नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विज्ञान-प्रबिधि
  • गृहपृष्ठ
  • विज्ञान-प्रबिधि
  • नरैनापुरको शैक्षिक सुधारमा जोड
नरैनापुरको शैक्षिक सुधारमा जोड
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर ७, २०७६ बागेश्वरी पोस्ट
नरैनापुरको शैक्षिक सुधारमा जोड

(नरैनापुर) बाँके,। नरैनापुरमा रहेका शैक्षिक समस्या सुधार गर्नका लागि योजना बनाएर अगाडि बढ्नुपर्ने एक कार्यक्रममा जोड दिइएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा नरैनापुरले आयोजना गरेको शिक्षक तथा कर्मचारीहरुको क्षमता अभिबृद्धि सम्वन्धि ३ दिने अभिमुखीकरण कार्यकमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रमको उद्घाटन सत्रमा शिक्षा विकास समन्वय ईकाई बाँकेका प्रमुख राम सुरेश यादवले योजनाबद्ध रुपमा अगाडि बढ्न सके बिद्यालयहरुमा सुधार आउन समय नलाग्ने बताउनुभयो । उहाँले शिक्षा शाखाको समन्वयमा प्रधानाध्यपकहरुले जिम्मेवारी निर्वाह गर्नुपर्ने भन्दै शैक्षिक सुधारका लागि अभिभावक र बालबालिकाहरुको चेतनास्तर बृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । नरैनापुरका बिद्यालयहरुमा भौतिक पूर्वाधारको कमी नरहेको बताउँदै यादवले अब शैक्षिक प्रगति देखाउने समय आएकाले प्रधानाध्यापक र शिक्षकहरु पठनपाठनप्रति गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले शैक्षिक सुधारको लागि गाउँपालिकाले कहाँ, कस्तो र कुन किसिमको सहयोगको आवश्यकता रहेको छ, माग अनुसार सहयोग गर्न तयार रहेको बताउनुभयो । शैक्षिक सुधारमा बाधक बन्ने काम सह्य नहुने भन्दै बिद्यालयमा बिद्यार्थी संख्या बढाउँदै प्रभावकारी पठनपाठनको ब्यवस्था मिलाउन सबैको महत्वपूर्ण भूमिका रहेको अध्यक्ष शाहले बताउनुभयो । गाउँपालिकाले शिक्षामा सुधार ल्याउनका लागि अहिले दु्रत गतिमा लागिरहेको र गाउँपालिकाको यस अभियानमा सबैले सहयोग गर्नुपर्न उहाँको भनाई छ । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत दलबहादुुर बस्नेतले नियमित रुपमा बिद्यालय सञ्चालन गरेर उपलब्धिमूलक प्रतिफल देखाउन सबै प्रधानाध्यापक र शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

शिक्षा, युवा तथा खेलकुद शाखा नरैनापुरको शिक्षामा सुधार ल्याउनका लागि पालिकामा रहेका बिद्यालयका प्रधानाध्यापक र कर्मचारीहरुको क्षमता अभिबृद्धिमा जुटेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लक्ष्मीकान्त मिश्रले बताउनुभयो । शैक्षिक सुधारको लागि गाउँपालिका र शिक्षा शाखा सधैं तत्पर रहेको मिश्रले बताउनुभयो । विकासे काममा सक्रिय कर्मचारी मानिएका मिश्रले एक महिना अगाडि शिक्षा शाखा ईकाई प्रमुखको जिम्मेवारी पाउनुभएको हो । जिम्मेवारी पाएसंगै उहाँले शैक्षिक सुधारका लागि सक्रियता देखाउनुभएको छ ।

विद्यालय क्षेत्रमा देखिएको समस्या समाधानका लागि गाउँपालिका स्तरमै बिद्यालयहरुको अनुगमन बढाइएको, पठनपाठनमा कडाई गरिएको, प्रधानाध्यापक, शिक्षक, ब्यवस्थापन समितिका प्रतिनिधिहरुसँग गाउँपालिका तथा शिक्षा शाखाको समन्वयमा नियमित बैठकलाई निरन्तरता दिइएको, क्षमता अभिबृद्धि तथा नेतृत्व विकासमा जोड दिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मिश्रले बताउनुभयो ।

समय समयमा गाउँपालिका र शिक्षा शाखाले गर्ने गरेका अनुगमनका क्रममा विद्यालयमा शिक्षकहरु अनुपस्थित रहने गरेको, बिद्यालय समयमा नपुग्ने, पुगे पनि बिदा हुनुभन्दा पहिले निस्किने, अध्ययन अध्यापनमा लापरवाही हुने गरेको, विद्यालय जाने बिद्यार्थीहरुको संख्या घट्दै गएको अवस्था देखिएपछि शिक्षकहरुलाई नियमित उपस्थिति र प्रभावकारी शिक्षणका लागि क्षमता अभिबृद्धि तालिमदेखि बैठक गोष्ठी तथा अनुगमनमा गाउँपालिकाले निरन्तरता दिएको जनाएको छ ।

आज(शनिवार) देखि शुरु भएको ३ दिने क्षमता अभिबृद्धि तालिममा २१ विद्यालयका प्रधानाध्यापक र कर्मचारी गरी २५ जनाको सहभागिता रहेको छ ।


प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६  १९:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली बजारमा AI फिचरसहितको प्रिमियम ट्याब्लेट HONOR Pad V9 उपलब्ध
नेपाली बजारमा AI फिचरसहितको प्रिमियम ट्याब्लेट HONOR Pad V9 उपलब्ध
फिटनेस ट्र्याकिङलाई नयाँ उचाइमा लैजाने Huawei WATCH FIT 5 नेपालमा
फिटनेस ट्र्याकिङलाई नयाँ उचाइमा लैजाने Huawei WATCH FIT 5 नेपालमा
नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै
नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै
डिजिटल साक्षरता र नागरिक प्रविधिबारे तीन दिने कार्यशाला शुरु
डिजिटल साक्षरता र नागरिक प्रविधिबारे तीन दिने कार्यशाला शुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP