नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विज्ञान-प्रबिधि
  • गृहपृष्ठ
  • विज्ञान-प्रबिधि
  • चोरी घटना रोक्न नेपालगन्जमा अब साइरनको प्रयोग हुने
चोरी घटना रोक्न नेपालगन्जमा अब साइरनको प्रयोग हुने
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर १७, २०७६ बागेश्वरी पोस्ट
चोरी घटना रोक्न नेपालगन्जमा अब साइरनको प्रयोग हुने

नेपालगन्ज । बढ्दो चोरी घटनाबाट आक्रान्त भएको बाँके प्रहरीले नेपालगन्जमा ‘चोरको घण्टी’ बजाउने योजना अघि सारेकोछ । चोरी घटना न्यूनिकरणका लागि बाँके प्रहरीले नयाँ योजना अघि सार्दै नेपालगन्जमा ‘चोरको घण्टी’ अर्थात ‘कम्युनिटी साईरन’ जडान गर्नेछ ।

चोरी घटनाबाट आक्रान्त बनेका नेपालगन्जबासीलाई चोरको घण्टीले राहत दिने बाँके प्रहरीले निश्र्कष निकालेको हो । ४०र५० घरलाई समेटेर ठाउँ–ठाउँमा कम्युनिटी साइरन जडान गर्न सकेमा चोरी नियन्त्रण हुने भन्दै प्रहरीले यस्तो योजना अघि सारेको हो । बाँके प्रहरीले नेपालगन्जका २३ वटै वडाका प्रमुखहरुलाई एकै ठाउँमा राखेर यस विषयमा छलफल समेत गरिसकेको छ । कम्युनिट साइरन डिभाइसमा राखिने सिम कार्डसँग सदस्यहरूको मोबाइल वा ल्याण्डलाइन फोन निश्चित ‘कोड नम्बर’ दिएर जोडिन्छ ।

त्यो कोडसँगै सदस्यहरूको नाम, ठेगाना तथा टेलिफोन नम्बर पनि सिस्टममा राखिएको हुन्छ । समस्यामा परेका सदस्यले आफ्नो फोनबाट सो नम्बर डायल गरेपछि टोल र प्रहरीकहाँ राखिएको लाउड स्पीकर सहितको साइरन बज्छ । साइरनसँगै सबै सदस्यको मोबाइलमा बोलाउनेको नाम, फोन नम्बर र ठेगाना सहितको सन्देश पुग्छ । अनि, चोरलाई पक्राउ गर्न सकिन्छ । साइरन बजेपछि टोलभरीकै मान्छे बाटोमा निस्किन्छन् । चोर भाग्न पाउँदैन । यसमा ४० घण्टासम्म धान्ने ‘ब्याकअप व्याट्री’ जडान गरिएकाले लोडसेडिङले समस्या पार्दैन । विकसित मुलुकमा दुई प्रकारका साइरन जडान हुन्छन्– होम र कम्युनिटी साइरन । कम्युनिटी साइरन काठमाडौं उपत्यका, पोखरा, भैरहवा, विराटनगर, वीरगञ्ज लगायत देशभरका एक हजार बढी ठाउँमा जडान गरिएको छ । नेपालगन्जमा पनि कम्युनिटी साइरन जडान गर्ने बित्तिकै सानाठूला चोरी नियन्त्रणमा आउने प्रहरीले विश्वास गरेको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले चोरी नियन्त्रणका लागि कम्युनिटी साइरन जडानबारेमा छलफल चलाइरहेको बताए । उनले भने नुवाकोटका राम–लक्ष्मण दाजुभाईले यसबारेमा सहजीकरण गरेका थिए। नुवाकोटका जुम्ल्याहा दाजुभाइ राम र लक्ष्मण रिमाल ९३०० ले ‘कम्युनिटी साइरन’ आविष्कार गरेका हुन् । कम्युनिटी साइरन राख्दा एक जनालाई दुई हजारसम्मको आर्थिक भार पर्छ । यस्तै बाँके प्रहरीले नेपाली वैज्ञानिक रामलक्ष्मणद्वारा नेपाली परिवेश सुहाउँदो बनाएको ‘ग्लोबल पोजिशनिङ सिस्टम’ जीपीएस सिस्टम जडानको अवधारणा पनि अघि सारेको छ । जीपीएस सिस्टम अर्थात गाडी टूयाकिङ गर्ने बित्तिकै त्यो गाडी कहाँ छ भन्ने पत्ता लाग्छ ।

यसो गर्दा दुर्घटनापछि गाडी नम्बर पत्ता नलाग्ने समस्या समाधान हुने प्रहरी बताँउछ । बाँके प्रहरी प्रवक्ता डीएसपी सिंहले भने–आठ हजारजति खर्च गर्दा गाडीमा ट्रयाकिङ गर्न सकिन्छ । कुनै अभिभावकले आफ्नो छोराछोरी कहाँ जान्छन् भन्ने थाहा पाउन पनि गाडीमा ट्रयाकिङ गर्न सक्छन् । जस्तो, काठमाडौंमा प्रहरीले गुण्डा नाइकेलाई ट्रयाकिङ गरेको थियो । यसो गर्दा ऊ कहाँ जान्छ, कसलाई भेट्छ सबै थाहा हुन्छ । यातायात समितिका पदाधिकारीहरुलाई यसबारेमा छलफल चलाएको बताउँदै बाँके प्रहरी प्रवक्ता डीएसपी सिंहले भने–कम्युनिटी साइरन र गाडीमा ट्रयाकिङ सिस्टम गराउन सकेमा चोरीलगायतका अपराध र दुर्घटनापछि गाडी नम्बर थाहा नपाएर हुने अन्यौलता हट्नेछ ।

डीएसपी सिंहले भने ‘यस विषयमा जनप्रतिनिधि, यातायात व्यवसायीहरु सकारात्मक हुनुहुन्छ । दुवै काम हुन्छ भन्नेमा म विश्वस्त छु । यी दुई काम हुँदा प्रहरीलाई मात्र होइन सर्वसाधरणलाई समेत धेरै राहत हुन्छ ।’सेतोखरीबाट साभार।


प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली बजारमा AI फिचरसहितको प्रिमियम ट्याब्लेट HONOR Pad V9 उपलब्ध
नेपाली बजारमा AI फिचरसहितको प्रिमियम ट्याब्लेट HONOR Pad V9 उपलब्ध
फिटनेस ट्र्याकिङलाई नयाँ उचाइमा लैजाने Huawei WATCH FIT 5 नेपालमा
फिटनेस ट्र्याकिङलाई नयाँ उचाइमा लैजाने Huawei WATCH FIT 5 नेपालमा
नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै
नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै
डिजिटल साक्षरता र नागरिक प्रविधिबारे तीन दिने कार्यशाला शुरु
डिजिटल साक्षरता र नागरिक प्रविधिबारे तीन दिने कार्यशाला शुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP