prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • ह्वाइट हाउसकै कर्णेलले दिए ट्रम्पविरुद्ध बयान
ह्वाइट हाउसकै कर्णेलले दिए ट्रम्पविरुद्ध बयान
RSG-2
एजेन्सी
बिहीबार, मंसिर ५, २०७६ एजेन्सी
ह्वाइट हाउसकै कर्णेलले दिए ट्रम्पविरुद्ध बयान

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीमाथि छानबिन गर्न फोनमार्फत युक्रेनलाई गरेको आग्रह अनुचित भएको ह्वाइट हाउसका सल्लाहकार लेफ्टिनेन्ट कर्णेल एलेक्सजेन्डर भिन्डमनले बताएका छन्।

ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी संसद्को तल्लो सदनले सुरु गरेको जाँचबुझ सुनुवाइमा उनले यस्तो बयान दिएका हुन्। गत जुलाई महिनामा युक्रेनी समकक्षीसँगको फोनवार्तामा ट्रम्पले अनुचित राजनीति आग्रह गरेको उनको भनाइ थियो। भिन्डमन ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद् (एन.एस.सी.) का युक्रेनसम्बन्धी एक उच्च विज्ञ हुन्।

उनले संसद्को गुप्तचरीसम्बन्धी समितिसमक्ष ट्रम्पले युक्रेनी समकक्षीलाई गरेको आग्रहबारे भने, ‘राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध अनुसन्धानको माग गर्नु राष्ट्रपतिका निम्ति असुहाउँदो र अनुपयुक्त विषय थियो।’

ट्रम्पले राष्ट्रपति शक्तिको दुरुपयोग गरेको वा नगरेको भन्नेबारे संसद्को जाँचबुझ समितिले अनुसन्धान गरिरहेको छ। संसद्ले आसन्न राष्ट्रपतीय निर्वाचनमा ट्रम्पका सम्भावित डेमोक्र्याटिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध भ्रष्टाचारसम्बन्धी छानबिन गर्न उनले युक्रेनका नयाँ नेता भोलोदिमिर जेलेन्स्कीलाई दबाब दिने उद्देश्यले किभलाई दिने अमेरिकी सैन्य सहायता रोकेका थिए कि थिएनन् भन्ने विषय पनि स्थापित गर्न खोजिरहेको छ।

यसैबीच, आफ्ना प्रतिद्वन्द्वीमाथि अनुसन्धान गर्न फोनमार्फत युक्रेनलाई गरेको आग्रह अनुचित भएको बयान दिएका लेफ्टिनेन्ट कर्णेल एलेक्सजेन्डर भिन्डमनविरुद्ध ह्वाइट हाउस खनिएको छ।

अमेरिकी करदाताको योगदान रहने ह्वाइट हाउसको आधिकारिक ट्विटर ह्यान्डल संसदीय सुनुवाइभरी भिन्डमनविरुद्ध आक्रमण गर्न प्रयोग भएको थियो र सुनुवाइकै बेला त्यसलाई चुनौती दिइएका ह्यासट्यागहरु रिट्विट गरिएका थिए।

लेफ्टिनेन्ट कर्णेल भिन्डमन जुलाई २५ मा दुई नेताबीच भएको कुराकानी सुनेका अमेरिकी अधिकारीमध्येका हुन्। युक्रेनमा जन्मिएका उनी इराक युद्धमा पु(याएको योगदानलाई लिएर सम्मान पाएका अधिकारी हुन्। उनका बुवाले ४० वर्षअघि सोभियत संघ छाडेर अमेरिका बस्ने निर्णय गरेका थिए।

राष्ट्रपति ट्रम्पले सुनुवाइमा बयान दिइरहेकी युक्रेनका लागि अमेरिकी पूर्वराजदूत मरिअ योभानोभिचमाथि पनि आफ्नो व्यक्तिगत ट्विटर ह्यान्डलबाट आक्रमण गरेका थिए।
जाँचबुझ के हो रु

हाल अमेरिकी राष्ट्रपति ट्रम्पले संसद्को एउटा यस्तो प्रक्रियाको सामना गरिरहेका छन् जसले उनलाई राष्ट्रपति पदबाट हटाउन पनि सक्छ। संसदीय जाँचबुझले सन् २०२० मा हुने चुनावमा पुनः निर्वाचित हुने सम्भावना बढाउन ट्रम्पले अनुचित सहयोगको माग गरेका हुन कि होइनन भन्ने विषय स्थापित गर्ने प्रयास गरिरहेको छ।

यद्यपि प्रक्रिया अहिले पनि सुरुवाती चरणमै छ। डेमोक्र्याटको पकड रहेको संसद्को तल्लो सदनमा गत साता पहिलो सार्वजनिक सुनुवाइ सुरु भएको थियो। रिपब्लिकन राष्ट्रपति ट्रम्पले गलत काम गरेको कुरा अस्वीकार गर्दै आएका छन्।


प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  १८:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP