नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, कात्तिक १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बालविवाह अन्त्य गर्न छोरीलाई भत्ता
बालविवाह अन्त्य गर्न छोरीलाई भत्ता
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस ४, २०७६ बागेश्वरी पोस्ट
बालविवाह अन्त्य गर्न छोरीलाई भत्ता

हुम्ला । हिमाली जिल्ला हुम्लाका उच्च क्षेत्रमा बसोबास गर्दै आएका लामा समुदायका युवतीले पछिल्लो समय विद्यालयको पढाइ छोड्नेको क्रम बढ्दै गएको छ ।

जिल्लाको सिमकोट गाउँपालिका–१ दोजाम, वडा तीन लिमाटाङ, बरगाउँ, तोर्पा, हुटिक, गुम्पोत, लाङ्दु, वडा नं ४ को बुराउसे र उत्तरी नाम्खा गाउँपालिकामा पूरै लामा समुदाय बसोबास गर्दछन् ।

ती समुदायका युवायुवतीले पढाइमा भन्दा व्यापार व्यवसायमा बढी चासो दिने भएकाले वीचमा नै पढाइ छाड्ने क्रम बढेको हो । लामा समुदायमा पढाइको महत्व कमै देखिने गरेको छ । पाँचदेखि सात, आठ कक्षासम्म पढाइ गर्ने त्यसपछि सानै उमेरमा विवाह गर्नेको सङ्ख्या बढी रहेको छ । ‘पढेर के हुन्छ सम्पति कमाउनु पर्छ, धनी हुनुपर्छ’ भन्ने पुरानो सोचाइले पनि अध्ययनमा चासो नदिएको बताइन्छ ।

सिमकोट गाउँपालिका–३ का च्याबुटी लामाले विवाह भन्ने के हो भनेर थाहा नपाउँदै १३ वर्षमा मागी विवाह गरेको बताए । उनले भने ‘एक छोरा, एक छोरी रहेको छन् । सानै उमेरमा आमा बन्नुपरेकाले आफ्नो बालपन कसरी बित्यो थाहा छैन ।’ लामा समुदायमा मागी विवाह गर्ने चलन कायम रहेको छ ।

‘छोरी मान्छेलाई पढ्न पठायो भने आफ्नो जात छोडछन् ,समाजमा नराम्रो हुन्छ’ भन्ने पुरानो सोचले आफूहरु पढ्नबाट वञ्चित भएको लामाले गुनासो गरे । आफ्नो रीतिरिवाजलाई बचाउन र संस्कार छोड्न नसक्दा लामा समुदायमा बढी बालविवाह हुने गरेको बताइएको छ ।

महिला कल्याण सेवाका कार्यकारी निर्देशक लक्ष्मी लामा ‘लामा समुदायमा शिक्षाको धेरै आवश्यकता रहेको छ । शिक्षा विना महिला हिंसा, बालविवाह, बहुविवाह, लैङ्गिक हिंसा कम हुन सक्दैन ।’

लामा समुदायका महिलाको शिक्षामा पहुँच बढाउनका लागि दाइजो र काम सिकाउने होइन शिक्षामा जोड दिनुपर्ने उनले सुझाव दिन्छन् । सिमकोट गाउँपालिका उपाध्यक्ष वली रावतले बालविवाह अन्त्यका लागि छोरीलाई मासिक  ५०० भत्ता दिने कार्य प्रभावकारी हुने बताए । हुम्लासहित कर्णालीका दशवटै जिल्लामा बालविवाह न्यूनीकरण गर्नका लागि प्रदेश सरकारले मासिक  ५०० प्रदान गर्ने निर्णय गरेको छ ।


प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६  १९:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारीमा दुई कार ठोक्किँदा १ जनाको मृत्यु, ६ जना घाइते
राप्तीसोनारीमा दुई कार ठोक्किँदा १ जनाको मृत्यु, ६ जना घाइते
लोककल्याणकारी विज्ञापन व्यवस्थित र पारदर्शी बनाउन कानुन निर्माण हुँदैछः सांसद थारु
लोककल्याणकारी विज्ञापन व्यवस्थित र पारदर्शी बनाउन कानुन निर्माण हुँदैछः सांसद थारु
बडादशैंको पहिलो दिन आज घटस्थापना
बडादशैंको पहिलो दिन आज घटस्थापना
कोहलपुर घटनामा पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
कोहलपुर घटनामा पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP