नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • स्वास्थ्य छेत्रमा छलाङ्ग मार्दै नरैनापुर गाउँपालिका
स्वास्थ्य छेत्रमा छलाङ्ग मार्दै नरैनापुर गाउँपालिका
RSG-2
नगेन्द्र प्रसाद आचार्य (एन.पी.)
बिहीबार, चैत ५, २०७७ नगेन्द्र प्रसाद आचार्य (एन.पी.)
स्वास्थ्य छेत्रमा छलाङ्ग मार्दै नरैनापुर गाउँपालिका

नरैनापुर( बाँके )। स्वास्थ्य छेत्रमा नरैनापुर गाउँपालिकाले छलाङ्ग मार्दैछ।

कुनै बेला नरैनापुरबासीलाई रुघाखोकी र सामान्य ज्वरो आएको उपचार पनि भारतीय स्वास्थ्यकर्मी र अस्पतालमा भर पर्नुपर्ने थियो । नेपालगन्ज आउजाउ गर्न सहज नभएकोले नरैनापुरका सर्वसाधारण नेपालगन्जको अस्पतालसम्म आउन सक्दैनथे ।

नेपालगन्ज आउन युद्ध जिते जस्तै हुन्थ्यो। त्यसैले त त्यहाँका सर्वसाधारणलाई नेपालगन्जका अस्पतालमा उपचार गराउनु भन्दा भारतीय अस्पताल पुग्न सहज थियो, तर अहिले समय फेरिएको छ । नेपालगन्जका सर्वसाधारणलाई उपचारका लागि न त नेपालगन्ज आउनु पर्छ न त भारतीय अस्पताल धाउनु पर्ने बाध्यता छ ।

नरैनापुर गाउँपालिकाले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई सुविधा, सम्पन्न बनाएपछि त्यहाँका सर्वसाधारणले आफ्नै ठाउँमा गुणस्तरिय स्वास्थ्य सेवा पाउन थालेका छन् । प्याथालोजी सेवा सँगै इमरजेन्सी सेवा संचालन गरेको प्राथमिक स्वास्थ्य केन्द्रले अहिले भिडियो एक्स–रे सेवा समेत सुरु गरेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । उनले साधारण एक्स–रे पनि तत्कालै सुरु गर्ने योजना रहेको बताए ।

‘एक्स–रे सेवा संचालनका लागि स्वास्थ्यकर्मीलाई तालिम लिन पठाइएको छ । तालिम लिएर आउनासाथ एक्स–रे सेवा पनि सुरु गर्छौँ,’ उनले भने। विरामीको भिडियो एक्स–रे प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख मेडिकल अधिकृत डा. सागर पन्तले गर्दै आएका छन् । भिडियो एक्स–रे गर्ने दक्ष जनशक्ति नभएकोले आफैले गर्दै आएको उनले बताए ।

‘गर्भवतीको भिडियो एक्स–रे म आफैले गर्छु,’ डा पन्तले भने । नरैनापुरका सर्वसाधारणले २४ सै घण्टा इमरजेन्सी सेवा पाउन थालेपछि उपचारमा सहज भएको नरैनापुर गाउँपालिका–३, नरैनापुरका निजामुद्दिन खानले बताए । गाउँपालिकाले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैयाको अस्पतालसँगै इमरजेन्सी सेवा संचालनमा ल्याएपछि उपचार पाउन सहज भएको उनले बताए ।

उनले इमरजेन्सी सेवा सुरु भएपछि भारतीय अस्पतालमा जानुपर्ने बाध्यता हटेको बताए । ‘स्वास्थ्य केन्द्रमा २४ सै घण्टा चिकित्सक बस्न थालेपछि गुणस्तरिय स्वास्थ्य सेवा पाउने आशा जागेको छ ।’ लमणपुर प्राथमिक स्वास्थ्य केन्द्रले चैतदेखि सर्पदंशको उपचार पनि सुरु गर्ने भएको छ । सर्पले डसेका विरामीलाई नेपालगन्ज ल्याउन समय लाग्ने र ढिला गरि उपचार पाउँदा मृत्यु हुने गरेपछि नरैनापुरमा सर्पदंशको उपचार सुरु गरिन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताए ।

उनले सर्पदंशका विरामीको उपचारका लागि जनशक्ति माग गरि छिट्टै उपचार सेवा सुरु गरिने स्पष्ट पारे । नरैनापुरका सर्वसाधारणलाई उपचारका लागि नेपालगन्ज आउन झण्डै साढे एक घण्टा लाग्ने गरेको छ । सर्पदंशका विरामीको सहजताका लागि लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा छुट्टै वार्ड खडा गरि उपचार गरिने उनको भनाई छ । नरैनापुर गाउँपालिकाले आँखा उपचार पनि छिट्टै सुरु गर्ने भएको छ । आँखा उपचारका लागि एक–एक जना नेत्र अधिकृत र नेत्र सहायक माग गरेको छ ।

माग गरे बमोजिम निवेदन दिएकाहरुको छिट्टै छनोट गरि सेवा सुरु गरिने उनको भनाई छ । ‘यहाँका सर्वसाधारणलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिकाले सवै खालको प्रयास गरेको छ,’ शाहीले भने । आशा गरौँ नरैनापुरबासीले अबका दिनमा स्वास्थ्य स्सेवाबाट बन्चित हुनुपर्ने छैन्।


प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १२:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
रक्तजन्य रोगबारे अभिमुखीकरण
रक्तजन्य रोगबारे अभिमुखीकरण
पत्रकारहरुको नाक, कान तथा घाँटी परीक्षण
पत्रकारहरुको नाक, कान तथा घाँटी परीक्षण
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP