नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, चैत १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित
भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ १४, २०७८ बागेश्वरी पोस्ट
भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा सहकर्मीमाथि हातपात र कुटपिट भएपछि स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।

गएराति दाङका एक जना कोरोना संक्रमित विरामीको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले ड्युटीमा खटिएका डाक्टर र नर्सलाई आक्रमण गरेको विरोधमा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन् । सबै स्वास्थ्यकर्मीले काम छाडेर दोषीमाथि तत्काल कारवाही हुनुपर्ने माग गर्दै अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनका कारण अस्पतालको कोभिड वार्डको उपचार प्रभावित भएको छ । उनीहरुले दोषीलाई तत्काल कारवाही नहुँदासम्म काममा नफर्कने अडान लिएका छन् ।

विरामीको मृत्युपछि उनका कुरुवा र आफन्तले आइसियु कक्षमै प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको भेरी अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मीले शौचालयको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएका छन् । आक्रमणबाट ज्यान जोगाउन डा. चन्द्रप्रकाश साहु, नर्सहरु सदिक्षा गैरे, बन्दना श्रेष्ठ र आश्विन गुरुङले पहिलो तलाबाट हाम फालेर भागेका थिए । उनीहरुले आइसियु कक्षमा तोडफोड समेत गरेका थिए । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका २ जना भाई मान बहादुर रावत र मृतकका छोरालाई प्रहरीले पक्राउ गरेको हो ।

घटनाबारे सत्यतथ्य छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

यता मृतकका आफन्तले भने चिकित्सक र नर्सको लापरबाहीले विरामीको मृत्यु भएको आरोप लगाएका छन् । विरामीका आफन्तले आफूहरुले आक्रमण नगरेको जिकिर गरेका छन् । स्वास्थ्यकर्मीले विरामीको मनोबल गिर्ने गरी व्यवहार गरेको, विरामीलाई फरक व्यवहार गर्ने गरेको, आइसियुमा बोल्दै गरेको विरामीलाई जबर्जस्ती भेन्टिलेटरमा सारेको आरोप विरामीका आफन्तहरुको छ ।


प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर, ४०० जना लाभान्वित
नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर, ४०० जना लाभान्वित
बाँकेमा विश्व क्षयरोग दिवस मनाइयो
बाँकेमा विश्व क्षयरोग दिवस मनाइयो
कोहलपुर नगरपालिकामा छन् १०६ जना क्षयरोगी
कोहलपुर नगरपालिकामा छन् १०६ जना क्षयरोगी
बैजनाथमा निःशुल्क प्राथमिक कान उपचार शिविरः ८१६ जनाको कान चेकजाँच
बैजनाथमा निःशुल्क प्राथमिक कान उपचार शिविरः ८१६ जनाको कान चेकजाँच
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP