नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • प्रहरीले चन्द्रे कामीलाई हुम्लामै फेला पार्यो
प्रहरीले चन्द्रे कामीलाई हुम्लामै फेला पार्यो
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस ७, २०७८ बागेश्वरी पोस्ट
प्रहरीले चन्द्रे कामीलाई हुम्लामै फेला पार्यो

नेपालगन्ज । अन्तरजातीय विवाह गरेका कारण बेपत्ता भएका एक युवक चन्द्रे कामीलाई हुम्लामै एक हप्तापछि आज प्रहरीले फेला पारेको छ । चन्द्रे कामीले मल्ल थरकी युवतीलाई विवाह गरेकाले ती युवतीका माइती पक्षद्वारा निर्घात रुपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारिएको थियो ।

घटनाका सम्बन्धमा सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना माताहतका प्रहरी चौकीलाई खोजी कार्य तीव्र पार्न निर्देशन दिएको थियो । खोजी कार्यलाई तीव्र पारेपछि खार्पुनाथ प्रहरी चौकीले आज बिहान बेपत्ता पारिएका ती युवकलाई भेटाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका निरीक्षक दानसिंह भण्डारीले बताए । 

बाटोमा हिँड्दै गरेको क्रममा खार्पु प्रहरी चौकीका सुरक्षाकर्मीले भेटाएको निरीक्षक भण्डारीले बताए । बेपत्ता पारिएका युवक अहिले प्रहरीको सम्पर्कमा रहेका छन् । सर्केगाड गाउँपालिका–१ को जैर गाउँका १९ वर्षीय चन्द्रे कामीले मुगु जिल्ला सोरु गाउँपालिका–४ को लिप्रु गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग अन्तरजातीय विवाह गरेकै कारण युवती पक्षका माइतीले युवक पक्षीय कामीलाई निर्घात कुटपिट गर्नुका साथै कामीलाई बेपत्ता पारेका थिए । 

युवायुवतीको मन मिलेर गत मङ्सिर ५ गते मल्लको घरबाटै भागी विवाह गरेका हुन् । माइती पक्षले तल्लो जातकोसँग विवाह गरेको झोकमा युवती पक्षका करिब २० जना सम्मको समूहले गत मङ्सिर २९ गते रातिको समयमा जैरका गाउँका अन्य छिमेकीका घरमा ताला लगाई चन्द्रेको घरको ढोका, झ्याल र छतको दाँती फाल्दै घरपरिवारलाई निर्घात रुपमा कुटपिट गरेका थिए । 

घटनाका विषयमा प्रहरीलाई जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी नायब उपरीक्षक हेरम्ब शर्मा आफैं घटनास्थलमा पुगेर कामीको खोजी कार्यमा संलग्न रहेका थिए । बेपता पारिएका युवक प्रहरीको सम्पर्कमा आएपछि युवक कामी र युवती मल्लपक्षसँग बुझेर आवश्यक अनुसुन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरीले माइतीपक्षका बुबा र युवतीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइसकेको छ ।

 

 

 

 

 

 

 

 

 

 


प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  १३:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP