नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • संविधानलाई लिकमा ल्याउने काम सर्वोच्च अदालतको हो: कृष्ण पहाडी
संविधानलाई लिकमा ल्याउने काम सर्वोच्च अदालतको हो: कृष्ण पहाडी
बागेश्वरी पोस्ट
बिहीबार, माघ ८, २०७७ बागेश्वरी पोस्ट
संविधानलाई लिकमा ल्याउने काम सर्वोच्च अदालतको हो: कृष्ण पहाडी

नेपालगन्ज । मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले संविधानलाई लिकमा ल्याउने काम सर्वोच्च अदालतको भएको बताउनुभएको छ । अदालतलाई तत्कालीन माओवादीको जनअदालत जस्तो नबनाउन उहाँले चेतावनी समेत दिनुभयो । समाजको बाँके शाखाले आज नेपालगन्जमा गरेको असंवैधानिक र अलोकतान्त्रिक तवरमा प्रतिनिधिसभा विघटन: प्रतिगमनको सिलसिला विषयक नागरिक सभामा बोल्दै पहाडीले सनक र लहडका भरमा विघटन गरिएको संसद् पुनःस्थापनाको विकल्प नरहेको बताउनुभयो । वहुरुपी चरित्रका प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारी प्रवृत्तिले मुलुक पश्चगमनको दिशामा अग्रसर रहेको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री असंवैधानिक ओलीले फायर खोलेर लोकतन्त्रलाई घाइते बनाएको बताउनुभयो । असंवैधानिक, अलोकतान्त्रिक र अराजनीतिक कार्यका विरुद्ध नागरिक खबरदारी जरुरी रहेको पहाडीको भनाई छ । उहाँले यो हर्कतले संविधान नै नरहने हो कि भन्ने चिन्ता बढेको बताउनुभयो । नागरिक सभामा बोल्दै समाजका सभापति उत्तम पुडासैनीले बाहिर चर्चा गरिएझैं संसद् विघटनको असंवैधानिक कार्यमा सबै घटनाक्रमले सेटिङ नै छ कि भन्ने संशय बढाएको बताउनुभयो । वरिष्ठ उपसभापति गोविन्द खनालले ट्र्याक आउट भएको संविधानलाई ट्र्याकमा ल्याउन दबाब सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । महासचिव सुशील बस्नेतले संसद् पुन:स्थापना भए मात्र संविधान जोगिने बताउनुभयो । नागरिक सभामा कवि अर्जुन पराजुलीले चोटिला कविता मार्फत् असंवैधानिक कदमको विरोध गर्नुभएको थियो । समाजका बाँके शाखा सभापति प्रभाकर भट्टराईको सभापतित्वमा भएको सभामा अधिवक्ता प्रह्लाद बहादुर कार्की, विश्वजीत तिवारी, नेपालगन्ज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्य, गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, पत्रकार नवीन गिरी लगायतले संविधानलाई मिचेर गरिएको संसद् विघटन असंवैधानिक भएको बताउनुभयो । सचिव देबेन्द्रनाथ शुक्लाले सहजीकरण गर्नुभएको नागरिक सभामा उपाध्यक्ष प्रेमप्रसाद शर्माले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।    


प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  २०:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP