नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • हुम्लामा चिसो बढेसंगै सिमामा रहेका प्रहरी चौकी सर्दै
हुम्लामा चिसो बढेसंगै सिमामा रहेका प्रहरी चौकी सर्दै
बागेश्वरी पोस्ट
बुधबार, मंसिर ४, २०७६ बागेश्वरी पोस्ट
हुम्लामा चिसो बढेसंगै सिमामा रहेका प्रहरी चौकी सर्दै

सिमकोट (हुम्ला)। हुम्ला उच्च हिमाली जिल्ला भएकाले चिसो बढेसँगै सीमा क्षेत्रमा रहेका प्रहरीचौकी सार्न थालिएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा रहेको प्रहरीचौकी सारिएको छ ।

यहाँ चिसो माइनस एक डिग्रीमा पुगेसँगै उत्तरी क्षेत्रमा रहेको लिमी प्रहरीचौकीका इञ्चार्ज दीपेन्द्र पन्तको नेतृत्वमा रहेको ११ जनाको टोली जिल्ला प्रहरी कार्यालय सिमकोट सारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । कात्तिक महिनाको मध्य महिनादेखि हुम्लामा चिसो बढ्ने भएका उत्तरी नाम्खा गाउँपालिकामा बढी चिसो हुने भएकाले प्रहरी चौकी सारिएको प्रहरी नायब उपरीक्षक घर्तीमगरले जानकारी दिए ।

जिल्ला सदरमुकामभन्दा नाम्खा गाउँपालिका उपल्लो हुम्ला भएकाले चिसो अत्यधिक हुने गरेको छ । यतिबेला लिमीमा हिउँसमेत जमेकाले बिहान बेलुका बढी चिसो हुने गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । कर्णाली प्रदेशका अन्य जिल्ला मध्य हुम्लामा बढी हिमपात हुनुका साथै चिसो बढी हुने भएकाले उच्च क्षेत्रमा रहेका प्रहरीचौकी सारिने गरिन्छ । सीमा सुरक्षाका लागि राखिएको हिल्ला प्रहरीचौकी पनि चिसो बढेसँगै सदरमुकाम सिमकोटमा सारिने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक घर्तीमगरले जानकारी दिए । नेपाल र चीनको मुख्य नाका हिल्सा भएकाले त्यस नाकाबाट अवैध व्यापार आयातनिर्यात हुने भएकाले सीमा क्षेत्रमा राखिएको प्रहरीचौकी आउँदो मङ्सिर १५ गतेसम्म सारिने तयारी भइरहेको उनले जानकारी दिए ।

जिल्ला उत्तरी नाम्खा गाउँपालिकाको माथिल्लो क्षेत्र लिमी, हिल्सामा अत्यधिक कठ्याङ्ग्रिने चिसो हुने भएकाले विभिन्न समस्याका कारण प्रहरी चिसोमा छ महिना सदरमुकाम सिमकोट र वैशाख महिनादेखि माथितिर जाने गरेको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायब उपरीक्षक घर्तीमगरले जानकारी दिनुभयो । हिउँदको समयमा त्यस क्षेत्रमा राखिएका चौकीमा कार्यरत प्रहरीका लागि सेवा सुविधा नभएको र त्यस क्षेत्रमा हिउँदको समयमा चौकी राख्न निकै समस्या हुनाभएकाले जिल्लामा नै सारिने गरिएको उनले जानकारी दिए ।

उत्तरी नाम्खा गाउँपालिकाको लिमी, तिल, जाङ, हल्जी, यारी, हिल्सालगायतका क्षेत्रमा बाक्लो हिमपात हुने भएकाले यहाँका स्थानीय जिल्ला बाहिर काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायतका शहरमा बसाइँसराइ गर्ने गर्दछन् ।रासस।


प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६  १३:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP