Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्जकी स्वास्थ्यकर्मी तारा पन्तको सम्मानसहित विदाई (फोटो फिचरसहित)
नेपालगन्जकी स्वास्थ्यकर्मी तारा पन्तको सम्मानसहित विदाई (फोटो फिचरसहित)
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ २८, २०७८ बागेश्वरी पोस्ट
नेपालगन्जकी स्वास्थ्यकर्मी तारा पन्तको सम्मानसहित विदाई (फोटो फिचरसहित)

नेपालगन्ज । नेपालगन्ज वडा नम्बर ३ स्थित आधारभूत स्वास्थ्य केन्द्रकी स्वास्थ्यकर्मी (स्टाफ नर्स) तारा पन्तको सम्मान तथा विदाई कार्यक्रम गरिएको छ । नेपालगन्ज वडा नम्बर ३ ले  बिएन नर्सिङ अध्यनका लागि काठमाडौं जाँदै गरेकी  स्टाफ नर्स पन्तलाई आज सम्मान गर्दै विदाई गरेको हो । 

स्टाफ नर्स पन्तलाई वडाध्यक्ष मो. अयुव सिद्दिकीले  विदाई गर्दै  नर्सिङ तर्फको उच्च शिक्षा हासिल गर्न जान लागेकोमा शुभकामना दिँदै उज्ज्वल भबिष्यको कामना गरेका थिए । पन्तले आधारभूत स्वास्थ्य केन्द्रमा पुर्याएको योगदानको आफूहरुले उच्च कदर गरेको भन्दै उनको कार्यशैली सबैले प्रशंसा गर्न लायक रहेको अध्यक्ष सिद्दिकीले बताए ।  

त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले पन्तको विदाई गर्दै उनको कार्यको सबैले उच्च मूल्यांकन गरेको बताए । उच्च शिक्षाका लागि शुभकामना दिँदै पन्त जस्तो एउटा इमानदार र कर्तव्यनिष्ठ स्वास्थ्यकर्मी आफूहरुबाट बिदा हुँदा धेरै दु:ख लागेको जनस्वास्थ्य निरीक्षक बस्नेतले भने । भाषा, भेषभुषा नमिल्दा पनि पन्तले मधेसी समुदायमा गरेको उत्कृष्ट कार्यको सबैले तारिफ गरेको समेत बस्नेतले बताए ।

विदाई कार्यक्रममा अन्य वडा सदस्य नफिस अन्सारी सहित अन्य सदस्य, वडा सचिव, आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख जित कुमार शर्मा लगायत कार्यालयका सबै कर्मचारीहरुले उच्च शिक्षाका लागि शुभकामना दिएका थिए ।

आफ्नो विदाई कार्यक्रममा स्टाफ नर्स पन्तले आधारभूत स्वास्थ्य केन्द्रमा बसेर कार्य गर्दा पाएको माया र सद्भाव कहिले नभुल्ने बताइन् । साथै पन्तले वडा नम्बर ३ को सहयोग, स्वास्थ्य शाखाको सहयोग र साथले आफ्नो हौसला झनै उचाईमा पुगेको बताइन् । त्यस्तै भोलीका दिनमा आफू यहीँ आउने समेत बताइन् । विदाईमा पन्तले भावविह्वल हुँदै आफ्ना सहकर्मीहरुसँगको बिछोडले आफूलाई धेरै पिडा भएको समेत बताएकी थिइन् ।

त्यस्तै वडा नम्बर ५ र ६ मा रहेका आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुले समेत आफ्ना सहकर्मी पन्तको आज विदाई गरेका छन् ।  गणेश केसी, सन्देश शाही , निशा रेग्मी लगायत अन्य स्वास्थ्यकर्मीहरुले पन्तको उच्च शिक्षाको शुभकामना दिँदै उज्ज्वल भविष्यको कामना गरेका छन् ।

साढे २ बर्षसम्म आधारभूत स्वास्थ्य केन्द्रमा कार्य गरेकी पन्तले आफ्नो राम्रो छवि बनाउँदै बिदा भएकी छिन् । स्वास्थ्यसँँग सम्बन्धित हरेक गतिविधि होस् वा सुरुवाती कोरोना महामारीका बेलामा समेत स्टाफ नर्स पन्तले उत्कृष्ट कार्य गरिसकेकी छिन् ।

 


प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  १९:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP