नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कर्णालीका माथिल्ला जिल्लामा चामल अभाव
कर्णालीका माथिल्ला जिल्लामा चामल अभाव
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज ७, २०७८ बागेश्वरी पोस्ट
कर्णालीका माथिल्ला जिल्लामा चामल अभाव

नेपालगन्ज।   प्रतिकिलो चामलमा  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले  ५ रुपैयाँ  छुट दिने निर्णय गरे पनि चामलको कर्णालीमा  अभाव भएको छ। 

कम्पनीको गोदाममा चामल नै नहुँदा दैनिक चामल लिनका लागि आएका सर्वसाधारण रित्तो हात फर्कन बाध्य भएको कार्यालय प्रमुख कमलराज पाण्डेले जानकारी दिए। “रेडियो, टिभीबाट प्रतिकिलो ५ रुपैयाँ  छुट भन्ने थाहा पाएका सर्वसाधारण चामल लिनका लागि आउने गर्छन् , हामीसँग चामल नै छैन के दिनु?”, उनले भने।

सरकारले देशका सुविधासम्पन्न ठाउँमा सुपथ मूल्य पसल स्थापना गरेर सेवा प्रवाह गरे पनि डोल्पालगायत जाजरकोटका सर्वसाधारणलाई त्यो सुपथ मूल्य पसलले छुन सकेको छैन। जहाँ सुविधासम्पन्न ठाउँ छन् त्यही नै सुपथ मूल्य पसल छन्। दुर्गमका जनताका लागि केही पनि सेवा नभएको डोल्पा ठुलीभेरी नगरपालिका ३ डिलाराम थापाले बताए। उनले भने, “जहाँ सुगम छ, त्यही सरकार छ, हाम्रामा जति पैसा तिरेर खाद्यान्न खरिद गर्छौँ भन्दा पनि चामल पाइँदैन के गर्नु ?, वर्षामा भत्किएका सडकसमेत सञ्चालन भएका छैनन्।”

डोल्पाका गाउँमा अहिले खाद्यान्न अभाव हुन थालेको छ। पुरानो अन्न सकिएको र नयाँ अन्न पाकिनसकेकाले खाद्यान्न सङ्कट भएको हो। दुनैमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयले समस्या परेको समयमा मात्र उपलब्ध गराउने भन्दै थोरै चामल सुरक्षित गरी राखेको छ। गाउँका सबै डिपो रित्तो अवस्थामा छन्। 

गत आर्थिक वर्षमा जिल्लाका लागि १८ हजार क्विन्टल चामल विनियोजन भई बिक्री भइसकेको लिमिटेडले जनाएको छ। दुनै शाखामा २५० क्विन्टल र जुफाल गोदाममा २०९ क्विन्टल चामल मात्र मौज्दात रहेको छ। यो चामल ग्रामीण बस्तीका आर्थिक विपन्न गरिब परिवारमा मृत्यु, बाढीपहिरालगायतका आपत्कालीन अवस्थामा वितरणका लागि राखिएको लिमिटेडका प्रमुख पाण्डेले जानकारी दिए।

नेपाल सरकारले गएको वर्ष माथिल्लो डोल्पाका लागि एक हजार ५०० क्विन्टल, तल्लो डोल्पाका सर्मि डिपोका लागि ३०० क्विन्टल, काइगाउँ डिपोका लागि एक हजार क्विन्टल, दुनै शाखाका लागि नौ हजार क्विन्टल र जुफाल गोदामका लागि चार हजार ५०० क्विन्टल गरेर १८ हजार क्विन्टल चामल विनियोजन गरेको थियो। यो सबै चामल सकिएकाले अहिले समस्या हुँदै आएको छ।

आर्थिक वर्ष २०७/ ७९ को लागि जिल्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्ज र सुर्खेतबाट डोल्पा ढुवानी गर्न बोलपत्र आह्वानको काम सुरु भएको छ। सो ठेक्का कहिले स्वीकृत हुन्छ र डोल्पामा खाद्यान्न पुग्छ भन्ने कुरा यकिन नभएको कार्यालयले जनाएको छ। रासस।


प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  ११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP