नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, फागुन २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सुर्खेतरोड विस्तारका नाममा आतंक सिर्जना गरिँदैछः कांग्रेस नेपालगञ्ज नगर
सुर्खेतरोड विस्तारका नाममा आतंक सिर्जना गरिँदैछः कांग्रेस नेपालगञ्ज नगर
banijya office RSG-2
प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण
बागेश्वरी पोस्ट
सोमबार, फागुन २, २०७८ बागेश्वरी पोस्ट
सुर्खेतरोड विस्तारका नाममा आतंक सिर्जना गरिँदैछः कांग्रेस नेपालगञ्ज नगर

नेपालगञ्ज । नेपालगञ्जको सुर्खेतरोड विस्तार गर्ने नाममा सडक विभागले आतंक मच्चाइरहेको भन्दै नेपाली कांग्रेस नेपालगञ्ज नगर कार्यसमितिले बाँकेका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । नगर सभापति प्रशान्त विष्ट नेतृत्वको टोलीले आज प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई भेटेर मन्त्रीपरिषद्ले निर्णय गरेर कार्यान्वयनमा आइसकेको विषय विपरीत संरचना भत्काउनका लागि बहालमा बसेका संघसंस्था र बैंकहरुलाई पत्राचार गर्नु अवैधानिक भएको भन्दै तत्काल यो कार्य रोक्न माग गरेको छ ।

No description available.

सडक विभागले गरिरहेको यस्तो कार्य भत्सर्नायोग्य भएको नेपालगञ्ज नगर कार्यसमितिको ठहर छ । सडक विस्तारका नाममा बर्षेनी जनतालाई आतंकित बनाउने र करोडौंका सम्पत्ति तोडफोड गर्ने कार्य गलत भएको उसको भनाई छ । सुर्खेतरोड विस्तार गर्ने क्रममा यसअघि नै मन्त्रीपरिषद् स्तरीय निर्णयबाट विल्ट अप एरिया (बस्ती क्षेत्र) कायम गरी त्यस क्षेत्रमा २१ देखि २५ मिटरको बीचमा बनेका संरचना नभत्काई सडक विस्तार गर्ने विषय कार्यान्वयनमा आई निर्माण कार्य सम्पन्न भइसकेको अवस्थामा सडक विभागले हँचुवाको भरमा पत्राचार गरिरहेको नगर सभापति विष्टले बताए ।

जयसपुरदेखि मनिकापुर चोकसम्मको सडकको दायाँबायाँ २१ मिटर नै कायम हुनुपर्ने विष्टको भनाई छ । "यसअघि कार्यान्वयनमा आइसकेको निर्णय विपरीत घरधनी वा जग्गाधनीका नाममा नभई घरबहालमा बस्नेहरुका नाममा पत्राचार गरेर टर्चर गर्न खोजिनु विल्कुलै गलत छ, नियम विपरीत घर खाली गर्न र भत्काउन गरिएको ताकेता फिर्ता नभए हामी सशक्त आन्दोलनमा उत्रिन्छौं," सभापति विष्टले भने ।

No description available.

कांग्रेस नेता एवम् विल्ट अप एरिया (बस्ती क्षेत्र) भित्रका एक जना घरधनी ललित रौनियारले सडक विभागको गलत हर्कतका विरुद्ध प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउन आफूहरु जिल्ला प्रशासन पुगेको बताए । रौनियारले गणेशमान चोकदेखि कारकाँदोसम्मको ३ किलोमिटर क्षेत्र र कोहलपुरमा हाइ स्कुलदेखि चौराहसम्मको ८ सय मिटर क्षेत्रमा घरधनी वा जग्गाधनीलाई मर्का नपरोस् भनेर उक्त क्षेत्रलाई विल्ट अप एरिया (बस्ती क्षेत्र) तोकेर २१ देखि २५ मिटरमा बनेका संरचना कायमै राखेर सडक विस्तार गर्ने मन्त्रीपरिषद्ले नै निर्णय गरेर कार्यान्वयनमा आइसकेको कुरालाई उप्काएर आतंक सिर्जना गरिनु गलत भएको बताए ।

त्यस क्रममा प्रमुख जिल्ला अधिकारी खत्रीले मन्त्रीपरिषद्ले गरिसकेको निर्णय कार्यान्वयनमा ल्याउनु आफ्नो कर्तब्य रहेको भन्दै त्यस अनुरुप नै यो विषयलाई हल गरिने बताए । "मन्त्रीपरिषद्ले नै गरेको निर्णय रैछ, २०६९ सालमा नै निर्णय भएको रैछ, कहाँ कुन-कुन क्षेत्रलाई विल्ट अप एरिया तोेकेको छ, त्यसलाई अध्ययन गरेर त्यसै अनुसार अघि बढ्न सडकलाई अनुरोध गर्छु, के कति कारणले संरचना भत्काउन पत्राचार भएको रैछ, सडक विभागसंग छलफल गरेर निक्र्यौल गछौं," उनले भने ।

सुर्खेतरोड विस्तार गर्ने क्रममा विवाद भएपछि सरकारले मुख्य बजार क्षेत्रको निश्चित क्षेत्रलाई विल्ट अप एरिया तोकेको थियो । त्यसै अनुरुप सडक विस्तारको काम भएको थियो । 


प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १६:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP