्कूल बन्द रहनेछ । 

उत्तर प्रदेशको अलिगढ र मुजफ्फरनगर, राजस्थानको भरतपुर, जयपुर संभागमा शनिबार इन्टरनेट समेत बन्द गरिएको छ । 

गोवा, उत्तर प्रदेश र जम्मू–कश्मीरमा धारा १४४ लागू गरिएको छ । बेंगलुरीमा विहान सात बजेदेखि राती १२ बजेसम्म धारा १४४ लागू रहनेछ । 

मोदीद्वारा शान्तीको अपिलः
मोदीले अयोध्यासम्बन्धमा जे सर्वोच्च अदालतले जे फैसला गरे पनि सबैले स्वीकारिनुपर्ने बताएका छन् । मोदीले उनको ट्वीटमा लेखेका छन् ,‘ देशको न्यायपालिकाको मान–सम्मानालाई सर्वोपरी राख्दै समाजका सबै पक्षले हिजोको दिनमा सौहार्दपूर्ण र सकारात्मक वातावरण बनाउनको लागि जुन प्रयास गरे, त्यो स्वागत योग्य छ । अदालतको निर्णयपछि पनि हामीले सौहार्दपूर्ण अवस्था कायम राख्नुपर्छ । ’

इलाहाबाद उच्च–अदालतले विवादित जमीनलाई ३ हिस्सामा बाडेको थियोः 
सन् २०१० मा इलाहाबाद उच्च–अदालतले अयोध्यासम्बन्धमा फैसलामा गरेको थियो । त्यसमा अदालतले अयोध्याको २.७७ एकड क्षेत्र तीन हिस्सामा बराबरी बाढ्यो । 

फैसलामा एक हिस्सा सुन्नी वक्फ बोर्ड, अर्को निर्मोही अखडा र तेस्रो रामलला विराजमानलाइ दिइएको थियो । उक्त फैसलाबाट असन्तुष्टहरु सर्वोच्च अदालतमा १४ वटा उजुरी दिएका थिए । 

को–को छन् कानुनी बेन्चमा 
अयोध्या मामिलामा सुनुवाई गरिरहेको कानुनी बेन्चको अध्यक्षता स्वयम भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधिश रन्जन गोगोईले गरिरहेका छन् । उनका अतिरिक्त बेन्चमा एसए बोबोडे, डीबाई चन्द्र मचुड, आशेक भूषण र अब्दुल नजीर छन् । 

आयोध्या विवादको इतिहासको समयतालिका
सन् १५२८ : इतिहासकारका अनुसार बाबर इब्राहिम नामका शासक लोदीबाट लड्दै १५२६ मा भारत आए । बाबरका सुबेदार मीरबाकीले १५२८ मा अयोध्यामा मस्जिद बनाए । बाबरको सम्मानमा मस्जिदको नाम पनि बाबरी राखियो । 

सन् १८५३ : अवधको नवाब वाजिद अली शाहको समयमा पहिलो पटक अयोध्यामा साम्प्रदायिक हिंसा भडकियो । हिन्दू समुदायले विगतमा मन्दिर रहेको स्थानमा मस्जिद बनाएको आरोप लगायो 
सन् १९४९ : बाबरी मस्जिद रहेको स्थानमा मुनि रामललाको मूर्ति स्थापित गरियो । 

सन् १९५० : हिन्दू महासभाको वकील गोपाल विशारदले फैजाबाद जिल्ला अदालतमा मुद्दा दायर गरेर रामललाको मूर्तिको पूजाको अधिकार दिन माग गरियो । 

सन्  १९५९ : निर्मोही अखडाले विवादित स्थलमाथिको स्वामित्व दावी । 
सन् १९६१ : मस्जिद क्षेत्रमा मूर्ति स्थापित गर्ने कार्यविरुद्ध सुन्नी वक्फ बोर्ड(सेन्ट्रल)ले अदालतमा मुद्दा हाल्यो । उसले मस्जिद र त्यस वरपरीको जमीनमा आफ्नो हक दावी । 

सन् १९८१ : उत्तर प्रदेश सुन्नी सेन्ट्रल वक्फ बोर्डले जमीनको स्वामित्वको हकको लागि मुद्दा दायर ग¥यो । 

सन् १९८९ : इलाहाबाद उच्च अदालतले विवादित स्थलमा यथास्थिति कायम राख्न भन्यो । 

सन् १९९२ : हिन्दू अराजकतावादीले अयोध्याको मस्जिद ध्वस्त बनायो
सन् २००२ : इलाहाबाद उच्च अदालतमा बाबरी मस्जिदको स्वामित्वलाई लिएर सुनुवई सुरु । 

सन् २०१० : इलाहाबाद उच्च अदालतले विवादित स्थलमा सुन्नी, वक्फ बोर्ड, निर्मोही अखडा र रामललाबीच तीन हिस्सामा बराबरी बाडिदियो । 
सन् २०११ : सर्वोच्च अदालतले इलाहाबाद उच्च–अदालतको फैसला कार्यन्वयनमा रोक लगायो ।

सन् २०१८ : सर्वाेच्च अदालतले अयोध्या विवादलाई लिएर दायर विभिन्न मुद्दामा सुनुवाई सुरु ग¥यो । 

सन् २०१९ अगस्ट ६ : सर्वोच्च अदालतको संवैधानिक बेन्चले इलाहाबाद उच्च अदालतको फैसलाको सुनुवाईमा दायर हिन्दू र मुस्लिम पक्षको अपिलको सुनुवाई सुरु ग¥यो । 

सन् २०१९ अक्टोबर १६ : सर्वोच्च अदालतमा अयोध्या मामिलामा सुनुवाई पुरा, । ratopati


प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६  ११:०५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP