prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • डीएसपी कुँवरसहित पाँच प्रहरीमाथि कारबाही सिफारिस
डीएसपी कुँवरसहित पाँच प्रहरीमाथि कारबाही सिफारिस
banijya office
बागेश्वरी पोस्ट
शुक्रबार, असोज ३०, २०७७ बागेश्वरी पोस्ट
डीएसपी कुँवरसहित पाँच प्रहरीमाथि कारबाही सिफारिस
फाइल तस्बिर

नेपालगन्ज । राष्ट्रिय मानव अधिकार आयोगले दुई वर्षअघि सूर्यविनायकको जंगलमा दुई युवकलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर गोली हानी मारेको ठहर गरेको छ। आयोगले उक्त घटनामा संलग्न नेपाल प्रहरीका डीएसीसहित पाँचजनामाथि कारबाही सिफारिस गरेको छ। 

nepalgunj 081-082

आयोगले घटनामा दोषी देखिएका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुगमबहादुर कुँवर, प्रहरी नायब निरीक्षकहरू दीपेन्द्र चन्द, प्रसन्न मल्ल, रञ्जित लामा तथा प्रसहायक निरीक्षक राजन खड्कालाई  कारबाहीका लागि सिफारिस गरेको हो। 

सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङमाथि काठमाडौं काँडाघारी बस्ने ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गरेको आरोप लागेको थियो। उनीहरू दुवैजना प्रहरीसँगको ‘भिडन्त (इन्काउन्टर)’ मा मारिएका थिए।

आयोगले भने आरोपित दुवैलाई २०७५ साउन २१ गते प्रहरीले भक्तपुर, सूर्यविनायक जंगलमा लगी गोली हानी मारेको ठहर गरी दोषी सुरक्षाकर्मीमाथि कारबाही गर्न सिफारिस गरेको हो। 

आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘प्रहरीले दोहोरो झडप भएको बताएको उजुरीमा आयोगबाट गठित विशेषज्ञ सम्मिलित छानबिन समिति समेतले पेस गरेको प्रतिवेदनउपर सुनुवाइ हुँदा उक्त घटना दोहोरो झडप नभई आरोपित दुवैजनालाई नियन्त्रणमा लिएपछि गोली हानी मारिएको आयोगले ठहर गरेको छ।’ 

आयोगले बालक निशान खड्काको परिवारलाई तीन लाख क्षतिपूर्ति, गोपाल र अजय तामाङको परिवारलाई एक लाख क्षतिपूर्ति  दिन सिफारिस गरेको छ। 

यस्तै नेकपा विप्लव समूहको सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु सम्बन्धमा यसअघि भएको निर्णयमा पुनरवलोकन गर्नु नपर्ने निर्णय आयोगले गरेको छ। 

पौडल २०७६ असार ५ गते सर्लाहीको लालबन्दीमा प्रहरी कारबाहीमा मारिएका थिए।  आयोगले पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर नौ गोली हानी मारेको ठहर गरेको थियो।

आयोगको विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनाका सम्बन्धमा २०७६ कात्तिक ४ मा भएको निर्णयमा पुनरावलोकन गरिपाऊँ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतबाट आएको निवेदनमा सुनुवाइ हुँदा आयोगको पूर्वनिर्णयमा पुनरावलोकन गर्नुपर्ने कुनै तथ्य, आधार, कारण नभकाले पुनरावलोकन नगर्ने निर्णय भएको छ।’

आयोगले रुकुम चौरजहारी सोतीमा गत जेठ १० गते मृत्यु भएका पीडितका परिवारलाई अन्तरिम राहतस्वरुप एक लाख उपलब्ध गराउन सिफारिस गरेको छ। 

अन्तरजातीय प्रेमको विषयालाई लिएर भएको उक्त घटनामा ६ युवा मारिएका थिए। आयोगले जातीय विभेद तथा बालविवाह रोकथाम र नियन्त्रणका लागि तीनै तहका सरकारलाई कार्यक्रम सञ्चालन गर्ने गरी यस्ता विषयमा शून्य सहनशीलता अपनाउन नीतिगत सिफारिस गरेको छ। 

उक्त घटनालाई आयोगले जातीय विभेदको जगमा भएको अमानवीय घटना भनेको छ।

यसैगरी आयोगले रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे बम विस्फोटमा मारिएका परिवारलाई अन्तरिम राहतस्वरुप जनही एक लाख उपलब्ध गराउन सरकारलाई सिफारिस गरेको छ। 

गत वैशाख १७ गते बेवारिसे बम विस्फोट हुँदा त्रिवेणी–७ का नोरितराम डाँगी, विमला केसी र विजय केसी तथा वडा ४ का गौरव नेपालीको मृत्यु भएको थियो। आयोगले घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ। 


प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  १६:०६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
नेपालगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ
डुडुवाको चौफेरीबाट ५० ग्राम ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा
डुडुवाको चौफेरीबाट ५० ग्राम ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP