नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विज्ञान-प्रबिधि
  • गृहपृष्ठ
  • विज्ञान-प्रबिधि
  • नेपालगञ्ज उपमहानगरमा करिब २१ हजार निरक्षर
नेपालगञ्ज उपमहानगरमा करिब २१ हजार निरक्षर
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर २६, २०७६ बागेश्वरी पोस्ट
नेपालगञ्ज उपमहानगरमा करिब २१ हजार निरक्षर

नेपालगञ्ज। बाँकेका जिल्लाका चारवटा पालिका साक्षर घोषणा भइसक्दा  नेपालगञ्ज उपमहानगरपालिकामा भने अझैपनि करिब २१ हजार व्यक्ति निरक्षर छन् । जनप्रतिनिधी र कर्मचारीको बेवास्थाका कारण जिल्लाको सदरमुकाममा रहेको उपमहानगरमा अक्षर नचिन्नेको संख्या घट्न नसकेको हो ।

यसले एकातिर उपमहानगरको गरिमालाई घटाएको छ भने अर्कोतिर उपमहानगरले नै लिखित सूचनाका आधारमा दिने गरेको जानकारीहरु निरक्षर व्यक्ति सामु पुग्न सकेको छैन् । बाँकेको कोहलपुर नगरपालिका, जानकी, खजुरा र राप्तीसोनारी गाउँपालिका साक्षर घोषणा भइसकेका छन् । नेपालगञ्ज उपमहानगरपालिका सहित बैजनाथ, डुडुवा, नरैनापुर गाउँपालिका साक्षर घोषणा हुन सकेका छैनन् । प्रदेश ५ का चार उपमहानगर बुटवल, घोराही, तुल्सीपर साक्षर भएको अवस्थामा साक्षर घोषणा नहुने उपमहानगरमा नेपालगञ्ज एक्लो हो । उपमहानगरभित्र २१ हजारले अक्षर चिन्न नसक्ने अवस्थाले नेपालगञ्ज उपमहानगरलाई गिज्याइरहेको छ ।

जनतालाई अक्षर चिनाउने काममा जिल्लाकै गाउँपालिकाले समेत उछिनेको अवस्थामा नेपालगञ्ज उपमहानरले भने बल्ल त्यसको तयारी शुरु गरेको छ । आगामी पुस १५ गतेदेखि नगरमा साक्षरता अभियान शुरु गर्न लागिएका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा बताउँछन् । शिक्षा प्रमुख थापाका अनुसार साक्षरता अभियान शुरु गर्नु अघि गत साउन महिनामा घरधुरी सर्वेक्षण गरिएको थियो । उक्त सर्वेक्षण अनुसार, उपमहानगरमा २० हजार ९ सय ४० जना निरक्षर छन् । उनीहरुलाई आगामी पुस महिनाबाट साक्षर बनाउने अभियान शुरु हुँदै छ । कुन बिधिबाट साक्षरता अभियान सन्चालन गर्ने भन्ने बिषयमा वडा कार्यालयहरु आन्तरिक छलफलमा रहेको थापाले बताए । उनले घरधुरी सर्वेक्षण ढिलो भए पनि अभियान शुरु गर्न ढिलाई नभएको बताए ।

उनीहरुले साक्षरता कक्षा सन्चालन गर्ने बिधि चयन गरेपछि उपमहानगरपालिकाले पुस १५ गतेबाट संयुक्तरुपमा अभियान शुरु गर्ने छन् । यसका लागि रु १५ लाख बजेट बिनियोजन गरिएको छ । शिक्षा शाखा प्रमुख थापाका अनुसार उपमहानगरका २३ वटा वडा मध्ये अधिकाँश वडामा निश्चित मापदण्ड भन्दा बढि निरक्षरहरु रहेका छन् । साविक नेपालगञ्ज नगरपालिकाका वडामा भन्दा पछि थप भएका वडामा निरक्षरहरुको संख्या अधिक रहेको छ । कुनै पनि क्षेलार्य साक्षर घोषणाका लागि ९५ प्रतिशत साक्षर भएको हुनुपर्ने यूनेस्कोको मापदण्ड छ । शिक्षा शाखा प्रमुख थापाले नगर क्षेत्रभित्र निरक्षरहरुको संख्या बढि भएपछि अभियान संचालन गरि साक्षर बनाउन सकिने बताए ।

साक्षर बनाउनका लागि छिट्टै साक्षरता कक्षा पनि संचालन हुने भएको छ। चैतभित्र निरक्षरलाई साक्षर बनाई बैशाखमा साक्षर नेपालगञ्ज घोषणा गर्ने तयारी गरिएको छ । साक्षरता कार्यक्रम संचालनका लागि वडा कार्यालयलाई जिम्मेवार बनाइने तयारी उपमहानगरपालिकाको रहेको छ। उपमहानगरपालिकाले घरधुरी सर्भेक्षण गरि निरक्षरहरुको संख्या पहिचान गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिका १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदीले साक्षरता कार्यक्रमको सफलताका लागि वडा कार्यालय अझ जिम्मेवार भएर लागेको बताए । समुदाय बिशेषमा नपढ्ने प्रबृत्ती नेपालगञ्जलाई साक्षर बनाउने प्रमुख चुनौती रहेको थापा बताउँछन् । बुटवल टुडेबाट ।


प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १६:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली बजारमा AI फिचरसहितको प्रिमियम ट्याब्लेट HONOR Pad V9 उपलब्ध
नेपाली बजारमा AI फिचरसहितको प्रिमियम ट्याब्लेट HONOR Pad V9 उपलब्ध
फिटनेस ट्र्याकिङलाई नयाँ उचाइमा लैजाने Huawei WATCH FIT 5 नेपालमा
फिटनेस ट्र्याकिङलाई नयाँ उचाइमा लैजाने Huawei WATCH FIT 5 नेपालमा
नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै
नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै
डिजिटल साक्षरता र नागरिक प्रविधिबारे तीन दिने कार्यशाला शुरु
डिजिटल साक्षरता र नागरिक प्रविधिबारे तीन दिने कार्यशाला शुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP