नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • यसकारण ओली भेट्न गएनन् नेपाल
यसकारण ओली भेट्न गएनन् नेपाल
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर १८, २०७६ बागेश्वरी पोस्ट
यसकारण ओली भेट्न गएनन् नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला अस्पतालमा छन् । एपेन्डिसाईटिसको शल्यक्रियापछि अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री ओली अब डिस्चार्ज गर्ने तयारीमा जुटेका छन् । अस्पतालमा उपचार गराईरहेका ओलीलाई भेट्न पार्टीका नेता तथा कार्यकर्ताहरुको अस्पतालमा ओइरो लागेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमेत प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्न अस्पतालमै पुगेकी थिईन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालले त दुई पटक भेटे । दाहालले प्रधानमन्त्रीको स्वास्थ्यबारे देशबासीलाई जानकारी समेत गराएका थिए । अरु थुप्रै नेता तथा कार्यकर्ता प्रधानमन्त्री ओली भेट्न अस्पताल पुगेको अवस्थामा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल भने अहिलेसम्म भेट्न पुगेनन् ।

यद्धपी नेता नेपालले पनि ओलीलाई भेटेरै स्वास्थ्यलाभको कामना गर्न चाहेका थिए । तर, ओलीले कतै आफूलाई पहिलेझैं तुच्छ वचन लगाउने हुन किन भन्ने उनलाई भय छ । स्रोतकाअनुसार नेता नेपालले ओलीलाई भेट्न जान चाहेपनि कतै ओलीले आफूलाई केही वचन लगाउने त होईनन् ? भन्ने गुनासो पोख्ने गरेका छन् ।

गत भदौ ५ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र नेता नेपालबीच बैठकमै चर्काचर्की र भनाभन भएको थियो । उक्त बैठकमा नेता नेपालले ओलीलाई स्वास्थ्यलाभको कामना गरेका थिए । तर, ओलीले आफूलाई स्वास्थ्यलाभको कामनाको जरुरत नभएको भन्दै कडा जवाफ दिएका थिए ।

त्यसयता यी दुई नेताबीच खासै राम्रो सम्बन्ध छैन् । भदौ ५ गतेको सचिवालय बैठकमा नेता नेपाललाई ओलीले वचन लगाएपछि बैठकमा उपस्थित् अरु सदस्यहरुले प्रधानमन्त्री ओलीलाई नै गाली गरेका थिए । स्वास्थ्यलाभको कामना गर्दापनि नलिनु राम्रो नभएको उनीहरुको भनाई थियो ।

ओली सिंगापुरमा उपचार गराई फर्किएको दुई साता बित्दापनि ओली र नेता नेपालबीच कुराकानी भएको थिएन् । तर, प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पूनर्गठन गर्नुभन्दा अघि नेता नेपालसँग लन्च खाँदै चार घण्टा लामो वार्ता गरेका थिए । दुई नेताबीच लामो समयको मन माझामाझपछि सम्बन्ध सुध्रिएको आँकलन गरिएको थियो । तर, अहिलेसम्म उनीहरुबीच सम्बन्ध नसुध्रिएको पुष्टि भएको छ ।

प्रधानमन्त्री ओली सिकिस्त भएर अस्पताल भर्ना हुँदापनि नेता नेपाल उनलाई भेट्न नजानुको कारणपनि उनीहरुबीचको सम्बन्ध सुमधुर नभएको प्रमाण हो । आखिर ओलीलाई भेट्न नेता नेपाल किन गएनन् त ? नेकपा एक नेताले हामीसँगको कुराकानीमा भने,‘नेता नेपालज्यू प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्न जान चाहनुभएको थियो, तर पहिलेजस्तै तितो वचन बोल्नुहुने हो कि भन्ने डर छ ।’

नेता नेपालमात्रै नभएर अर्का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालपनि प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्न अस्पताल गएनन् ।


प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  १७:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP