prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पोल गाडेको १५ वर्ष बित्दा पनि बिजुली बलेन
पोल गाडेको १५ वर्ष बित्दा पनि बिजुली बलेन
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन १०, २०७८ बागेश्वरी पोस्ट
पोल गाडेको १५ वर्ष बित्दा पनि बिजुली बलेन
फाइल फोटो

नेपालगन्ज । कालीकोटको नरहरिनाथ गाउँपालिकामा विद्युतका पोल गाडिएर तार झुण्ड्याएको १५ वर्ष भयो । तर, अहिलेसम्म  बिजुली बल्न सकेको छैन । नरहरिनाथ गाउँपालिकाका लालु, माल्कोट, कोटबाडा, रुप्सा र कुमालगाउँमा साबिकका गाउँ विकास समितिले विद्युतका पोल र तार गाडेको १५ वर्ष बित्दा पनि बिजुली बल्न नसकेको हो । 'गाडेका पोलमा तार झुण्ड्याइएको छ, तर बत्ती बलेको छैन', स्थानीय भन्छन् । 'अहिलेसम्म पोल र तार हेरेरै बत्ती बल्ने सपना देखिरहेका छौं ।'

हचुवाका भरमा विगतमा साबिकका गाविसहरुले विकास अनुदानको बजेट र कर्णाली रोजगार कार्यक्रमको बजेटबाट ती पोल र तारहरु गाडिएका हुन् । पोल गाडिएको वर्षौं भइसक्दा पनि त्यहाँ कुनै लघु जलविद्युत् आयोजना पनि बनेका छैनन् । न कतैबाट विद्युत् ल्याउन तयारी भएको छ । विगत १५ वर्ष अगाडि गाडिएका ती पोल र झुण्ड्याइएका तारमा अहिले विद्युत् प्रवाह नभइकनै खिया लागेर करोडौँको नोक्सान भएको बताइएको छ ।

साबिकका गाविस र कर्णाली रोजगार कार्यक्रमको बजेटबाट खरिद भएका कैयौँ पोलहरु लालीघाट र जितेबजारमा अलपत्र अवस्थामा रहेको नरहरिनाथ गाउँपालिका ९ का शिक्षक नवराज शाहीले बताए । गाविस र कर्णाली रोजगारको पैसा दुरुपयोग गर्न मात्र बिजुलीका पोल खरिद गर्ने निर्णय गरिएको छ, उनले भने । विद्युतको आयोजना नै नभएको ठाउँमा किन पोल र तार चाहियो । पोल र तारमा साबिकको लालु गाविसले आव २०६७/६८ मा कर्णाली रोजगार कार्यक्रमबाट रु. ४५ लाख र गाविसको रु. २७ लाख खर्च गरेको छ भने माल्कोट गाविसले पनि लाखौँ खर्च गरेको छ जनाइएको छ । त्यस्तै कुमालगाउँ गाविसले आव २०७०/७१ को विकासे अनुदानबाट रु. २५ लाख खर्च गरेर पोल खरिद गरिएको नेकपा (माओवादी केन्द्र) नरहरिनाथ गाउँपालिकाका अध्यक्ष अग्रबहादुर विष्टले बताए । विद्युत् आयोजनाको पूर्वाधार निर्माण नगरी गाउँमा पोल र तार कतै गाडिनु, त पोल र तार अलपत्र अवस्थामा छोड्नुका मुख्य कारण आर्थिक सहायता दुरुपयोग गर्नु नै रहेको नरहरिनाथ गाउँपालिका ९ लालुस्थित जनप्रभात माविका प्रधानाध्यपक निर्मलकुमार विष्टले जानकारी दिए । 'विद्युतका पोल र तारका नाममा आर्थिक सहायता दुरुपयोग गर्ने एउटा उद्देश्य देखिन्छ, उनले भने, 'न विद्युत आयोजना छ । न कतैबाट विद्युत् ल्याउने तयारी छ । हँचुवाका भरमा विद्युतका पोल गाडिनुमा मुख्य कारण नै अनियमितता गर्नु हो ।'

करोडौँ रकम खर्च गरेर गाडिएका बिजुलीका पोल र तार अहिले अलपत्र अवस्थामा छन् । गाडिएका विद्युतका पोल र झुण्ड्याइएका तारमा कति खर्च भयो भन्ने प्रमाण कुनै निकायसँग पनि छैन । अहिले राष्ट्रिय प्रसारण लाइनबाट बिजुली लैजाने तयारी भइरहेको नरहरिनाथ गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका सबै क्षेत्रमा बिजुलीका पोल गाडिएको र राष्ट्रिय प्रसारण लाइनबाट बिजुली लैजाने तयारी थालिएको बताइएको छ ।

विगतमा कालीकोटमा राष्ट्रिय प्रसारण लाइन नहुँदा समस्या भएको र अहिले राष्ट्रिय प्रसारण लाइन जोडिएका कारणले त्यहाँबाट बिजुली लैजाने तयारी भएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिए । रासस


प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  १६:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा एक सातामै ४१५ मतदाता थपिए
बाँकेमा एक सातामै ४१५ मतदाता थपिए
आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे
आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे
नेपालगञ्जकी चेली नविना बनिन् एक्टिंग स्टारको फाइनलिष्ट, नविनाको लागि भोट अपील
नेपालगञ्जकी चेली नविना बनिन् एक्टिंग स्टारको फाइनलिष्ट, नविनाको लागि भोट अपील
बाँकेका विभिन्न स्थानमा चाडपर्व लक्षित 'यात्रु सहायता कक्ष' स्थापना
बाँकेका विभिन्न स्थानमा चाडपर्व लक्षित 'यात्रु सहायता कक्ष' स्थापना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP