नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, चैत १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पूर्व भिआइपीको सुरक्षागार्ड फिर्ता गराउने गृह मन्त्रालयमै सुरक्षाकर्मीको दुरुपयोग
पूर्व भिआइपीको सुरक्षागार्ड फिर्ता गराउने गृह मन्त्रालयमै सुरक्षाकर्मीको दुरुपयोग
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन ७, २०७७ बागेश्वरी पोस्ट
पूर्व भिआइपीको सुरक्षागार्ड फिर्ता गराउने गृह मन्त्रालयमै सुरक्षाकर्मीको दुरुपयोग
गृह मन्त्रालय

नेपालगन्ज।पूर्व विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ बनाएर पूर्व विशिष्ट व्यक्तिले नियम विपरीत राखेका सुरक्षाकर्मी तान्दै आएको गृह मन्त्रालय आफैँले नियम विपरीत सुरक्षाकर्मीको दुरुपयोग गरिएको पाइएको छ ।

मन्त्रीपरिषद्बाट गृहले प्रस्ताव गरी पठाएको कार्यविधि स्वीकृत भएसँगै गृह मन्त्रालयले पूर्व राजा, पूर्व प्रधानमन्त्री, पूर्व गृह मन्त्री, पूर्व मन्त्री, व्यापारी, उद्योगपति लगायतले राखेका कार्यविधि विपरीत पर्ने सुरक्षाकर्मी धमाधम फिर्ता गरिरहेको छ । यसरी कार्यविधि विपरीत राखेका सशस्त्र प्रहरी र नेपाल प्रहरीतर्फका करिब चार सयको सङ्ख्यामा सुरक्षाकर्मी शुक्रवारसम्म गृह मन्त्रालयको निर्देशन अनुसार फिर्ता भइसकेका छन् ।

तर आफैँले कार्यविधि प्रस्ताव गरेको गृहले आफ्नै कर्मचारीले नियम विपरीत लामो समयदेखि राख्दै आएका सुरक्षाकर्मी भने फिर्ता गरेको छैन । उच्च स्रोतका अनुसार गृह मन्त्रालयका केही सहसचिव र धेरै उपसचिव स्तरका कर्मचारीले सशस्त्र प्रहरीका २४ जना ड्राइभर विगत पाँच वर्षदेखि राखेको खुलेको हो ।

केही सहसचिवका लागि गृहले अर्थ मन्त्रालयसँगको सहमतिमा निजामती सेवातर्फबाटै ड्राइभर राख्न सक्ने भए पनि उपसचिवलाई यस्तो सुविधा दिन मिल्दैन । अझै सुरक्षाकर्मीबाट नै माग गरेर राख्न पाइँदैन । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सशस्त्रतर्फका केही सुरक्षाकर्मी सवारी चालकका रूपमा रहेको सुनेको र केही दिनमा नै फिर्ता गर्ने जानकारी दिए ।

‘धेरै अघि देखि नै राख्दै आइरहेको भन्ने सुनेको छु, अब चालक चाहिए आफैँ व्यवस्था गर्नु पर्ने भन्ने छ, के कति राखिएका छन् बुझेर छिटै फिर्ता गर्ने काम हुन्छ,’ गृह प्रवक्ता बुढाले भने । सशस्त्र प्रहरीले पछिल्लो समय गण तथा गुल्मबाट विभिन्न उद्योग तथा भन्सारहरूमा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गरी सीमा सुरक्षाका लागि नयाँ स्थापना गरिएका बिओपीहरुमा पठाएको छ ।

यसै गरी कार्यविधि विपरीत पूर्व भिआइपीको सुरक्षामा खटिएकालाई समेत सरकारले सीमा सुरक्षाका लागि पठाउँदै आइरहेको छ । ती नयाँ स्थापना भएका कतिपय बिओपीहरुमा सशस्त्रका सवारी चलाउने चालक नै अपुग भएको गुनासोसमेत आउने गरेको छ ।हाम्राकुराबाट।


प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १४:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका अवैध क्रसर उद्योग बन्द गराउन गृहको निर्देशन
लुम्बिनी प्रदेशका अवैध क्रसर उद्योग बन्द गराउन गृहको निर्देशन
पत्रकार महासंघको ७१औं स्थापना दिवसः नेपालगञ्जमा स्थानीय पत्रकारिताका चुनौती विषयक अन्तरक्रिया
पत्रकार महासंघको ७१औं स्थापना दिवसः नेपालगञ्जमा स्थानीय पत्रकारिताका चुनौती विषयक अन्तरक्रिया
नेपालगन्जमा जलेको अवस्थामा महिलाको शव भेटियो, जिउँदै जलाइएको आशंका
नेपालगन्जमा जलेको अवस्थामा महिलाको शव भेटियो, जिउँदै जलाइएको आशंका
सडक-आश्रित मानवहरूको उद्धार, संरक्षण र व्यवस्थापनका लागि लुम्बिनीमा 'प्रदेश विशेष उद्दार कार्यक्रम'
सडक-आश्रित मानवहरूको उद्धार, संरक्षण र व्यवस्थापनका लागि लुम्बिनीमा 'प्रदेश विशेष उद्दार कार्यक्रम'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP