नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • श्रद्धाञ्जली सभामा 'चाचाजी'को योगदानको चर्चा
श्रद्धाञ्जली सभामा 'चाचाजी'को योगदानको चर्चा
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ २८, २०७७ बागेश्वरी पोस्ट
श्रद्धाञ्जली सभामा 'चाचाजी'को योगदानको चर्चा

नेपालगञ्ज । वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्त 'चाचाजी'को ९२ औं जन्मजयन्तिमा श्रद्धाञ्जली सभा गरिएको छ । भदौ २७ गते जन्मजयन्ति भएपनि नेपालगञ्जमा शुक्रबार र शनिवार निषेधाज्ञा लगाइएका कारण गुप्तको जन्म जयन्ति आज मात्र मनाइएको हो । किरण साप्ताहिक र प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त प्रतिष्ठानद्वारा महेन्द्र पुस्तकालयमा आयोजित श्रद्धाञ्जली सभामा गुप्तको फोटोमा माल्यार्पण गर्दै उहाँको व्यक्तित्व र योगदानको चर्चा गरिएको हो । सभामा स्व. गुप्तकी धर्मपत्नी कमलादेवी गुप्तको पनि उपस्थिति रहेको थियो । नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष गुप्तको गत माघ १५ गते निधन भएको थियो । नेपाल पत्रकार महासंघ बाँकेका पुर्व सभापति समेत रहनुभएका गुप्तले झण्डै ४ दशक अघिदेखि नेपालगन्जबाट साप्ताहिक किरण प्रकाशन र सम्पादन गर्दै आउनुभएको थियो । स्व.गुप्तका समकक्षी एवं वरिष्ठ साहीत्यकार सचिदानन्द चौवैले पत्रकार गुप्त असल, अग्रणी र सफल व्यक्तिका रुपमा सदैव स्मरणीय रहनुहुने बताउनुभयो । सम्मानमा कविता समेत प्रस्तुत गर्दै चौवैले उहाँको नाममा दिर्घकालीन सामाजिक कार्यहरु गर्न पनि सम्वद्धमा अपिल गर्नुभयो । स्व. गुप्तका जेष्ठ सुपुत्र एवं प्रतिष्ठानका अध्यक्ष विजय कुमार गुप्ताले उहाँले कल्पना गरेको समाज निर्माणमा पत्रकारहरु क्रियाशील हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला, जसपा अध्यक्ष लक्ष्मीनारायण बर्मा, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष झलक गैरे, नेपाल प्रेस युनियन बाँकेका निवर्तमान अध्यक्ष जयनाराण शाह, प्रेस युनियन बाँके अध्यक्ष अर्जुन वली, प्रभाकर मिश्रा, डा. सुरेश कनोडिया, डा. रवि चौरसिया लगायतले स्व. गुप्तको लोकतन्त्रप्रतिको विश्वास, पत्रकारताप्रतिको क्रियाशीलता र सादगी जीवनबारे चर्चा गर्दै उहाँको विचारलाई जीवन्त राख्नुपर्ने बताउनुभयो । प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईद्वारा सञ्चालन गरिएको कार्यक्रममा प्रतिष्ठानका आगामी योजनाबारे सदस्य सुनिल कुमार गुप्ताले प्रकाश पार्नुभएको थियो ।


प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  २१:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP