prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • दाँत माझ्दा रगत किन आउँछ ?
दाँत माझ्दा रगत किन आउँछ ?
banijya office RSG-2
यसका लक्षणहरु, समस्याका कारक र बच्ने उपायहरु
बागेश्वरी पोस्ट
शुक्रबार, माघ १६, २०७७ बागेश्वरी पोस्ट
दाँत माझ्दा रगत किन आउँछ ?

डा. देवराज न्यौपाने, वरिष्ठ डेन्टल सर्जन                             
खाना चपाउन र पाचन प्रक्रियालाई सहज बनाउन दाँतले महत्वपूर्ण भूमिका खेल्ने गर्छ । हाम्रो शरीरलाई चाहिने पोषण खानाबाट प्राप्त हुने तथा त्यसलाई शरीरभित्र पुर्‍याउन दाँतको महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई स्वस्थ राख्न जरुरी छ । शरीरको मुख्य द्वारको रूपमा लिइने मुख अधिकांश समय फोहोर भइरहन्छ । त्यसैले शरीर स्वस्थ राख्न दाँत र मुखको सफाईमा ध्यान दिनु अत्यन्त आवश्यक हुन्छ । दाँतको सुरक्षाका लागि कम्तिमा पनि तीन महिनामा एक पटक नियमितरूपमा परिक्षण गराउनुपर्छ ।

अधिकांश मानिसले दाँत ब्रस गर्दा रगत आउनुलाई सामान्य ठान्ने गरेको पाइन्छ । तर, हात खुटा धुँदा रगत नआएजस्तै दाँत ब्रस गर्दा पनि रगत आउनु हुँदैन। गिजाबाट रगत आउनु भनेको गिजारोगको पहिलो लक्षण हो । केही टोक्दा ब्रस गर्दा अथवा केही खाँदा दाँतबाट रगत आउँछ भने त्यसलाई गिजाको सङ्क्रमण भनेर बुझ्नुपर्छ। हामी दाँत सिरिङ्ग हुन थाल्यो भने, दुख्यो भने, गिजा सुनिन थाल्यो भने मात्र दत्त चिकित्सक कहाँ जान्छौं । तर, प्राय: जसो गिजा रोग दुख्ने किसिमको रोग भने होइन । त्यसैले मानिसले यसलाई बेवास्ता गर्दछन् र गर्दैै आका छन् । यो रोग लागेको अथवा गिजामा सङ्क्रमण भएका वर्षसम्म पनि मानिस डक्टरकहाँ पुग्दैनन् । यदि पुगिहाले पनि डक्टरले तपाईंलाई गिजाको रोग लागेको छ, उपचार गर्नुपर्छ भन्दा विश्वास गर्दैनन् । हुन पनि नदुखेपछि कसले विश्वास गर्छ र ? किनकी नेपाली समाज भनेको त बिरामी भएर हिँड्नै नसक्ने भएपछि मात्र अस्पताल जानुपर्छ भन्ने मानसिकताबाट ग्रसित छ । ब्रस गर्नुपर्छ भन्ने त सबैलाई थाहा छ, तर दाँतको बीच बीचमा पनि ब्रस गर्नुपर्छ, फ्ल को प्रयोग गर्नुपर्छ भन्ने कमैलाई थाहा हुन्छ । ९० प्रतिशत मानिसको ब्रस गर्ने तरिका मिलेको हुँदैन । ब्रस गर्ने तरिका नमिलेपछि दाँतका चेपहरुमा फोहोर अड्किन्छ अनि बिस्तारै गिजाको सङ्क्रमण सुरु हुन्छ ।

नेपालमा विकसित देशमा जस्तो ६–६ महिनामा डक्टरकहाँ गएर दाँत चेकअप गर्ने चलन सहरी इलाकामा बिस्तारै सुरु भएपनि दुरदराजमा अझै चेतना बढ्नसकेको छैन । स्वस्थ गिजाले दाँतको जरा र हड्डी बलियोसँग कसेर राखेको हुन्छ । अस्वस्थ गिजालाई गिजामा सङ्क्रमण भएका भनिन्छ, त्यहाँ गिजा रातो हुनुका साथै सुनिएर रगत बग्न सुरु हुन्छ । त्यति नै बेला डक्टरकहाँ गएर सफाइ गर्यो भने पूर्णरुपमा पुरानै स्थितिमा स्वस्थ गिजा हुन्छ । तर, हामी सफाई पनि गर्दैनौं । जब फोहोर गिजा भित्रभित्र जान्छ तब दाँतको हड्डी खिइन थाल्छ । हड्डी खिइँदै गएको २–४ वर्षसम्म थाहै हुँदैन, १०–१५ वर्षपछि थाह पाउँदा हड्डी खिइएर दाँत हल्लिन थालिसकेको हुन्छ । त्यसरी हड्डी खिइएर दाँत कमजोर भएपछि दाँत निकाल्नुको विकल्प हुँदैन । त्यसपछि ‘इम्पलान्ट’ गरेर कृत्रिम दाँत राखिन्छ जुन प्राकृतिक दाँत जस्तो कदापि हुँदैन । त्यसैले ब्रस गर्दा गिजाबाट अलिकता पनि रगत आएको छ वा सास गह्नाएको छ भने बेलैमा उपचार गराउनुपर्छ। धेरै डक्टरको दाँत चेकअप गर्दा गिजालाई हेर्ने बानी हुँदैन। दाँत परुक्षण गर्दा किराले खाएको, भाँचिएको भन्ने गरे पनि गिजा हेर्ने चलन छैन । तर, गिजा भनेको दाँतको जग हो । त्यसैले दाँत गिजादेखि नै राम्रो र स्वस्थ हुनुपर्छ । डाक्टरले पनि दाँतलाई माथि किराले खाएको मात्र हेरेर हुँदैन । किराले खाएको दाँतमा ‘फिल’ गर्नुपर्छ भन्ने सबैलाई थाहा हुन्छ तर गिजाको उपचार गर्नुपर्छ भन्ने धेरैले ख्याल गर्दैनन् । गिजाको रोग लाग्नलाई उमेरले फरक पारेको हुँदैन, कोही ९० वर्षका मानिसको पनि दाँत र गिजा स्वस्थ हुन्छ, कोही २० वर्षकै युवाको दाँत झरिसकेको हुन्छ । यो उमेरले होइन, दाँतमा फोहोर जम्दै गएपछि लाग्ने रोग हो । दाँत ब्रस गरेर मात्र हुँदैन, ब्रस गर्दा ६० प्रतिशत मात्र सफा हुन्छ । त्यसैले ब्रस सँगसँगै डेन्टल फ्लस, इन्टर डेन्टल ब्रस वा टुथ पिकले सफा गर्नुपर्छ । गिजा अस्वस्थ छ भने मिर्गौला, मुटुजस्ता अंगमा पनि संक्रमण हुन सक्छ ।

गर्भवती महिलामा हर्मनले गर्दा गिजाको रोग लाग्न सक्छ । गर्भावस्थामा एक्सरे गर्न र औषधि प्रयोग गर्न मिल्दैन, त्यसैले गर्भवती हुनुपूर्व एकपटक गिजा र दाँतको चेक गराउनुपर्छ । गर्भवती महिलामा गिजाको रोग छ भने समय भन्दा पहिले नै कम तौल भएको बच्चा जन्मिन सक्छ ।                                                                     
के कारणले लाग्छ रोग
?                                                       
– सरसफाइको कमी,                                                             
– दाँतको उपचार गर्ने तर गिजाको उपचार नगर्ने बानी,                   
– हर्मोनको गडवडी,                                                               
– खाना खाएपछि कुल्ला नगर्ने बानी,                                         
– धूमपानले गर्दा गिजामा हुने इन्फेक्सन (धूमपान गर्ने मानिसलाई नगर्ने मानिस भन्दा ७ गुणा बढी इन्फेक्सन हुन्छ),
– ब्लड सुगर नियन्त्रणमा नहुँदा,                                               
– दाँत सफा नगर्ने बानी,                                                           
– परिवारमा कसैलाई गिजा सम्बन्धि रोग छ भने अन्यलाई सर्ने सम्भावना, आदि ।                                                         

गिजारोग लाग्न नदिन के गर्ने ?                                                 
– गिजा र दाँत सफा गर्न दिनमा दुई पटक ब्रस र फ्लस गर्ने ।
– कार्बोहाइड्रेड भएकोे खाना खाएपछि कुल्ला गर्ने बानी बसाल्ने ।
– कुनै बेला दुई दाँतको बीचमा खानाका टुक्रा फसिरहेको हुन्छ, जसले गर्दा मुखमा गम्भीर असर पर्छ । त्यसका लागि प्रत्येक पटक खाना खाएपछि फ्लसिङ वा कुल्ला गर्नुपर्छ ।
– सास गह्नाउने र ब्रस गर्दा रगत आउने भयो भने गिजा स्वस्थ नहुन सक्छ । त्यसैले दन्त चिकित्सकसँग सल्लाह गर्नुपर्छ ।
– हरेक ६–६ महिनामा दाँत परिक्षण गराउने ।
– धूमपान र सुर्ती सेवन गर्नुहुँदैन ।             

उपचार र बच्ने उपाय                                                       
पहिलो चरणमै बिरामी आए भने एउटा सुई पनि लगाउनुपर्दैन । अचेल गिजाको ‘फ्ल्याप सर्जरी’ हुन्छ । त्यसमा गिजालाई सुई दिएर खोलेर सफा गरिन्छ । यस्तै ‘लेजर’बाट पनि गिजाको सफाई हुन्छ । गिजाको रोगको उपचार त्यति गाह्रो छैन । पहिलो त ‘डिप’ सफाई नै हो । ब्रस राम्रोसँग गर्नुपर्छ, नजानेको भए चिकित्सकसँग सिक्ने पनि सकिन्छ । बेला–बेलामा दन्त चिकित्सकसँग परिक्षण गर्ने । दिनमा दुई पटक ब्रस गर्ने, इन्टर डेन्टल ब्रसले सफा गर्ने र फ्लस गर्ने । खाना वा गुलियो चिज खाइसकेपछि कुल्ला गर्ने बानी बसाले हामी यो रोग लाग्नबाट जोगिन सक्छौं । 


प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP