Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • कैलालीका २५ वर्षीय युवा अरुणको हत्या गर्ने अपराधीको गोप्य अडियो बाहिरीयो
कैलालीका २५ वर्षीय युवा अरुणको हत्या गर्ने अपराधीको गोप्य अडियो बाहिरीयो
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस ४, २०७८ बागेश्वरी पोस्ट
कैलालीका २५ वर्षीय युवा अरुणको हत्या गर्ने अपराधीको गोप्य अडियो बाहिरीयो

नेपालगन्ज । कैलालीमा फेरि एक जनाको अर्को विभत्स हत्या भएको छ । टीकापुरका २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या प्रकरण सेलाउन नपाउँदै अर्को विभत्स हत्या भएको छ । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको घाँटी रेटेर टाउको छिनालेको अवस्थामा शव फेला परेको हो ।

अमरावती सामुदायिक वनमा नग्न अवस्थामा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा दासको शव शनिबार फेला परेको थियो । हत्यामा संलग्न कोही पनि पक्राउ परेका छैनन् । तर, हत्यामा संलग्न रहेको भन्दै एकजनाले आफ्नो साथीसँग गरेको टेलिफोन संवाद सार्वजनिक भएको छ । जहाँ मनोज नामका एकजनाले फोन गरेका छन् । उनले आफूहरुले नै हत्या गरेको बताएका छन् । उनले हत्यापछि आफूहरु भारत बैंङलुरु जान लागेको र रुपइडिहा बोर्डर पुगेको बताएका छन् ।

प्रहरी अधिकारीहरुद्वारा  फोन रेकर्डमा मनोजले आफूहरुले नै हत्या गरेको र सबैजना भारत जान लागेको बताएका छन् । सो अडियोमा ‘बक्स’को कुरा गरिएको छ । प्रहरी अधिकारीहरुका अनुसार बक्स भनेको लागुऔषध हुन सक्छ । सो समूह र मृतकको कनेक्सन लागुऔषधसँग भएको हुन सक्ने र मृतकले लागुऔषध लुकाएको आरोपमा हत्या गरेको हुनसक्ने प्रहरी दाबी छ ।

मनोज नामका व्यक्तिले आफूनिकटकालाई गरेको फोनको अडियो रेकर्ड लिक भएपछि प्रहरीलाई समेत अनुसन्धानमा सहजता भएको हो । प्रहरी अधिकारीहरुले अडियोका आधारमा अपराधीको पहिचान गरिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीका अनुसार दास साथीसँग जाने भन्दै घरबाट निस्किएका थिए । दास भारत आउजाउ गर्ने गरेको खुलेको छ । घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीको टोली सक्रिय बनेको छ। १२ खरीबाट


प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १२:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP