prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्रका एसएसपीहरु डिआइजी बन्न शक्ति केन्द्र धाउदै
सशस्त्रका एसएसपीहरु डिआइजी बन्न शक्ति केन्द्र धाउदै
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस १५, २०७७ बागेश्वरी पोस्ट
सशस्त्रका एसएसपीहरु डिआइजी बन्न शक्ति केन्द्र धाउदै

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले नायब महानिरीक्षक (डिआइजी) बढुवा प्रक्रिया थालेसँगै सशस्त्रका एसएसपीहरु शक्तिकेन्द्र धाउन थालेको भेटिएको छ । सशस्त्रले डिआईजी हुन आवश्यक आवेदन मागसँगै एसएसपीहरु शक्तिकेन्द्रको दौडधुपमा लागेको भेटिएको हो ।

सशस्त्रमा अहिले सात डिआइजी पद रिक्त छ । बढुवा वरीयतामा अगाडि आउन सकेको खण्डमा आइजिपीको रोलक्रममा परिने हुनाले शक्तिकेन्द्र रिझाउन दौडधुप बढेको हो । हालको नियमावलीअनुसार अहिले रिक्त सातै पदमा बढुवा गरिए पनि आइजिपीको रोकलक्रममा भने गणेशबहादुर ठाडामगर र कमल गिरी मात्रै रहने छन् । ३० बर्षे सेवा अवधि हटेको खण्डमा भने आइजिपीको रोलक्रममा अभि खत्री पनि थपिनेछन् । अन्य भने ३० बर्षे सेवा अवधि र पदावधिका कारण अनिवार्य अवकाशमा जानेछन् ।

स्रोतका अनुसार, अहिले खत्री, ठाडामगर र गिरी आआफ्नो लबिङमा छन । अहिलेको वरीयतामा खत्री अगाडि रहेकाले ठाडामगर उनलाई जसरी पनि आफूभन्दा पछि पार्न चर्को लबिङमा लागिपरेका छन् । हालको वरीयतामा खत्री एक, ठाडामगर ३ र गिरी ५ नम्बरमा छन । एसएसपी शम्भु सुवेदी २ र दुर्गाप्रसाद भट्टराई ४ नम्बरमा छन् । सुवेदी र भट्टराईले भने पहिला नै अवकाश पाउने भएकाले उनीहरू भने सामान्य मात्रै लबिङमा छन् । उनीहरू पाँचै जना २३ असार २०७४ मा एसएसपी बनेका थिए । यी पाँच जनापछि कुलबहादुर नेम्वाङ छन् । वरीयतामा पहिलो नम्बरमा रहेका खत्री भने अहिले ६ नम्बर बाहिनीपति भएकाले वर्तमान राजनीतिक परिस्थितका कारण प्रदेश छाड्न पाएका छैनन । उनी अहिले सुर्खेतमै छन । यसअघिको डिआइजी बढुवामा पनि उनी प्रमुख दाबेदार थिए ।

एसएसपी भए पनि निमित्त बाहिनीपतिको जिम्मेवारी पाउने उनी एक जना मात्रै हुन्। स्रोतका अनुसार सात डिआइजी पद रिक्त भए पनि अहिले ६ ओटा पदमा मात्रै बढुवा गरिने सम्भावना बढी छ। त्यसो त यसअघि दुई डिआइजी पद रिक्त भए पनि एउटामा मात्रै बढुवा गरिएको थियो । ६ जना बढुवा गर्दा १७ चैत २०७३ मा एसएसपी भएका पाँच जना र २३ असार २०७४ मा एसएसपी भएका एक जना पर्नेछन् । सात जना बढुवा गर्दा २० पुस २०७५ मा एसएसपी भएकाबाट गर्नुपर्ने हुन्छ । यसो गर्दा एक जना सिधै पछि पर्नेछन । २० पुस २०७५ मा एसएसपी भएकामा कालीदास धौबजी र कुमार न्यौपाने पर्छन् । धौबजी र न्यौपाने नेपाल प्रहरीमा प्राविधिकका रूपमा सईबाट सुरु गरेका व्यक्ति हुन् ।           

यस्तो छ बढुवा व्यवस्था                                           
सशस्त्र प्रहरी नियमवाली २०७२ मा डिआइजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) सदस्य सचिव रहने उल्लेख छ । बढुवा समितिले बढुवा सिफारिस गर्दा कार्यक्षमताको मूल्यांकनका आधारमा गर्छ । जसमा कार्यसम्पादन मूल्यांकन बापत ४० अंक, ज्येष्ठता बापत २० अंक, भौगोलिक क्षेत्रमा काम गरे बापत ८ अंक, शैक्षिक योग्यता बापत ७ अंक, तालिम बापत १३ अंक, चुनौतीपूर्ण वा विशेष जिम्मेवारी बापत ५ अंक, विभूषण बापत २ अंक र बढुवा समितिले ५ अंक दिन पाउने व्यवस्था छ । बढुवा समितिले तयार पारेको सिफारिस गृह मन्त्रालयले मन्त्रिपरिषद्मा लगेपछि मन्त्रिपरिषद्ले पास गर्ने व्यवस्था छ ।

गणेशबहादुरको विवादित पृष्ठभूमी                             
आफ्नै कारण विवादमा आइरहने गणेशबहादुर ठाडामगरलाई अघि आउन फलामको चिउरा चपाउन जस्तै भएको छ । चेन अफ कमान्ड नमान्ने, सामाजिक सञ्जालमा जथाभाबी लेख्ने उनको स्वभावले उनलाई फोर्सको नेतृत्वमा पुग्ने गरि अगाडी ल्याउन मिल्छ की मिल्दैन भन्ने बारेमा मुख्यालयमा पटकपटक चर्चा भएको स्रोतको दावी छ । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोका प्रमुख एसएसपी ठाडामगरलाई सामाजिक सञ्जाल फेसबुकमा अमेरिकाका बहालवाला राष्ट्रपति ट्रम्पको कार्टुनसहितको तस्बिर राखेर पोस्ट गरेको भन्दै केही दिनअघि मात्रै सशस्त्र मुख्यालयले स्पष्टीकरण सोधेको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्प चुनावमा हारेको समाचार आएलगत्तै एसएसपी ठाडामगरले सामाजिक सञ्जाल फेसबुकमा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई बधाई दिँदै राष्ट्रपति ट्रम्पको बिगारेको तस्बिर पोस्ट गरेका थिए। जबकि, सशस्त्रको नियमावलीले कुनै पनि देशका राष्ट्रप्रमुखलाई होच्याउने अधिकार मातहतका कसैलाई पनि दिएको छैन । एसएसपी ठाडामगरको सो कार्यको कुटनीतिक वृत्तमा पनि चर्चा भएको पाइएको छ। एसएसपी ठाडामगरले गत वर्षको माघमा पनि सामाजिक सञ्जाल फेसबुकमा आपत्तिजनक प्रतिक्रिया दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहबारे टिप्पणी गरेका थिए । ‘छँदाखाँदाको सत्ता जोगाउन नसक्नेले अहिले गोरुको झर्ला र खाउँला भन्ने आशमा बस्नु मनको लड्डु घिउसँग’ भनेर फेसबुकमा पोस्ट गरेका थिए । ठाडामगर एसपी हुदा ८ नम्बर बरियतामा थिए ।

नेकपाका नेताहरु बर्षमान पुन,ओनसरी घर्ति र रामकुमारी झाँक्रीलाई प्रयोग गर्दै आफु भन्दा सिनियरलाई पछि पादै ३ नम्बर वरियतामा आउन सफल रहेको अहिले पनि सशस्त्र उच्च अधिकारीहरु भन्ने गर्छन । अघिल्लो पटक सहयोग गर्नेहरु यो पटक प्रधानमन्त्री केपी ओली बिरोधी गुटमा गएपछि भने अहिले उनी आफ्नो काम निकाल्न केपी निकटहरुको पहिचान गरि उनीहरुकोमा धाउन थालेको बताइएको छ ।

अनियमिततामा समेत आरोपित                                 
सशस्त्र प्रहरी बलको झापास्थित तत्कालीन पाथीभरा गणले आफूले भोगाधिकार लिएको पाडाजुलीस्थित जग्गा सुकुमबासीलाई भोगचलन गर्न दिएर गणेश बहादुर ठाडामगर सहितले झन्डै १५ वर्षसम्म रकम असुल्दै आएको खुलेको छ । सुकुमबासीलाई उनीहरू बस्दै आएको जग्गामा स्थायी रूपमा बस्ने वातावरण मिलाउने आश्वासन दिँदै बिघाको वार्षिक १० देखि १५ हजार रुपैयाँका दरले ५२ घर परिवारबाट रकम असुलेको खुलासा भएको हो । असुल गरिएको रकमको कुनै हिसाब राखिएको छैन । असुल गरिएको रकम तत्कालीन गणपतिहरूले लिने गरेको पाइएको छ ।

सुकुमबासीको बसोबास रहेको जग्गालाई गोपी पोखरेलले आफ्नो भएको दाबी गर्न थालेपछि सुकुमबासी परिवारले यो रहस्य खोलेका हुन् । २०६० सालमा तत्कालीन माओवादी विद्रोहीको गतिविधि उत्कर्षमा रहेको बेला सशस्त्र प्रहरी बलले तत्कालीन पाथीभरा गणका लागि रतुवामाई वृक्षारोपण आयोजनाको ८० बिघा जमिन भोगाधिकारका रूपमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरीले सो जग्गामा बाहिरी घेरा राखेर सुकुमबासीहरूलाई भोगचलन गर्न दिएको थियो । ती सुकुमबासीले बसोबासका साथै खेतीपाती पनि गरेका थिए । खेतीपाती गरेको भन्दै सशस्त्र प्रहरी बलले बिघाको वार्षिक १० देखि १५ हजार रुपैयाँको दरले १५ वर्षसम्म रकम असुल गरेको हो । यो कार्य २०७५ सालपछि भने बन्द गरिएको थियो । सो जग्गामा बस्दै आएकी नन्दमाया तामाङ र अम्बर प्रधान आफूहरूले २०७५ सालसम्म वार्षिक रूपमा गणलाई रकम बुझाएको बताउँछन ।

‘खेतीपाती गर्न दिएको रकम चाहियो भन्दै हरेक वर्ष गणबाट मान्छे आउँथे । हामीले बिघाको १० देखि १५ हजार रुपैयाँका दरले बुझाउने गरेका थियौं,’ अम्बर प्रधान भन्छन् । रकम उठाउन लामो समयसम्म गणबाट राजकुमार राई भन्ने व्यक्ति आउने गरेको उनीहरूको भनाइ छ। २०६० सालदेखि ७५ सालसम्म सूर्यकुमार श्रेष्ठ, नरेश कार्की, बालकुमार श्रेष्ठ, गणेश ठाडामगर, राजेन्द्र शाक्य, रामकृष्ण लामा, अजय सिंह, भरतबाबु कार्की, प्रेमराज पोखरेल र विदुर खड्का सो गणको गणपति रहेका थिए । तीमध्ये अधिकांशले अवकाश पाइसकेका छन् । सो गणको गणपति रहेका पोखरेल यही पुस मसान्तमा अवकाश पाउँदै छन् ।

उता गणले भोगचलन गर्दै आएको जग्गामा तत्कालीन गणपति गणेश ठाडा मगरले काबेली जलविद्युत आयोजनाको हाई टेन्सन लाइनको टावर राख्न दिएका थिए । फायरिङ रेन्जको माथिबाट हाई टेन्सन लाइन राख्न दिइएको थियो । सो गणबाट हाई टेन्सन लाइनको टावर राख्दा जलविद्युत आयोजनालाई आर्थिक रूपमा पनि २ करोड रुपैयाँभन्दा बढी सस्तो पर्न गएको थियो । आर्थिक फाइदा लिएर हाई टेन्सन लाइन राख्न दिएको तत्कालीन गणपति ठाडा मगरमाथि आरोप लाग्दै आएको छ । हाम्राकुराबाट


प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १२:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
लागुऔषध कारोबारीलाई समात्न नेपालगन्जमा प्रहरीले गोली चलायो
लागुऔषध कारोबारीलाई समात्न नेपालगन्जमा प्रहरीले गोली चलायो
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP