prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भरसक बन्दाबन्दी नगर्ने पक्षमा सरकार : पर्यटनमन्त्री ढकाल
भरसक बन्दाबन्दी नगर्ने पक्षमा सरकार : पर्यटनमन्त्री ढकाल
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत २८, २०७७ बागेश्वरी पोस्ट
भरसक बन्दाबन्दी नगर्ने पक्षमा सरकार : पर्यटनमन्त्री ढकाल

नेपालगन्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन् ।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३०औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री ढकालले कोभिड महामारी नियन्त्रणका लागि सरकार लागिपरेको बताए ।

उनले भने, “विगतको कहालीलाग्दो अवस्थाले फेरि पनि झकझकाइरहेको छ। कोभिड महामारीको जोखिम नियन्त्रण र परिस्थितिलाई सहज बनाउने तयारीमा सरकार जुटिरहेको छ, भरसक बन्दाबन्दी नगरी परिस्थितिलाई नियन्त्रणमा लिने प्रयत्न जारी रहन्छ, कुनै विपत्ति आइलागेमा सामना गर्नुको विकल्प पनि छैन, अहिलेको अवस्थामा सबैले सजकता अपनाउन जरुरी छ ।”

पर्यटनमन्त्री ढकालले कोभिड महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र पछिल्ला दिनमा केही सुधाराका सङ्केत देखिए पनि केही दिनदेखि लगातार बढिरहेको कोभिडका सङ्क्रमितको सङ्ख्याले थप भयाबह स्थिति सिर्जना हुने खतार बढेको उल्लेख गरे। “महामारीले थिलोथिलो बनेको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कने वातावरण बनिरहेकामा पुनः कोभिडको अत्यासलाग्दो परिस्थितिले झस्काएको छ, छिमेकी मुलुक भारतमा महामारीको कहालीलाग्दो अवस्थाले खु्ला सिमाना, रहनसहन भएको मुलुक नेपालमा त्यसको असर पर्ने खतरा छ, हामी ९नेपाल० १०० भन्दा कम सङ्ख्यामा झरिसकेको अवस्थामा हिजोआज ३०० भन्दा बढी सङ्क्रमित भेटिनु निकै चिन्ताको विषय हो”, उनले भने ।

पर्यटनमन्त्री ढकालले छ हजार माथिका २७ चुली (पिक) को आरोहण व्यवस्थापनको जिम्मेवारी पाएको एनएमएलाई यसका अतिरिक्त अझै विस्तार गर्नेतर्फ सरकार सकारात्मक रहेको तथा सोको पहालकदमी गर्न पर्यटन मन्त्रालय तयार रहेको बताए। उनले पर्वतारोहण क्षेत्रमा कुनै नीति तथा कानूनी समस्या र उल्झन भए त्यसको सहजीकरण गर्न आफू तत्पर रहेको बचन दिए। पर्यटन क्षेत्रको समृद्धि र विकासका निम्ति सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो पारिनुपर्नेमा पनि पर्यटनमन्त्रीको जोड थियो ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले एनएमएको हालको भूमिकालाई थप प्रभावकारी तुल्याउन तथा संस्थालाई नवप्रवर्तन र पूर्वाधार विकासमा सक्रियता गराउन सुझाव दिए। उनले पर्वतारोहण क्षेत्रलाई विश्वमाझ पहिचान गराउन तथा यस क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन तथा व्यवस्थापन, आरोहणसम्बन्धी उपकरण र स्रोतसाधनको व्यवस्थापनका लागि संस्थाले गर्दै आएको कामको प्रशंसा पनि गरे ।

एनएमएका अध्यक्ष सन्तवीर लामाले संस्थाको ४८ वर्षे इतिहासमा २४ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहणदेखि विश्वकै जोखिम हिमाल पाकिस्तानस्थित ‘माउन्ट केटू’ को यसै वर्ष १० नेपाली आरोहीले सफलतापूर्वक आरोहणले नेपालको पर्वतीय पर्यटनलाई विश्वभर फैलाउन सफल भएको उल्लेख गरे। उनले पर्वतारोहणकै इतिहासमा पहिलोपटक माउन्टेन गाइड लाइसेन्सको व्यवस्था गर्न सफल भएको तथा नेपालमा खुला गरिएका ४१४ हिमाल र पिकको प्रोफाइल तयार गर्न सफल भएको जानकारी दिए।

सो अवसरमा पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो। दावा नर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार पत्रकारद्वय जगदिश तिवारी र अर्जुन पाख्रिनलाई प्रदान गरिएको छ भने सबैभन्दा बढी रोयल्टी बुझाउने १० कम्पनीलाई पनि सम्मान गरिएको छ। साधारणसभाले आगामी नयाँ नेतृत्व चयनका लागि निर्वाचन मिति घोषणा गर्नुका साथै महासचिव कुलबहादुर गुरुङ र कोषाध्यक्ष सुदर्शन न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदनलाई पारित गर्ने आयोजकले जनाएको छ । 


प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १७:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संघसंस्था ऐन २०८२ को मस्यौदामा नागरिक समाजको असहमति
संघसंस्था ऐन २०८२ को मस्यौदामा नागरिक समाजको असहमति
विशाल रक्तदान शिविरमा ११९१६ पिन्ट रगत संकलन, नेपालगञ्ज क्षेत्रमा ५६२ पिन्ट
विशाल रक्तदान शिविरमा ११९१६ पिन्ट रगत संकलन, नेपालगञ्ज क्षेत्रमा ५६२ पिन्ट
बाँके र बर्दियामा तीन दिनमा ३४४ पिन्ट रगत संकलन
बाँके र बर्दियामा तीन दिनमा ३४४ पिन्ट रगत संकलन
मानव सेवा आश्रममा बुवाको मुख हेर्ने दिनः आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी
मानव सेवा आश्रममा बुवाको मुख हेर्ने दिनः आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP