prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ १३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • यी हुन् बाइडेनलाई बधाई नदिने संसारका चार शक्तिशाली राष्ट्रप्रमुखहरु
यी हुन् बाइडेनलाई बधाई नदिने संसारका चार शक्तिशाली राष्ट्रप्रमुखहरु
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक २५, २०७७ बागेश्वरी पोस्ट
यी हुन् बाइडेनलाई बधाई नदिने संसारका चार शक्तिशाली राष्ट्रप्रमुखहरु

नेपालगञ्ज । डेमोक्रेट पार्टीका जो बाइडेन अमेरिकाको नयाँ राष्ट्रपति बनेका छन् । नरेन्द्र मोदी समेत संसारका सबै ठूला नेताहरुले उनलाई जितको लागि बधाई दिइसकेका छन् । तर, चार देशका राष्ट्र प्रमुखहरुले अहिलेसम्म बाइडेनलाई जितको बधाई दिएका छैनन् । प्रश्न उठ्छ- यस्तो किन भइरहेको छ ? यसपछाडिको कारण के हो ? यो कुटनीति हो कि अरु नै केही कुरा ?

बाइडेनलाई शुभकामना तथा बधाई नदिने राष्ट्रप्रमुखहरुमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति सि जिनपिङ, ब्राजिलका राष्ट्रपति जेअर बोल्सोनारो र टर्कीका राष्ट्रपति रजब तैयब एर्दोगान रहेका छन् ।

२०१६ मा जब डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव जिते, त्यतिबेला २ घण्टामा भ्लादिमिर पुटिनले उनलाई बधाई दिएका थिए । यसपटक भने बाइडेनले जित्दा पुटिनले अहिलेसम्म बधाई दिएका छैनन् ।

क्रेमलिनका प्रवक्ताले भनेका छन्, ‘हामी औपचारिक निर्णय कुरिरहेका छौं ।’ ट्रम्पको पालामा रुसलाई सघाएको आरोप लाग्ने गरेको थियो । यद्यपि, ट्रम्पको पालामा पनि दुई देशबीच गम्भीर मतभेद मात्र नभएर टकरावको अवस्था थियो ।

ट्रम्पले कतिपय अवस्थामा रुस र पुटिनको प्रसंशा गर्दै आएका छन् ।

डेमोक्रेटहरुको नीति सधैं रुसविरुद्ध कडा र चीनप्रति नमर रहँदै आएको छ । ओबामा रुसलाई चुनौती मान्थे भने ट्रम्प चीनलाई । यसैले रुसले ट्रम्पलाई सहयोग गरिरहेको आरोप लाग्ने गरेको थियो ।

त्यसो त, चीनका राष्ट्रपति सि जिनपिङ पनि २०१६ मा ट्रम्पलाई तत्काल बधाई दिने शासकमा पर्दथे । बाइडेनको सवालमा भने चीन अहिलेसम्म मौन छ ।

ट्रम्पले सधैंभरी चीनविरुद्ध कडा कदम चाल्दै आए । उनी अहिले पनि कोरोना भाइरसलाई चिनियाँ भाइरस भन्छन् । उनी व्यापार युद्धमा पनि आक्रामक बन्दै आए । ट्रम्पकै कारण चिनियाँ कम्पनीहरुले संसारका कतिपय देशमा फाइभ जी नेटवर्कका लागि सम्झौता गर्न सकिरहेका छैनन् ।

कतिपयले भने बाइडेनको चीनप्रतिको नीति ट्रम्पको भन्दा आक्रामक रहने अनुमान गर्दै आएका छन् ।

बाइडेनलाई बधाईबारे चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता भन्छन्, ‘हामी अवस्था हेरिरहेका छौं । हामी अन्तर्राष्ट्रिय नियमअनुसार चल्छौं ।’

उता, २०१६ मा ट्रम्पले जितेपछि टर्कीमा कूको प्रयास भयो । तर एर्दोगान बचे । तब ट्रम्पले उनको प्रसंशा गरे । तर एर्दोगानको दुई कदमहरुले ट्रम्प भड्किन थाले । पहिलो हो- एर्दोगानले साउदी अरब र खाडी देशहरुको विरुद्ध पाकिस्तान, मलेसिया र ईरानसँग मिलेर गठबन्धन बनाए । यो कुरा ट्रम्पलाई मन परेन । दोस्रो- एर्दोगानले कट्टर इस्लामिक एजेन्डा सुरु गरे । यो अमेरिका, इजरायल र यूरोपका कयौं देशलाई मन परेन । यहाँ ट्रम्प हुनु र बाइडेन हुनुमा धेरै फरक नपर्ला ।

बाइडेनले हालसालै न्यूयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘टर्कीको नीति हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन । आईएसआईएस र अल कायदाका लागि एर्दोगानको नरम नीति पनि हामीलाई मञ्जुर छैन ।’ बाइडेनको इशारा काफी छ ।

अब कुरा बाँकी रह्यो बोल्सोनारोको । ट्रम्प र ब्राजिलका राष्ट्रपति बोल्सोनारोबीच सम्बन्ध बलियो छ । अमेरिकाकै आग्रहमा बोल्सोनारोले चिनियाँ कम्पनीमाथि कडाई गरे । फाइभजी नेटवर्कको सम्झौता पनि दिएनन् । उनले सिधै भनेका थिए कि अमेरिकामा दोस्रो कार्यकाल पनि ट्रम्पले जित्नुपर्छ ।

यति मात्र होइन, बोल्सोनारो एकपटक ‘ट्रम्प फर २०२०’ नारावाला टोपी पनि लगाएको देखिए । बाइडेनले यो सबै हेरिरहेका थिए होलान् । दुई देशबीच सीमा सम्बन्धि समस्या विद्यमान छ । ट्रम्पमाथि नश्लवादको आरोप लाग्दै आउँदा बोल्सोनारोले उनको बचाउ गर्दै आएका थिए ।

ब्राजिल सरकारका प्रवक्ता भन्छन्- हामी अमेरिकाको औपचारिक नतिजाको प्रतिक्षा गरिरहेका छौं ।’ (दैनिक भास्करबाट)


प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १५:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP