prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, कात्तिक १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राजपाले सरकारमा गएर आत्महत्या गर्दैन भन्ने विश्वास छः उपेन्द्र यादव
राजपाले सरकारमा गएर आत्महत्या गर्दैन भन्ने विश्वास छः उपेन्द्र यादव
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस ९, २०७६ बागेश्वरी पोस्ट
राजपाले सरकारमा गएर आत्महत्या गर्दैन भन्ने विश्वास छः उपेन्द्र यादव

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी सरकारमा गएर आत्महत्या गर्छ भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले उक्त कुरा बताएका हुन् ।

‘प्रधानमन्त्रीले संविधान संशोधन हुन्न भनेर स्पष्ट बोलेको बेला राजपा सरकारमा गएर आत्महत्या गर्नुहुन्न भन्ने मेरो विश्वास छ,’ उनले भने । अध्यक्ष यादवले संविधान संशोधनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुका कुरै नसुनेको गुनासो पनि गरे ।

उनले सम्झौतामा हस्ताक्षर गरेर पनि प्रधानमन्त्रीले संविधान संशोधनका लागि चासो नदेखाएको भन्दै गुनासो गरेका हुन् । ‘प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संविधान संशोधनका लागि सहमत भएपछि हामी सरकारमा गएका थियौँ’, उनले भने, ‘तर प्रधानमन्त्रीले उखान टुक्का जोड्दै संविधान संशोधन गर्नु नपर्ने कारणको औचित्य पुष्ट गर्न खोज्नुभयो ।’

अध्यक्ष यादवले प्रधानमन्त्रीबाट सहकार्यका मूल्य र मान्यतालाई लत्याएको आरोप लगाउँदै भने, ‘संविधानका कुन कुन बुँदामा संशोधन गर्ने भनेर विज्ञहरुको समूह बनाएर अघि बढ्ने कुरा भएको थियो ।’

उनले अगाडि थपे, ‘विज्ञहरुको समिति बनाउने कुरा पनि प्रधानमन्त्रीले मानेनन् । मैले संविधान संशोधनका लागि बुँदा तयार गर्न विज्ञहरुको समिति बनाऊँ भन्दा पनि प्रमले अस्वीकार गर्नुभयो ।’

यादवले आफू दिल्ली गएका बेला अपमानपूर्वक एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सारिएको भन्दै आक्रोश पोख्दै भने, ‘आफ्ना देशका मन्त्रीलाई स्वास्थ्य मन्त्रीका हैसियतमा उनै प्रधानमन्त्रीले विदेश पठाए । तर कार्यक्रमको पहिलो सत्रमा बोल्दा स्वास्थ्यमन्त्री, दोस्रो सत्रमा अर्कै मन्त्री ? यो जस्तो अपमानजनक व्यवहार के हुन्छ अरु ?’

अध्यक्ष यादवले राजपासँग धेरै कुरा मिलेकाले पार्टी एकता बताए । ‘पार्टी एकता अघि बढाउन सहमति भएको पनि हो। राजपाले सरकार छाडेमा एकता हुने भनेको छ’, उनले भने, ‘अब राजपाले के कदम चाल्छ, हामी त एकताका लागि तयार छौँ। राजपाले जानी जानी आत्मघाती कदम उठाएर सरकारमा जाँदैन ।’


प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  १८:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP