prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, कात्तिक १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पूर्वप्रधानमन्त्रीद्वय देउवा र नेपालबीच समसामयीक विषयमा छलफल
पूर्वप्रधानमन्त्रीद्वय देउवा र नेपालबीच समसामयीक विषयमा छलफल
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर २०, २०७६ बागेश्वरी पोस्ट
पूर्वप्रधानमन्त्रीद्वय देउवा र नेपालबीच समसामयीक विषयमा छलफल

काठमाडौं । शुक्रवार बिहान विमानस्थलमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह र युवानेता प्रदीप पौडेलबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको विशिष्ठ कक्षमा जम्काभेट भयो ।

पार्टी कामको सिलसिलामा नेता नेपाल सिमरा, सभापति देउवा र केन्द्रीय सदस्य पौडेल नवलपरासी, सिंह विराटनगर जाँदै थिए । वेटिङमा रहँदा पूर्वप्रधानमन्त्रीद्वय देउवा र नेपालबीच समसामयीक विषयमा छलफल भयो ।

स्रोतका अनुसार दुई नेताबीच नेपाल-भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत सीमाविवाद समाधानका विषयमा छलफल भएको थियो । नेता नेपाललाई सरकारले विशेष दूत बनाएर दिल्ली पठाउने तयारी गरेको छ ।
 
'उहाँहरूबीच सीमाविवादका विषयमा छलफल भयो,' स्रोतले भन्यो ।

छलफलमा नेता नेपालले देउवाको प्रशंसा गरेका थिए । 'सीमा विवाद हल गर्नेसम्बन्धी तपाईंको अडान सह्रानीय छ,' नेता नेपालको भनाइ उदृत गर्दै स्रोतले भन्यो, 'तपाईं प्रधानमन्त्री हुँदा पनि यसविषयमा अडान लिनुभएको थियो, अहिले प्रतिपक्षी दलको नेता हुँदा पनि अडान लिइरहनु भएको छ ।'

जवाफमा देउवाले भने, 'मैले सीमाविवाद हल गर्नका लागि केके काम गरें भन्ने त डकुमेन्ट नै छ नि !'

सभापति देउवाले सरकारको विशेष दूत बनेर नेता नेपाल भारत जाने सन्दर्भमा केही जिज्ञासा राखेका थिए । नेता नेपालले यो राष्ट्रिय दायित्वको विषय भएकाले यसलाई पूरा गर्न आफू लागिपर्ने बताए ।  

विराटनगर हिंडेका नेता सिंह पौने ८ मा विमानस्थल पुगेका थिए भने त्यसको ५-७ मिनेटमा नेता नेपाल पुगेका थिए । त्यसको केही मिनेटमा देउवा पुगे भने देउवा पुगेको १५ मिनेटपछि पौडेल पुगेका थिए ।

नेताद्वयबीच भएको कुराकानी सिंह र पौडेलले पनि चाख दिएर सुनिरहे ।

यसअघि बिहीवार मात्र सभापति देउवालाई भेट्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' देउवानिवास बुढानिलकण्ठ पुगेका थिए । उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रम, संक्रमणकालीन न्याय र सीमा विवाद समाधानका बारेमा छलफल भएको थियो ।


प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६  १२:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP