Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • भेरीका कोरोना संक्रमितको दुखमा मलहम लगाउदै अध्यक्ष बेहना
भेरीका कोरोना संक्रमितको दुखमा मलहम लगाउदै अध्यक्ष बेहना
RSG-2
तातोपानीका लागि दिए आधुनिक वाटर डिस्पेंसरी
बागेश्वरी पोस्ट
शनिबार, वैशाख ११, २०७८ बागेश्वरी पोस्ट
भेरीका कोरोना संक्रमितको दुखमा मलहम लगाउदै अध्यक्ष बेहना

नेपालगन्ज । नेपालगन्जको भेरी अस्पतालमा  कोरोना संक्रमित बिरामीले यतिबेला कोरोना वार्ड नैै खचाखच भरिएको छ।

कतिपय बिरामी भेन्टिलेटरको सहारामा उपचार गराइरहेका छन् त कतिपय बिरामी अक्सिजनको सहारा लिइरहेका छन् । बिरामीलाई तातो पानी सम्म बाहिरबाट ल्याउनुपर्ने कहालीलाग्दो अवस्था भइरहदा यतिबेला नेपालगन्ज ४ का अध्यक्ष मो. सफिक बेहनाले फेरि मानवीय कार्य गरेका छन् ।

अध्यक्ष बेहनाले  कोरोना संक्रमित बिरामीहरुको दुखलाई आफ्नो दुख सम्झदै पुनः कोरोना वार्डमा तातो पानी पिउनका लागि आफ्नो तर्फबाट  आधुनिक मेसिन नै जडान गरिदिएका छन् ।

अध्यक्ष  बेहनाले शनिबार साँझ नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरको उपस्थितिमा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापालाई ३५ हजार पर्ने आधुनिक वाटर डिस्पेंसरी हस्तान्तरण गरेका हुन् । उक्त आधुुुनिक वाटर डिस्पेंसरीबाट कोरोना संक्रमित बिरामीले भने अनुसारको तातो पानी अब पिउन पाउने छन् ।

अध्यक्ष बेहनाले यस्तो बिषम परिस्थितिमा अस्पतालमा कोरोनाको पिडाबाट मृत्युसँग लडिरहेका दाजुभाई-दिदीबहिनीहरुलाई आफ्नो तर्फबाट सहयोग गर्न पाउँद धेरै खुशी भएको बताए। मरेर लानु के छ र ? मर्दा पर्दा सबैलाई सहयोग गर्नु नै ठुलो कुरा भएकोले  आफ्नो तर्फबाट  सहयोग गर्न अध्यक्ष बेहनाले अनुरोध गरेका छन् ।

कोरोनाबाट कसैको अकालमा मृत्यु नहोस् भनेर कामना गर्दै अध्यक्ष बेहनाले आगामी दिनमा अरु पनि सहयोग गर्ने वचन दिए। उपमेयर उमा थापा मगर र मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले  अध्यक्ष बेहनाको सहयोगप्रति धन्यवाद प्रकट गरेका थिए। अध्यक्ष बेहनाले गरेको सहयोगप्रति कोरोना संक्रमित बिरामीहरुले समेत धन्यवाद ब्यक्त गरेका छन् ।

अध्यक्ष बेहनाले शनिबार मात्रै भेरी अस्पतालमा  कोरोना वार्डलाई २०० वटा अक्सिजन सिलिन्डरको लागि २ लाख रुपैयाँ सहयोग गरेका छन् ।

अध्यक्ष बेहना एक दयालु र सहयोगी मनका जनप्रतिनिधि हुन् ।बेहना जस्तै अरु जनप्रतिनिधिमा यस्तो सोच आउनु जरुरी छ। बेलैमा सबै जनप्रतिनिधिले कोरोनाका लागि सहयोग गर्न जरुरी देखिन्छ।

अध्यक्ष बेहनाले भेरी अस्पतालमा उपचार गराइरहेका सबै संक्रमीतलाई सिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।


प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  २२:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP