prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • अस्वस्थ प्रधानमन्त्री र सम्भावित शक्ति–संघर्ष
अस्वस्थ प्रधानमन्त्री र सम्भावित शक्ति–संघर्ष
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर ५, २०७६ बागेश्वरी पोस्ट
अस्वस्थ प्रधानमन्त्री र सम्भावित शक्ति–संघर्ष
प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । जगजाहेर छ– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य राम्रो छैन । उनी मृगौला लगायत विभिन्न रोगहरुद्वारा पीडित छन् । तर, यो क्रम भरखरै शुरु भएको हैन । यसको लामो श्रृंखला छ । आफ्नो रोग उपचार गर्न प्रधानमन्त्री ओली धेरै अगाडिदेखि बारम्बार विदेश विशेषतः भारत र सिंगापुर जाने गरेका छन् । करिब १२ वर्षअघि उनले भारतमा मृगौला प्रत्यारोपण गराएका थिए । निकटवर्तीहरुका अनुसार प्रधानमन्त्री ओलीले त्यस्ता धेरै औषधीहरु नियमति सेवन गर्नुपर्ने हुन्छ– जसमध्ये केही मानसिक उत्तेजनालाई बढाउने खालका पनि छन् ।

nepalgunj 081-082

पछिल्लोपटक उनको स्वास्थ्य स्थिति झनै बिग्रिएको अनुमान गरिँदैछ । केही महिनाअघि सिंगापुर पुगेर फर्किएका ओली नेपाल आउनेवित्तिकै नियमित डाइलासिस गर्नुपर्ने अवस्थामा छन् । सिंगापुरका चिकित्सकहरुले खासै कुनै उपाय बाँकी नरहेपछि उनलाई नेपालमै उपचार गर्दा हुने सल्लाह दिएर फिर्ता पठाएका थिए । चिकित्सकहरुका अनुसार एकपटक प्रत्यारोपण गरेको मृगौलाले सामान्यतया काम गर्ने यति नै समय हो । औसतभन्दा १२ वर्ष बरु बढी नै हो । अब प्रधानमन्त्री ओलीसँग दुई वटा मात्र विकल्प छन् । पहिलो–मृगौला पुनर्प्रत्यारोपण गर्ने, दोस्रो– नियमित डाइलासिस गर्ने ।

दोस्रो पटक मृगौला प्रत्यारोपण चिकित्सा विज्ञानका अनुसार असम्भव हैन । तर, पहिलोपटक भन्दा दोस्रोपटकमा सम्भावनाको प्रतिशत कम हुन्छ । यो विकल्प ओलीका लागि अझै बाँकी छ । दोस्रोपटक मृगौला प्रत्यारोपण गर्न अमेरिका जाने कि भन्ने छलफल प्रधानमन्त्री निकटवृत्तमा चलिरहेको समाचार बाहिरिएका छन् । यदि प्रमले यो विकल्प रोजे न्यूनतम् ५ महिना दैनिक क्रियाकलापबाट विदा लिनुपर्ने अवस्था आउने रहेछ ।

यदि पुनर्प्रत्यारोपण नगर्ने हो भने प्रम ओलीले नियमति डाइलासिस सेवा लिनुपर्ने हुन्छ । त्यसका लागि हप्तामा ३ पटकसम्म अस्पताल जानुपर्ने वा घरमै डाइलासिस मेसिन राख्नुपर्ने, एकपटकमा न्यूनतम् ५ घण्टा समय लाग्ने रहेछ । डाइलासिसअघि तयारीका लागि र पछि आरामका लागि लाग्ने समय आफ्नो ठाउँमा छँदैछ । प्रमको उमेर र रोगको जटिलता हेर्दा उनलाई अत्याधिक आरामको आवश्यकता छ । नियमित राजकाज सञ्चालन र परिणाममुखी कार्यप्रणालीका दृष्टिकोणले यो सामान्य अवस्था हुँदै हैन ।

यसका बाबजुद प्रधानमन्त्री सक्रिय छन् । सामान्य कृयाशील मात्र छैनन्, कुनै महत्वाकांक्षी नौजवान राजनीतिज्ञजस्तै उनी विरोधी र प्रतिपक्षीसँग दैनिक प्रतिवाद गरिरहेका छन् । रोगको कारण शासनप्रशासनमा उनको रुचि घटेको देखिँदैन । उनले सल्लाहकारहरु बदल्ने, मन्त्रीमण्डल पुनर्गठन गर्ने जस्ता कार्य गर्दैछन् ।

यी कार्यको अर्थ अझै सत्तामा रहन योग्य छु, अझै केही गर्न सक्छु भन्ने सन्देश प्रवाह गर्नु हो । आन्तरिक रुपमा उनलाई आफ्नो स्थिति पक्का अनुभूत होला । तर बाहिर देखाएका छैनन् । यस अर्थमा उनको इच्छाशक्तिलाई मान्नै पर्दछ । ओलीको राजनीतिक जीवन संघर्ष हिजो पनि भौतिक अनुकुलताभन्दा बढी इच्छाशक्तिले नै निर्धारण गरेको हो । प्रतिकूल परिस्थिति र विरोधी शक्तिसँग उनी इच्छाशक्तिकै हतियारले लड्दै आएका थिए । रोगविरुद्धको संघर्षमा पनि उनले त्यही हतियार प्रयोग गरिरहेका छन् ।

प्राकृतिक दृष्टिकोणबाट जन्म, मृत्यु, रोगजस्ता कुरा संयोगिक हुन् । यो जतिखेर जोसुकैमाथि आइपर्न सक्छ । मानवीय संवेदनाका हिसाबले यस्ता विषयमा टिप्पणी गर्नु गतिलो नहुन सक्दछ । कुनै रोग लागेकै कारण कोही व्यक्ति कुनै पदका लागि योग्य वा अयोग्य भन्न मिल्दैन । तर उत्तिकै ठूलो सत्य के हो भने पदले कुन स्तरको सक्रियता, शारीरिक, भौतिक, मानसिक सक्षमताको माग गर्दछ, त्यो स्वयं व्यक्तिले इमान्दार आत्मसमीक्षा र मूल्यांकन गर्नु पर्दछ । वर्तमान संविधान अनुसार नेपालको प्रधानमन्त्री कुनै श्रृंगारिक पद हैन । राष्ट्रपति भैदिएको भए बरु त्यसमा ‘कन्सिडर’ गर्न सकिन्थ्यो होला । नेपालको राष्ट्रपति कार्यकारी पद हैन, सरकार र संसदले गरेका निर्णयहरु प्रमाणित गर्ने एक वैधानिक संस्था मात्र हो । तर, प्रधानमन्त्री पदसंँग यस्तो सुविधा उपलब्ध छैन ।

तसर्थ प्रमको स्वास्थ्य स्थितिले विस्तारै राष्ट्रिय राजनीतिमा एक विषम परिस्थिति सिर्जना गर्दैछ । मृगौला पुनर्प्रत्यारोपण गर्ने हो भने चाहिने लामो छुट्टी र त्यस अवधिको राजकाजको नैतिक तथा राजनीतिक दायित्व कस्ले बहन गर्ने ? नियमित डाइलासिसको अवस्थामा प्रमको शारिरिक तथा मानसिक स्थितिले शासनप्रशासनको दायित्व र भार बहन गर्न सक्ला कि नसक्ला ? यी गम्भीर प्रश्न जनस्तरमा चिन्ता र चासोको रुपमा सघन हुँदैछन् ।

राजकाजको मुख्य भूमिकामा रहेका व्यक्तिको व्यक्तिगत जीवनमा आउने उतारचढावले नयाँ प्रकारको शक्ति–संघर्ष शुरुवात भएका, अझ राजनीतिक ‘कोर्स’ नै परिवर्तन भएका उदाहरण विश्व राजनीतिमा थुप्रै पाइन्छन् । नेकपाले आफूलाई ‘कम्युनिष्ट’ भनिरहेको सन्दर्भमा दुई उदाहरणहरु बढी प्रासंगिक हुन सक्दछन् । पहिलो उदाहरण कम्युनिष्टहरुको आदर्श राज्य सोभियत संघको हो ।

सन् १९१७ को अक्टोबर क्रान्तिपछि लेनिन सत्तामा आए । ४७ वर्षीय लेनिन बोल्शेभिक पार्टी र सोभियत सत्ताका एकछत्र नेता थिए । बोल्शेभिक पार्टीको संरचनामा लेनिनलाई चुनौती दिन कसैका लागि सजिलो थिएन । उनी वैचारिक तथा व्यक्तिगत नेतृत्व दुबै हिसाबले प्राधिकार सरह थिए । तर दुर्भाग्य– सन् १९१८ मा एक उद्योगको निरीक्षण गर्न जाँदा क्रान्तिताका रेडगार्डबाट छोरो मारिएकी एक महिलाले प्रतिशोधको भावनाले लेनिनलाई गोली हानिन् । लेनिन बाँचे तर उनको स्वास्थ्य नराम्ररी विग्रियो । सन् १९२१ पछि उनी काम गर्न नसक्ने भए । गोर्कीको गाउँमा गएर आराम गरेर बसे ।

त्यही अवधिमा सोभियत सत्तामा ठूलो शक्ति–संघर्ष भयो । स्टालिनले आफूलाई लेनिनको उत्तराधिकारीका रुपमा प्रचार गर्न थाले । पत्नी क्रुप्सकाय र बहिनीहरु बाहेक अरुलाई लेनिनसँग भेट गर्न स्टालिनले रोक लगाइदिए । स्टालिन बाहिर बाहिर आफूलाई लेनिनको ठूलो समर्थकका रुपमा प्रस्तुत गर्दथे । भित्रभित्रै लेनिन र उनको बीचमा दूरी बढिरहेको थियो । यो घटनाले लेनिन क्रुद्ध थिए तर उनीसँग कुनै उपाय बाँकी थिएन ।

लेनिन स्टालिनलाई बोल्शेभिक पार्टीको महासचिव बनाउन चाहँदैनथे । उनको प्रष्ट रोजाई–त्रोत्रस्की थिए । तर, शक्तिहीन हुँदै गएका लेनिनको कुरा कसैले सुनेन । लेनिनले स्टालिनलाई महासचिव नबनाउन आग्रह गर्दै बोल्शेभिक पार्टीको केन्द्रीय समितिलाई चिठ्ठी लेखे । लेनिनको चिठ्ठी लिएर पत्नी क्रुप्सकाय बैठकमा गइन । उनले पत्र पढ्न के थालेकी थिइन, स्टालिनले जगल्टाउँदै घोक्राएर बैठकबाट बाहिर निकालिदिए । जुन चिठ्ठीमा लेनिनले लेखेका थिए–‘कमरेड स्टालिनमा आवश्यकता भन्दा बढी अहंकार र अभिमानको स्वभाव छ । उनको यो स्वभाव सबै साथीहरुलाई समेटेर पार्टीलाई एकताबद्ध राख्न सहयोगी नहुन सक्दछ । हाम्रो पार्टीको केन्द्रीय कमिटीमा भएका कमरेडहरुमध्ये कमरेड त्रोत्रस्की बढी उपयुक्त छन् । तसर्थ पार्टी केन्द्रीय समितिले महासचिव छान्दा यो तथ्यलाई विचार गरोस भन्ने चाहन्छु ।’

यो घटना नेकपाका अध्यक्ष तथा प्रम ओलीले पक्कै राम्रोसँग पढेका छन् । कम्युनिष्ट परम्परामा सत्ता छोडेपछि के हविगत हुन्छ भन्ने उनले बुझेका छन् । लेनिनजस्तो प्राधिकारपूर्ण नेताको त त्यो हालत भयो । उनी अनेक पीडा र आत्मग्लानी बीच सन् १९२४ जनवरी २१ का दिन गोर्कीको गाउँमै ५४ वर्षको उमेरमा बिते । नेपालमा यो कम्युनिष्टको मात्र कुरा हैन, सत्ताको आम संस्कृति हो । सत्ताबाट ओर्लिंदैछ भन्ने बुझेपछि यहाँ उपियाँले पनि छोड्छ । सत्ता छोड्ने वित्तिकै अरु त अरु सहज उपचार समेत ओलीका लागि अप्राप्य हुन सक्दछ । साहना प्रधान र भरतमोहन अधिकारीले जीवनको उत्तरार्द्धमा भोगेको उपेक्षा अझै धेरै पूर्व एमाले कार्यकर्ताहरुले सम्झिने गर्दछन् ।

सादय यही कारण हुन सक्दछ शारीरिक तथा मानसिक असमर्थताबीच पनि उनी सजिलै सत्ता छोड्ने मनस्थितिमा देखिन्नन् । यही जटिलताबीच बुधबार साँझ ओलीले अर्का अध्यक्ष प्रचण्डसँग नयाँ सम्झौता गरेका छन् । तर यो सम्झौता ओलीले बढो फुकीफुकी शब्दशब्दमा ध्यान दिएर गरेका छन् । पहिलो बरियताको पार्टी अध्यक्ष अझै आफैं छन् ।

पार्टी बैठकको संयुक्त अध्यक्षता हुनेछ । प्रचण्डको काम उद्घोषकको जस्तो बन्नेछ । प्रचण्ड फिल्डमा खट्न स्वतन्त्र हुनेछन् । तर ओलीसँग सल्लाह नगरिकन कुनै निर्णय लिन सक्ने छैनन । अर्कोतर्फ पार्टी एकता समयको आधाआधा अवधि प्रधानमन्त्री पद लिने पुरानो सम्झौतालाई यो सम्झौताले प्रतिस्थापन गर्दिन्छ । ओली त्यतिन्जेलसम्म प्रधानमन्त्री रहन सक्ने छन् जतिन्जेल उनी चाहन्छन् वा जतिन्जेल उनलाई यो पद धानिरहन सक्दछु भन्ने लाग्दछ ।

तर, राजनीति सधैं कुनै व्यक्तिले इच्छाएको बाटोमा मात्र हिड्दैन । चीनको कम्युनिष्ट इतिहासबाट उदाहरण लिने हो भने साँस्कृतिक क्रान्तिको पतनपछि माओमा घोर निराशा र आत्मग्लानी छाएको थियो । साँस्कृतिक क्रान्तिमा जेल पठाइएका राष्ट्रपति लि साओको जेलमै निधन भइसकेको थियो । लिन प्याओ जहाज दूर्घटनामा मरे । ह्वाको फेङजस्तो कमजोर व्यक्तित्वको हातमा सत्ता पुगेको माओलाई मन परेको थिएन ।

माओले बढो जोखिमपूर्ण निर्णय लिए । १२ वर्षदेखि जेलमा रहेका देङ सिआयो पिङलाई रिहा गरी सिधै उपप्रधानमन्त्री तथा पार्टी उपमहासचिव बनाए । तर यो घटनासँगै देङको गुट यति बलियो भयो कि उनले माओकै पत्नी चियाङ चिङलाई जेल हाले । बुढ्यौली र बिमारीले थलिएका माओले लाचार भएर टुलुटुलु हेर्नु सिवाय केही गर्न सकेनन् । त्यही दुर्दान्त अवस्थामा माओ बिते । विचरी चियाङ चिङले पछि जेलमै आत्महत्या गरिन् ।

सत्ता–संघर्षका यस्ता सबै पहलु राम्ररी बुझेका प्रम ओली वास्तवमा के चाहन्छन त ? प्रथमतः उनको पछिल्लो स्वास्थ्य स्थितिले उनको पुरानो योजना पुनर्विचार गर्नुपर्ने भएको छ । निकटवर्तीहरुका अनुसार स्वास्थ्यले साथ दिएको भए ओली कम्बोडियाका हुन सेनको रणनीति अबलम्बन गर्न चाहन्थे । त्यो भनेको विस्तारै सबैतिरका विरोधीहरुको घेरा साँघुर्‍याउँदै ल्याउने र एकछत्र शासन गर्ने हो ।

उनको पहिलो रणनीति– भित्र माधव नेपाल र झलनाथ खनाललाई कमजोर पार्नु, बाहिर कांग्रेसलाई कमजोर पार्नु थियो । दोस्रो रणनीति– भित्र प्रचण्डलाई कमजोर पार्नु र बाहिर फोरम–राजपाजस्ता दलहरुलाई कमजोर पार्नु थियो । माधव नेपाललाई किनारामा पारुन्जेल उनी प्रचण्डलाई नजिक पारेको भ्रम दिइरहन चाहन्थे । कांग्रेसलाई कमजोर नपारुन्जेल फोरमलाई नजिक पारेको भ्रम दिइरहन चाहन्थे । तर, माधव नेपालसँग पछिल्लोपटक लामो वार्ता गर्नु र प्रचण्डसँग नयाँ सम्झौता गर्नुले ओलीले आफ्नो रणनीति फेरेको भान हुन्छ । बुढ्यौलीमा उपायहीन भएका माओले देङलाई सत्ता दिएजस्तो कमजोरी भने ओेलीले अझै गरेका छैनन् ।

अब प्रश्न उठ्छ ओलीको अबको रणनीति के हुन्छ– सम्भवतः उनको सबैभन्दा ठूलो संकट आफ्नो गुटको विरासत थाम्न सक्ने उत्तराधिकारी नहुनु हो । एमाले मात्र हुँदा ओली गुटको विरासत विद्या भण्डारीले थाम्ने विश्वास गरिन्थ्यो । तर, उनी राष्ट्रपति भएसँगै त्यो सम्भावना सकियो । ओली इश्वर पोख्रेलसँग खासै विश्वस्त छैनन् । एमालेमा ओली कमजोर हुँदा वा गुट अस्तित्व रक्षाका लागि कष्टपूर्ण संघर्ष गरिरहँदा पोख्रेल ओलीको साथमा थिएनन् । पछि मात्र ओली गुटमा सामेल भएका हुन् । तसर्थ इश्वर पोख्रेललाई लामो समयका लागि कार्यवाहक प्रधानमन्त्री दिनु माओले देङलाई सत्ता दिएजस्तो हुन सक्ने भय ओलीमा छ ।

ओली आफ्नो शक्ति र सत्ताको विरासत वर्तमान महासचिव विष्णु पौडेल र प्रदेश–५ का मुख्यमन्त्री शंकर पोख्रेलमा हस्तान्तरण हुन सके खुशी हुने थिए । तर, नेकपाको समग्र सोपानक्रममा त्यसो हुन त्यति सजिलो छैन । झलनाथ खनाललाई उनी माओका ह्वाको फेङजस्तै गुट राजनीतिको कमजोर कडी ठान्दछन । तर प्रचण्ड र माधब नेपाललाई साइजिङ गर्न सजिलो छैन भन्ने पनि ओलीले बुुझेका छन् । तसर्थ उनी अझै केही समय पर्ख र हेरको रणनीतिमा छन् । पार्टी, राज्य र समाजमा औपचारिक, अनौपचारिक कब्जा जमाएर एकछत्र लामो शासन गर्ने हुन सेन रणनीतिबाट भने उनी फिर्ता भएको सजिलै अनुमान गर्न सकिन्छ ।

नेकपाभित्रको शक्तिसंघर्षको ध्यान दिनुपर्ने अर्को पाटो पनि छ । त्यो भनेको प्रचण्डले कार्यवाहक अध्यक्षको भूमिकाबाट पूर्व एमाले पंक्तिको विश्वास कत्तिको जित्लान् भन्ने हो । एमाले पंक्तिको सर्मथन विना शक्तिमा रहन सजिलो छैन भन्ने प्रचण्डले राम्ररी बुझेका छन् । तसर्थ उनी अचेल माओवादी जनयुद्धको भन्दा बढी बारम्बार मदन भण्डारीको कुरा गर्दछन् । प्रचण्डपथको भन्दा बहुदलीय जनवादको प्रशंसा गर्दछन् ।

तर, यति कारणले मात्र पूर्व एमालेपंक्ति विश्वस्त हुन गाह्रो छ । एमाले पंक्तिले प्रचण्डलाई वैचारिक रुपमा अस्थीर र अविश्वसनीय नेताका रुपमा हेर्दछ । विशेषतः पहिचानको सवालमा एमालेहरु अनुदार छन् । प्रचण्डको उदय भएमा मधेसी र जनजातिको माग पूरा गर्न संविधान संशोधन गर्ने हुन् कि भन्ने भय एमालेहरुमा छ । यो ध्रुवीकरण बढ्दै गयो भने ओलीले पनि माधव नेपाललाई साथ दिन सक्दछन र आउने पार्टी महाधिवेशनसम्ममा कमजोर हुने पालो पुनः प्रचण्डको भागमा पर्नेछ । 


प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  १८:२५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP