prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, कात्तिक १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सांसदमा निर्वाचित विद्यालाई संसद पस्न अवरोधक बन्यो धारा ८८
सांसदमा निर्वाचित विद्यालाई संसद पस्न अवरोधक बन्यो धारा ८८
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर २५, २०७६ बागेश्वरी पोस्ट
सांसदमा निर्वाचित विद्यालाई संसद पस्न अवरोधक बन्यो धारा ८८

काठमाडौं । गत उपनिर्वाचनबाट नेकपाकी नेतृ विद्या भण्डारी कास्की-२ बाट प्रतिनिधिसभाको सदस्यको पदमा निर्वाचित भइन् । सांसदमा निर्वाचित भए पनि भट्टराईले सदन सुरु हुनासाथ सांसदको रुपमा सदन प्रवेश गर्ने बाटो रोकिएको छ । कारण हो सभामुखको कुर्सी खाली हुनु ।

नेपालको संविधानको धारा ८८ मा लेखिएको छ, ‘संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानून बमोजिम सपथ शपथ लिनुपर्ने छ ।’ यही धाराको कारण भट्टराईलाई सांसदमा निर्वाचित भए पनि सदन प्रवेशमा अप्ठेरो परेको हो ।

अनौपचारिकरुपमा भट्टराईले सांसदको अधिकार प्रयोग गर्न पाए पनि संसदीय समितिहरुको बैठकमा औपचारिकरुपमा भाग लिन विशेष अप्‍ठेरो छ । किनकी नेपालको संविधानमा संघीय संसदका सदस्यले सदनमा त्यससम्बन्धी कुनै पनि समितिको औपचारिक बैठकमा भाग लिन सपथग्रहण अनिवार्य हुनुपर्ने उल्लेख गरिएको छ ।

उता आफ्नै कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा जेल सजायँ भोग्न परेपछि कृष्णबहादुर महराले निभाउँदै आएको सभामुखको कुर्सी खाली छ । संसदका सदस्यलाई सभामुखले सपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ । यसर्थ, सांसद भट्टराईको पद तथा गोपनियताको सपथ ग्रहण सभामुखको टुंगो नलागेसम्म अनिश्चित भएको छ ।

सभामुख पदका लागि सत्तारुढ नेकपाभित्र धेरै नेताहरुले रुचि देखाएका छन् । यसअघि पूर्वमाओवादीको भागमा उक्त पद रहेकोले पूर्वमाओवादीका नेताहरुले विशेष दावी गरिरहेका छन् ।

राष्ट्रपतिले पुस ४ गतेका लागि संघीय संसदका दुवै सदनको हिउँदे अधिवेशन बोलाएपछि सभामुखका लागि रुचि देखाउनेहरुले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । यसबारे नेकपाका अध्यक्षद्वयले पनि अनौपचारिकरुपमा छलफल सुरु गरेको बुझिएको छ ।


प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६  १९:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP