नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सेनाको कमाण्ड मुख्यालय स्थापना र नेतृत्व नियुक्ति प्रक्रिया शुरु
सेनाको कमाण्ड मुख्यालय स्थापना र नेतृत्व नियुक्ति प्रक्रिया शुरु
RSG-2
रासस
शनिबार, वैशाख १८, २०७८ रासस
सेनाको कमाण्ड मुख्यालय स्थापना र नेतृत्व नियुक्ति प्रक्रिया शुरु

नेपालगन्ज । नेपाली सेनाले कमाण्ड संरचनामा प्रवेश गर्ने क्रमसँगै चारवटै कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न नेतृत्व नियुक्ति प्रक्रिया शुरु गरेको छ । सरकारको स्वीकृति र सेनाको योजनाअनुरुप चारवटा कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न आवश्यक जनशक्ति र प्रमुखको नियुक्ति प्रक्रिया शुरु गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

कमाण्ड मुख्यालय स्थापना र सञ्चालनका लागि काम अघि बढिसकेको छ । लामो अध्ययन, अनुसन्धान, गहन छलफल र गृहकार्यपछि सङ्गठनलाई कमाण्ड अवधारणामा अघि बढाउन सेना सफल भएको हो । सेनाको कमाण्ड अवधारणालाई सरकारले गत फागुनमा स्वीकृत गरेको थियो ।

उनले भने, “कमाण्ड प्रमुखको जिम्मेवारीसम्बन्धी जङ्गी अड्डाले सम्भावित सूचनासमेत निकालिसकेको छ । कमाण्ड मुख्यालय सञ्चालन गर्ने क्रममा यो पहिलो ठोस कदम हो ।” कमाण्ड अवधारणा शुरुआत वैशाखको पहिलो साताबाटै गरिए पनि आगामी साउनसम्ममा पूर्णरूपमा कार्यान्वयनमा लैजाने योजना रहेको पनि प्रवक्ता पौडेलले जानकारी दिए ।

सेनाको चेनअफ कमाण्डलाई छिटोरछरितो तुल्याउन र तीन तहको कमाण्डलाई सु–सङ्गत गर्ने मुख्य उद्देश्यले जङगीअड्डाले कमाण्ड अवधारणा अघि बढाएको हो । यस अवधारणा अघि बढेसँगै हालको पृतनाको संरचना क्रमशः खारेज हुनेछ । उपत्यकासहित मुलुकमा हाल सेनाका आठ पृतना छन् । पृतनाको प्रशासनिक संरचनाको प्रभावकारिता अभिवृद्धि गर्न कमाण्डसम्बन्धी संरचना ल्याइएको हो । कमाण्ड अवधारणाले ‘अप्रेशन, टयाक्टिकल र स्टाटेजी’ लाई व्यवस्थित गर्नेछ । कोशी, गण्डकी र कर्णाली नदीका आधारमा उत्तर–दक्षिण भूगोललाई समेटिएका तीन  र रणनीतिक महत्व बोकेको उपत्यकालाई बेग्लै उपत्यका कमाण्ड खडा गरिएको छ ।

पूर्वी कमाण्डमा प्रदेश नं १,  प्रदेश नं २ र वाग्मती प्रदेशका केही जिल्ला पर्छ भने उपत्यका कमाण्डमा काठमाडौँ, भक्तपुर र ललितपुर समेटिएको छ । पश्चिम कमाण्डमा कर्णाली प्रदेश, सुदूरपश्चिम  प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्ला समेटिनेछन् भने मध्य कमाण्डअन्तर्गत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका केही जिल्ला पर्छन् ।

सेनामा निकै अघिदेखिको साङ्गठनिक संरचना कस्तो हुनुपर्छ भनी आन्तरिक बहसको विषय बन्दै आएको कमाण्ड अवधारणाका विषय व्यापक छलफलपछि परिमार्जनसहित आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशक पौडेलले बताए ।

पूर्वी कमाण्ड हिले वा धनकुटा, उपत्यका कमाण्ड काठमाडौँ, मध्य कमाण्ड पोखरा र पश्चिम कमाण्डको सुर्खेतमा मुख्यालय रहने गरी  प्रारम्भिक प्रस्ताव गरिएको छ । नेपाली सेनाका हालका १८ वटा बाहिनीमध्ये कुनैमा पाँच वटासम्म बाहिनी रहने अवस्था हुनेछ । उपरथी दर्जाले नेतृत्व गर्ने कमाण्ड अवधारणामा जाँदा सेनामा विशिष्ट श्रेणीको कुनै पनि दरबन्दी थप हुनेछैन ।

नयाँ आवधारणा अघि बढेसँगै सैनिक मुख्यालयका कतिपय निर्देशनालय र विभागको स्तरोन्नति गरिने बताइएको छ । कमाण्ड संरचनामा प्रवेश गरेसँगै बाहिनी, गण र गुल्मले ट्याक्टिकल, कमाण्डले अप्रेशनल तहको योजना निर्माण, कार्यान्वयन र अनुगमन तथा जङ्गीअड्डाले रणनीति र राज्य तहका विषयमा ध्यान केन्द्रित गर्नेछ । नेपाली सेनासँग भएको स्रोत साधनको सन्तुलित वितरण र व्यवस्थापन हुनेछ ।

कमाण्डसम्बन्धी अवधारणा अघि बढाउँदा सरकारलाई कुनै आर्थिक भार नपर्ने सेनाले जनाएको छ । यद्यपि, समायोजनका क्रममा हुने पुनःसंरचनामा प्रमुख सेनानी र महासेनानीको दरबन्दी भने केही बढ्न सक्ने अनुमान गरिएको छ । धेरै पहिलेदेखि सैनिक व्यक्तिले बौद्धिकरूपमा छलफल गर्दा आवश्यक पर्छ भनेको विषयका रूपमा रहेको कमाण्ड अवधारण सेनाको सङ्गठनलाई युग सुहाउँदो तुल्याउने सन्दर्भमा ऐतिहासिक कदमका रूपमा लिइएको बताइएको छ ।


प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १२:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
कोहलपुरबाट १ किलो बढी अफिमसहित दुई जना पक्राउ
कोहलपुरबाट १ किलो बढी अफिमसहित दुई जना पक्राउ
पार्किङ गरिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालक जीवन गिरीको मृत्यु, एक घाइते
पार्किङ गरिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालक जीवन गिरीको मृत्यु, एक घाइते
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झण्डै तीन वर्षपछि धनौली प्रहरीको नियन्त्रणमा
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झण्डै तीन वर्षपछि धनौली प्रहरीको नियन्त्रणमा
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP