prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • यसरी हुन्थ्यो श्रद्धाको कारमा ड्रग्स सप्लाई
यसरी हुन्थ्यो श्रद्धाको कारमा ड्रग्स सप्लाई
banijya office
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक ८, २०७७ बागेश्वरी पोस्ट
यसरी हुन्थ्यो श्रद्धाको कारमा ड्रग्स सप्लाई

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूत मृत्यु प्रकरण छानविनको क्रममा खुलासा भएको ड्रग्स नेक्ससमा अनुसन्धान भइरहेको छ । ड्रग्स प्रकरणले बलिउडमा तहल्का मच्चाएको छ ।

nepalgunj 081-082

यस मामिलामा बलिउडका थुप्रै प्रख्यात अभिनेत्रीहरूको नाम आएको छ। सबै नामहरू व्हाट्सएप च्याट, रिया चक्रवर्ती र यस मुद्दामा पक्राउ परेका ड्रग कारोवारीको बयानका आधारमा आएका हुन्। यसैबीच, ड्रग्स कारोवारी करमजीतले अभिनेत्री श्रद्धा कपूर र सारा अली खानको बारेमा खुलासा गरेका छन्। भारतीय मिडियाका अनुसार करमजीतले अभिनेत्री श्रद्धा कपूर र सारा अली खानलाई कार र कुरियर मार्फत ड्रग्स सप्लाई गरेको नार्कोटीस कन्ट्रोल ब्युरोसँग कबूल गरेका छन् ।

एनसीबी स्रोतका अनुसार करमजीतले अभिनेत्री श्रद्धा कपूरको नाममा चारपटक विभिन्न ठाउँमा लागूपदार्थ आपूर्ति गरेको दावी गरेका छन। ड्रग्सको प्याकेट कारमा चार पटक पुर्‌याइएको थियो । यद्यपि कारमजीतले भने कारमा ड्रग्सको प्याकेट श्रद्धा कपूर आफैले लिएकी थिइन् वा उनीसँग सम्बन्धित कोही अन्यले त्यसको यकिन छैन।

यसैबीच करमजीतले अभिनेत्री सारा अली खानलाई लागुऔषध आपूर्ति गर्ने गरेको कुरा स्वीकार गरेका छन्। मिडियामाका अनुसार, करमजीतले सारा अली खानलाई दुई पटक लागु लागूऔषध आपूर्ति गरिसकेका छन्। उनले कूरियरको माध्यमबाट अभिनेत्रीलाई दुई पटक ड्रग्स दिएका थिए। एनसीबीले सारा अली खानलाई बिहिबार कारमजीतको बयानको क्रस चेकमा बोलाएको थियो। उनी गोवाबाट मुम्बई पुगेकी थिइन्। अभिनेत्री दिपिका पादुकोण बिहिबार राती गोवाबाट मुम्बई पुगेकी थिइन्।

उनीसँगै पति रणवीर सिंह पनि थिए। दिपिका पति रणवीरले एनसीबीलाई दिपिकासँग सोधपुछको क्रममा बस्न दिन बिन्ती गरेका छन्। उनका अनुसार दिपिका कहिलेकाँहि नर्वस हुन्छिन्। तसर्थ, उनलाई दिपिकासँग बस्न दिनुपर्छ । रणवीरले भनेका छन् उनी कानुनी नियम जान्दछन् उनी अनुसन्धानको क्रममा सँगै बस्न सक्दैनन् तर पनि उनलाई एनसीबी कार्यालय भित्रसम्म जान अनुमति दिइनुपर्छ।

तर उनको बिन्तीलाई एनसीबीले खारेज गरिदिएको छ । दिपिकाले एक टेलेन्ट कम्पनीको मेनेजर करिश्मासँग ड्रग्स मगाएको च्याट मिडियामा आएको थियो । उनले च्याटमा करिश्मासँग माल हे क्या भन्दै ड्रग्स मनाएकी छिन्। यहि च्याट उनलाई लागूऔषध कारोवार र उपभोगमा उनलाई फसाउन काफी हुने भारतीय मिडियाले दावी गरेका छन् ।

दिपिका, सारा र श्रद्धाले के भने रु साथै शनिबार एनसीबीले अभिनेत्रीहरु दिपिका पादुकोण, सारा अली खान र श्रद्धा कपूरसँग सोधपुछ गरेको छ। एनसीबीको सोधपुछका क्रममा दिपिकासँग साढे ५ घण्टा, श्रद्धा कपूरसँग ६ घण्टा तथा सारासँग पाँच घण्टा सोधपुछ गरिएको छ । सारा र श्रद्धाले ड्रग्स सेवन नगरेको दावी गरेका छन् ।

कोलाबास्थित गेष्ट हाउसमा दिपिका र उनकी म्यानेजर करिश्मा प्रकाशसँग एनसीबीले सोधपुछ गरेको हो । उक्त क्रममा उनीहरुले २०१७ को अक्टोबरमा कथित ड्रग च्याटबारे स्वीकार गरेका छन् । तर दुबैले सीधा जवाफ नदिएको बताइएको छ । यो च्याटमा दुवैले ड्रगबारे चर्चा गरेका थिए । अनि क्लब कोकोमा भेट्ने योजना बनाएका थिए ।

यसबारेमा एनसीबीले सम्मन जारी गरेको छ । त्यस्तै श्रद्धा र सारासँग एनसीबीले बेयलार्ड स्टेटस्थित कार्यालयमा सोधपुछ गरेको छ । दिपिकासँग एनसीबीले सबैभन्दा पहिले आरोपबारे बताएको थियो। डेटा ब्याकअप लिनका लागि दिपिकाका दुई वटा मोबाइल फोन लिइएको छ । दिपिकासँग कुनै पनि आरोपी वा संदिग्धसँग छलफल गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

ड्रग्स केशमा एकपछि अर्को हाई प्रोफाइलका नायिकाहरु तानिन थालेका छन् । सुशान्त सिंहकी गर्लफ्रेन्ड रिया चक्रवर्तीले नार्कोटीस कन्ट्रोल ब्युरोसँगको बयानका क्रममा बलिउडका २५ ड्रग्स प्रयोगकर्ताको नाम उल्लेख गरेसँगै बलिउडका एक पछि अर्का नायिकाको नाम जोडिएर आउन थालेका हुन्।हाम्राकुराबाट...


प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७  ११:५५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP