नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसमा असन्तुष्ट समुह जिल्ला सभापति भेलाको तयारीमा
कांग्रेसमा असन्तुष्ट समुह जिल्ला सभापति भेलाको तयारीमा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस १४, २०७६ बागेश्वरी पोस्ट
कांग्रेसमा असन्तुष्ट समुह जिल्ला सभापति भेलाको तयारीमा
कांग्रेस मुख्यालय

काठमाडौं । नेपाली कांग्रेसभित्रको संस्थापन समूहले बहुमतका बलमा केन्द्रीय समितिको कार्यकाल थप्दै १४औं महाधिवेशनको कार्यतालिका ल्याएपछि असन्तुष्ट समूह जिल्ला सभापति भेलाको तयारीमा जुटेको छ।

संस्थापन पक्षले केन्द्रीय समितिमार्फत बहुमत जुटाएर नौ बुँदे निर्णय गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको असन्तुष्ट समूह जिल्ला सभापति भेलादेखि आवश्यक परे महाधिवेशन प्रतिनिधि भेलासम्मको तयारीमा जुटेको हो । सो समूहले केन्द्रीय समितिसँग समानान्तर गतिविधि गर्ने गरी यो तयारी गरेको हो। कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले सभापतिले असन्तुष्ट समूहलाई झनै चिढ्याउने तथा बहुमतको बलमा गुटलाई बलियो बनाउने गरी निर्णय गरेकाले जिल्ला सभापति भेलादेखि भ्रातृसंगठन भेला र आवश्यक परे महाधिवेशन प्रतिनिधिहरूको भेला डाक्ने तयारी भएको बताए ।

‘सभापति नै असन्तुष्टलाई झनै चिढ्याउने तथा गुट मात्र बलियो बनाएर पार्टी र विधानलाई कमजोर बनाउने गरी अघि बढेपछि जिल्ला सभापति भेलाको तयारी भएको हो । आवश्यक परे महाधिवेशन प्रतिनिधिहरूको भेलासम्म हुन्छ,’ नेता पौडेलले भने । उनले केन्द्रीय समितिमार्फत बहुमतको बलमा भएको निर्णयले पार्टीलाई ध्रुवीकरणतर्फ लगेको र असन्तुष्टको समूहलाई एकै ठाउँ उभ्याएको बताए । अर्का केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सरकारसँगको चुनौतीसँग लड्न र कांग्रेसलाई वैधानिक बाटोबाट हिँडाउनसमेत गहन छलफलको तयारी भइरहेको बताए ।

‘सरकारसँगको चुनौतीसँग लड्न र कांग्रेसलाई वैधानिक बाटोबाट हिँडाउन गहन छलफलको तयारी भइरहेको छ, छिट्टै निर्णय आउँछ,’ नेता जोशीले भने । असन्तुष्ट नेताहरूको संयुक्त छलफलका क्रममा जिल्ला सभापतिको भेला तत्काल बोलाउने र त्यसपछि संघीय र प्रदेश सांसद, पूर्वसांसद भ्रातृ संस्थाका पदाधिकारी र सदस्य र महाधिवेशन प्रतिनिधिको भेला बोलाउने सहमति भइसकेको एक नेताले जानकारी दिए ।

जिल्ला सभापति, सांसद र भ्रातृ संस्थाको भेला काठमाडौंमा गरिए पनि प्रदेश सांसद र क्षेत्रीय सभापति तथा प्रदेशसभा निर्वाचन क्षेत्रीय सभापतिको भेला भने सातवटै प्रदेशमा गर्ने सहमति भएको ती नेताले जानकारी दिए । केन्द्रीय समितिको ११ पुसको बैठकमार्फत सभापति शेरबहादुर देउवाले आफू नेतृत्वको केन्द्रीय समितिको म्याद एक वर्ष थप्ने र मंसिरबाट पार्टीका तल्लो तहको अधिवेशन सुरु गरेर २०७७ फागुनमा १४औं महाधिवेशन गर्ने तालिका ल्याएका थिए ।

सभापति देउवाले पार्टीको महाधिवेशन जस्तो विषयमा एकलौटी रूपमा निर्णय गरेको भन्दै वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलाले निर्णय फिर्ता गर्न माग गर्दै आएका छन् । उनीहरूले बहुमतका आधारमा विधानका विभिन्न धारालाई निलम्बन गरी क्रियाशील सदस्यता वितरण र नवीकरणमा एकाधिकार लाद्ने उद्देश्यले निर्णय गरेको भन्दै सो विषयमा समेत आपत्ति जनाएका छन् ।

पूर्वमहामन्त्री सिटौला र नेता डा। शेखर कोइराला राजधानी बाहिर रहेकाले उनीहरू फर्किएपछि थप तयारी र निर्णय हुने बताइएको छ ।राजधानी बाट साभार।


प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  ०५:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP