नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेको डुडुवामा शुरु भयो रेडियो सफल ९२.८ मेगाहर्ज
बाँकेको डुडुवामा शुरु भयो रेडियो सफल ९२.८ मेगाहर्ज
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन ७, २०७८ बागेश्वरी पोस्ट
बाँकेको डुडुवामा शुरु भयो रेडियो सफल ९२.८ मेगाहर्ज

डुडुवा (बाँके) । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ मा रेडियो सफल ९२ दशमलव ८ मेगाहर्जले औपचारिक रुपमा प्रशारण शुरु गरेको छ । शनिबार एक समारोहका बीच रेडियोको उद्घाटन गरिएको हो ।

डुडुवा गाउँपालिकामै पहिलोपटक रेडियो संचालनमा आएको छ । रेडियोको गाउँपालिकाका उपाध्यक्ष सायदा बानोले रिवन काटेर उद्घाटन गरेकी थिइन् । लामो समयदेखि संचालनको तयारीमा रहेको रेडियो प्रजातन्त्र दिवसको अवसर पारेर संचालनमा ल्याइएको हो ।

No description available.

प्रजातन्त्र पश्चात् नै देशमा नयाँ आयामको बिकास भएको र प्रजातन्त्रले मानिसलाई स्वतन्त्रता प्रदान गरेको अवसर पारेर रेडियो संचालन गरिएको जनाइएको छ । संचार प्रतिष्ठन नेपालद्वारा संचलित रेडियो सफलले बाँकेको डुडुवा, नरैनापुर, राप्तीसोनारी र नेपालगञ्ज क्षेत्रलाई लक्षित गर्ने प्रतिष्ठानका अध्यक्ष पोषण केसीले जानकारी दिए । रेडियोमार्फत् ग्रामीण बस्तीका समस्या, चुनौती लगायत विभिन्न सवाल तथा व्यक्तिहरुमा लुकेर रहेको क्षमता प्रस्फुटन गर्नुका साथै स्थानीय सरकारलाई खबरदारी गर्दै जनतालाई सही सूचना प्रदान गरिने अध्यक्ष केसीले बताए ।

कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य लिलावती यादवले शिक्षा क्षेत्रको बिकास तथा मानिसलाई सही सूचना र छिटो छरितो तरिकाले पुर्याउने सरल माध्यम रेडियो रहेको बताइन् । उनले रेडियोले ग्रामीण बस्तीको बिषयबस्तु उठान गर्नुपर्ने, किशोरी शिक्षालाई प्राथमिकता दिनुपर्ने र शिक्षित समाज निर्माणमा भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन् । कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नं ८ वडा अध्यक्ष खुम बहादुर बस्नेतले संचार क्षेत्र राज्यको चौथो अंग भएको भन्दै रेडियो खासगरी नरैनापुर र डुडुवा गाउँपालिकाका क्षेत्रका जनतामुखी हुनुपर्ने बताए । उनले जनप्रतिनिधिको हैसियतबाट रेडियोलाई आवश्यक समन्वय, सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

No description available.

कार्यक्रममा डुडुवा गाउँपालिका प्रेस सल्लाहकार राकेश कुमार मिश्र, अवधि पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सूर्यलाल यादवले डुडुवामा रेडियोले खेल्न सक्ने र स्थानीयले रेडियोका लागि गर्न सक्ने समन्वय सहकार्यबारे धारणा राखेका थिए ।उद्घाटन समारोहमा गाउँपालिकाका उपाध्यक्ष बानो, कार्यपालिका सदस्य यादव, वडा नम्बर १ का वडा सदस्य सुष्मा यादव, वडा नम्बर ३ का वडा सदस्य आमोद तिवारी, वडा नम्बर ४ की वडा सदस्य सकिना नाउँ, स्थानीय वन महासंघ डुडुवाका अध्यक्ष बेल बहादुर बोहरा, किसान संघका क्षेत्र नं १ का क्षेत्रीय सभापति जुगलाल थारु, प्रतिष्ठानका सदस्य शोभा केसी, नेपाली कांग्रेस राप्तीसोनारी ८ का सभापति नरेन्द्र वली, पदमपुर महिला बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हेमा थापा, डुडुवाका सव इन्जिनियर मदनेश्वर झा लगायतको उपस्थिति रहेको थियो ।

No description available.

रेडियो सफल करिब एक दशक अघि बाँकेमा रेडियो हिमालका नामबाट संचालनमा रहेको थियो । सोही रेडियोको नाम परिवर्तन गरेर रेडियो सफलको नामबाट शनिबारदेखि डुडुवामा प्रशारण शुरु गरेको हो । रेडियोले खासगरी अवधि र थारु भाषालाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम तथा समाचार दिने जनाइएको छ ।  

उद्घाटन कार्यक्रममा रेडियोद्वारा सञ्चालित सात दिने रेडियो उद्घोषण तथा आधारभूत पत्रकारिता तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र वितरण पनि गरिएको थियो । 

No description available.


प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  २०:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP