नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, मंसिर २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मोहना- राजघाट पुल बन्न नसक्दा स्थानियहरु सास्ती खेप्दै
मोहना- राजघाट पुल बन्न नसक्दा स्थानियहरु सास्ती खेप्दै
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर ६, २०७६ बागेश्वरी पोस्ट
मोहना- राजघाट पुल बन्न नसक्दा स्थानियहरु सास्ती खेप्दै

धनगढी । मोहना–राजघाट पुल अहिले सम्म नबन्दा स्थानियहरुले सास्ती खेप्दै आइरहेका छन् । निर्माण सुरु भएको छ वर्षसम्म पनि उक्त पुल बन्न सकेको छैन् ।ठेक्का लिएको कम्पनीले ढिला सुस्ती र लापरबाहीले गर्दा तीन बर्षमा निर्माण भइसक्नु पर्ने पुल अहिले सम्म बन्न सकेको छैन् ।

स्थानीयको गुनासो धेरै बढे पछि उक्त निर्माण कम्पनीलाई जरिवाना लिएर काम गराउने तयारी थालिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मण जोशीले बताए । जोशीका अनुसार एक पटक म्याद थप भइसकेकाले अब उक्त कम्पनीको म्याद थप नहुने भएको छ । ‘निर्माण कम्पनीले लापरवाही गरेकाले अब जरिवाना तिरेर उसले जसरी पनि काम सम्पन्न गर्नुपर्ने जोशीले बताए। मोहना नदीमा निर्माण भइरहेको पुलको छ वर्षसम्म एउटा मात्रै स्पाइन तयार भएको छ । अझै दुई वटा स्पाइन बनाउन बाँकी रहेको छ । पुल निर्माणका लागि थप गरिएको म्याद गत असार मसान्तमा सकिएपछि निर्माण कम्पनीले भने पुनः म्याद थप गराउने प्रक्रियालाई अगाडि बढाएको छ । कम्पनीले त्यसको लागि सडक डिभिजन कार्यालयमा फाइलसमेत पेस गरेको छ । तर, म्याद थप गर्नु पर्ने कुनै आधार नरहेको सूचना अधिकारी जोशीले बताए । ‘अब ठेकेदारले जरिवाना तिरेर काम गर्नुको विकल्प छैन’, उनले भने–‘म्याद थप हुँदैन । बरु, काम भएन भने कारबाहीको प्रक्रिया अगाडि बढाउँछौ ।’

धनगढी उपमहानगरपालिकाको चटकपुर र कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई जोड्ने गरी मोहना नदीमा निर्माण भइरहेको सो पुलको लम्बाइ १२० मिटर रहेको छ । पुल निर्माणका लागि आर्थिक वर्ष २०७०/०७१ मा ठेक्का भएको थियो । पुलको कुल लागत सात करोड ४५ लाख रुपियाँ रहेको छ ।

चन्द्रशेखर मल्लको निर्माण कम्पनी एलाइट एडभेञ्चर जेभीले ठेक्का पाइ २०७१ बाट काम सुरु गरेको थियो । तर, तत्कालीन समयमा यहाँ भएको आन्दोलन, नाकाबन्दी लगायतका कारणले तदारुकताको साथ काम गर्न नसकेको निर्माण कम्पनीले पनि स्वीकार गर्दै आएको छ ।

स्थानीयलाई समस्या
मोहना नदीमा पुल नबन्दा स्थानीयले समस्या भोग्दै आएका छन् । पुल नभएका कारणले उनीहरु चर्को शुल्क तिरेर डुङ्गामार्फत नदी वारपार गर्ने गरेका छन् । हिउँदमा भने काठे पुल तरेर ओहोर दोहोर गर्नु पर्ने बाध्यता रहेको छ । ‘डुङ्गा होस वा काठे पुल जे मार्फत नदी तर्दा पनि हामीले चर्को शुल्क तिर्नु पर्छ’, कृष्णपुर नगरपालिका ९ पिपरियाका स्थानीय बहादुर रानाले भने–‘पुल नबन्दा धेरै समस्या भएको छ।’ उनी तरकारी बिक्रीका लागि दैनिक धनगढीसम्म आउने गर्दछन् । समयमा पुल नबनेपछि आफूहरुले धेरै समस्या भोग्दै आएका छन् । बर्षामा डुङ्गामार्फत नदी तर्दा स्थानीयले सय रुपैयाँसम्म शुल्क तिर्ने गरेका छन् ।

यसैगरी, काठे पुलमा मान्छेकोमात्रै पाँच, साइकलको १० र मोटरसाइकलको २० रुपैयाँ लिने गरिएको छ । निर्माणाधीन मोहना राजघाट पुलको नजिकै काठे पुल बनाइएको छ । पुल तरे वाफत राजघाटबाहेक बाँकी सबै गाउँका स्थानीयले शुल्क तिर्नु पर्दछ ।


प्रकाशित मिति: शुक्रबार, मंसिर ६, २०७६  ०९:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रहरी संगठन बाँकेको नवनिर्मित भवन उद्घाटन
पूर्व प्रहरी संगठन बाँकेको नवनिर्मित भवन उद्घाटन
नेपालगञ्जका धेरैजसो टुर्स एण्ड ट्राभल्स इजाजत नलिएरै सञ्चालन
नेपालगञ्जका धेरैजसो टुर्स एण्ड ट्राभल्स इजाजत नलिएरै सञ्चालन
लमहीमा काठमाडौं जाँदै गरेको बस दुर्घटना, २२ यात्रु घाइते
लमहीमा काठमाडौं जाँदै गरेको बस दुर्घटना, २२ यात्रु घाइते
बास नेपालले मनायो रजत बर्ष, विभिन्न ब्यक्तिहरु सम्मानित
बास नेपालले मनायो रजत बर्ष, विभिन्न ब्यक्तिहरु सम्मानित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP