नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा, खड्का नेपालगन्ज वडामा
नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा, खड्का नेपालगन्ज वडामा
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज ६, २०७७ बागेश्वरी पोस्ट
नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा, खड्का नेपालगन्ज वडामा
प्रहरी निरीक्षक हरि बहादुर बस्नेत र पबिन्द्र बम

नेपालगन्ज । प्रहरी प्रधान कार्यालय नक्सालले देशभर ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ। असोज महिनाको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान मिल्ने गरी देशभरका ४ सय ८८ प्रहरी निरीक्षकको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले वडा प्रहरी कार्यालय नेपालगन्जमा प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको सरुवा गरेको छ। त्यस्तै वडा प्रहरी कार्यालय नेपालगन्जबाट प्रहरी निरीक्षक हरि बहादुर बस्नेतको केन्द्रिय अनुसन्धान ब्यूरो, चोरी अपराध अनुसन्धान शाखामा सरुवा भएको छ।

जिल्ला ट्राफिक प्रहरी बाँकेमा राजु भण्डारीको सरुवा भएको छ भने बाँके ट्राफिकमा रहेका प्रहरी निरीक्षक पबिन्द्र बमको ट्राफिक प्रहरी महाशाखा, गस्ती शाखामा सरुवा भएको छ। यता बाँकेकै ईलाका प्रहरी कार्यालय भगवानपुरमा मान बहादुर वि.सी.को स्थानमा बसन्त गौतमको सरुवा भएको छ। प्रहरी निरीक्षक बस्नेतले आफ्नो कार्यकालमा नेपालगन्जमा थुप्रै सर्हानिय कार्य गरेका छन् । यस्तै ईश्वर देव गिरी जिल्ला प्रहरी कार्यालय बाँकेमा सरुवा भएको छ।

नेपाल प्रहरी अधिकृतमा बस्नेत अपराधका दुश्मन मानिन्छन् । त्यस्तै ट्राफिक प्रहरी बाँके प्रमुख बमले सवारी दुर्घटना न्यूनिकरणमा धेरै राम्रो कार्य गरेका छन् भने सरकारको खातामा धेरै राजस्व जम्मा गरिसकेका छन् ।

सरुवा सूची अनुसार महानगरीय प्रहरी प्रभाग, बुढानीलकण्ठमा राजकुमार तामाङ, साँखु प्रभागमा जानुका देवी खरेल, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपमा चन्द्रकिशोर शाह र इलाका प्रहरी कार्यालय खानीखोलामा रुपा थापा पठाइएका छन् ।

इलाका प्रहरी कार्यालय रसुवामा केदार बस्नेत, इलाका प्रहरी कार्यालय आबुखैरेनीमा विकास थापालाई प्रहरी प्रधान कार्यालयले पठाएको छ ।

इन्सपेक्टरको सरुवा सुची


प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  ०८:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP