Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • कर्णेल घलेले उपराष्ट्रपतिका एडिसीलाई फोन गरेपछी प्रदाफाश भयो ठुलो रहस्य
कर्णेल घलेले उपराष्ट्रपतिका एडिसीलाई फोन गरेपछी प्रदाफाश भयो ठुलो रहस्य
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन २९, २०७८ बागेश्वरी पोस्ट
कर्णेल घलेले उपराष्ट्रपतिका एडिसीलाई फोन गरेपछी प्रदाफाश भयो ठुलो रहस्य

नेपालगन्ज । डोटी केआइसिंह गाउँपालिका ७ का २६ वर्षीय केशवराज भट्ट  आफूलाई उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत भनी परिचय दिने गरेका थिए। शाखा अधिकृतकै लोकसेवा तयारी गरिरहेकी एक युवतीलाई विवाह गर्ने बहानामा ‘लिभिङ टुगेदर’मा राखेका थिए। 
उनका दुई छोराछोरी र श्रीमती रहेपनि  लिभिङ टुगेदर’मा बस्थे।

उनी ढाका टोपी र शरीरमा चिटिक्क सरकारी जागिरेको पोशाक लगाएर हिँड्थे। ती युवतीलाई उनको स्कुटरमा दिनहुँ उपराष्ट्रपतिको कार्यालयको गेटसम्म पुर्‍याउन लगाउँथे। 'यतिसम्म गर्दा उनी सरकारी जागिरे हो भनेर युवतीले पनि पत्याइछन्, लिभिङ टुगेदरमा बसिछन्,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पंगेनी भन्छन्। ती युवतीसँग भट्टको एक वर्षअगाडि फेसबुकमार्फत सम्पर्क भएको थियो। कुराकानी गर्ने सिलसिलामा भट्टले प्रभावमा पारेर ‘लिभिङ टुगेदर’मै राख्न सकेको देखिएको पंगेनी बताउँछन्। 

साउन २६ गते भट्टलाई प्रहरीले पक्राउ गरेपछि ती युवती छाँगाबाट खसेजस्तै भइन्।

‘मेरो त जिन्दगी नै बर्बाद भयो, मैले यो कुरा कसरी आफ्नो घरपरिवारसँग बताउने?,’ ती युवती अनुसन्धान कार्यालयमा आउँदा रोइकराइ गर्दै भनेकी थिइन्। भट्ट कीर्तिपुर बस्थे। उनलाई प्रहरीले कलंकी स्युचाटारबाट पक्राउ गरेको थियो। उपराष्ट्रपति कार्यालयमा काम गर्ने भनी सरकारी पोशाकमै हिँड्दा भट्टलाई ती युवती मात्र होइन, सशस्त्र प्रहरीकी जवानले पनि पत्याएकी रहिछन्।ती जवानलाई पनि विवाह गर्छु भनेर भट्टले ३० हजार रूपैयाँ लिइसकेका रहेछन्। 

‘शाखा अधिकृतको भेषमा कहाँ को सँग कति पैसा लिएर ठगेका छन् भन्ने कुराको लेखाजोखा छैन,’ प्रहरी उपरीक्षक पंगेनी भन्छन्, ‘अहिले प्रारम्भमा केही सूचनाहरू आएका छन्, यी व्यक्तिलाई चिन्ने र ठगी गरेको रहेछ भने कार्यालयमा आएर जाहेरी दिन भनेका छौं।’

काठमाडौं उपत्यकामा ठगी गर्ने अनेक ‘आइडिया’ बुनी हिँड्ने मानिसहरू सक्रिय छन्। 

डिएसपी हुँ भन्दै ठगी गर्दै हिँडेको आरोपमा प्रहरीले केही दिनअघि चाँगुनारायण ४ का ३५ वर्षीय सीताराम गुरुङलाई पक्राउ गरेको थियो। भट्ट त्यस्तै ठगी गर्दै हिँड्ने पात्रमध्ये एक रहेको अपराध अनुसन्धान कार्यालयको भनाइ छ। 

छाउनीस्थित नेपाली सेनाको अस्पतालमा एक महिनाअगाडि मिटिङ चलिरहेको थियो। 

कोभिड संकट व्यवस्थापनबारेको मिटिङ चलिरहेका बेला सरकारी पोशाकमा भट्ट अचानक पुगे। सिलसिला ठगीकै थियो। 

आर्मीका कर्णेल र नेपाल प्रहरीका उपरीक्षक समेत रहेको ठाउँमा उनले शिष्टाचार गरे। उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत भनेर परिचय दिए। 

त्यसक्रममै उनले कर्णेल सुनिल घलेसँग फोटो खिचाउन पनि भ्याइहाले। एक छिनपछि त भट्ट आर्थिक कारोबारसम्म पुगिहाले। पंगेनीका अनुसार उनले कर्णेलसँग एक लाख रूपैयाँ मागे। 

आफ्ना पिता चितवनमा दुर्घटनामा परेर घाइते भएको भट्टले सुनाए। एयर एम्बुलेन्सबाट दिल्ली लैजानुपर्ने अवस्था आएको बताए।आफूले पन्ध्र जाख जोहो गरिसकेको एक लाख नपुगेको भनी कर्णेलसँग पैसाको प्रस्ताव राखेका थिए।

छिनमै चिनजान भएको व्यक्तिले पैसाको प्रस्ताव राखेपछि कर्णेल घले शंकालु बने। उनले तुरुन्तै उपराष्ट्रपतिका एडिसीलाई फोन लगाए। आफूसँग खिचेको फोटोसमेत संलग्न राखेर उनले यी व्यक्ति त्यहाँ कार्यरत् हुन् होइनन् पहिचान गर्न अनुरोध गरे। 

‘एडिसीले यी व्यक्ति यहाँ कार्यरत् व्यक्ति होइनन् भनेर जवाफ फर्काएपछि घलेले भट्टलाई बहाना बनाएर पठाइदिनुभएछ,’ अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङ भन्छन्, ‘त्यसपछि हामीकहाँ गुनासो आयो, हामीले खोजी गर्ने क्रममा भट्टलाई पक्राउ गर्दा त उनी सरकारी पोशाक लगाएर ठग्दै हिँड्ने व्यक्ति पो रहेछन्।’

भट्ट आफूलाई डिग्री पढेको बताउने गरेका छन्। उनी यसअघि २०७५ सालमा एक पटक जेल परेर छुटेको पत्ता लागेको छ। 

साइबर अपराध र ठगी मुद्दामा अनुसन्धान कार्यालयले नै त्यसबेला पक्राउ गरेका भट्ट एक वर्ष कैद र ३० हजार जरिवाना सजाय भुक्तान गरेर छुटेका थिए। छुटेलगत्तै उनी छालछामको पेशामा फर्केको देखिएको खापुङले बताए।

उनी दुई वटा नामले चिनिन्थे- केशवराज र किशोर भट्ट। प्रहरीले केशवराज भट्टको नाममा जारी भएको प्रभु बैंकको एटिएम र किशोर नामको त्रिचन्द्र कलेजकझ विद्यार्थी परिचय पत्र बरामद गरको छ। 

एसएसपी खापुङका अनुसार पछिल्लो समय कोरोनाको संकटका कारण कतिपय मानिसहरू बेरोजगार भएका छन्।  बेरोजगारीले सिर्जित यस्ता अपराध काठमाडौंमा धेरै छन्। 

पहिले भर्चुअल, फेसबुकलगायत सामाजिक सञ्जालमा जोडिने, चिनजान गरेर सम्पर्क बढाउने र ठगी गर्ने प्रवृत्ति मौलाएको खापुङ बताउँछन्।

‘त्यसैले अपरिचित व्यक्ति, सामाजिक सञ्जाल वा भर्चुअल माध्यमबाट जोडिएर नजिक भई ठगी गर्न सक्छन्, यस्तो भन्दै हिँड्ने विभिन्न भेषधारी मानिसहरूबारे तत्कालै धारणा बनाइहाल्दा मानिसहरू फस्न सक्छन्,’ खापुङले भने, ‘यस्तो बेला होसियारी अपनाउने वा प्रहरीसँग सम्पर्क गरे जोखिम न्यूनीकरण हुन सक्छ।’ 

यी व्यक्तिले लोकसेवाको तयारी गरिरहेकी ती युवतीको सपना खल्बल्याइदिएको खापुङ बताउँछन्। ‘भट्टलाई जबरजस्ती करणीको मुद्दा पनि अगाडि बढाउन सकिन्छ, उनले झुक्यानमा पारेर एउटी युवतीको जिन्दगीमा खेलवाड गरेका छन्,’ खापुङले भने। सेतोपाटीबाट।


प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १२:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP