prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • पश्चिमा राष्ट्रहरुले युक्रेनमा हतियार पठाए आक्रमण गर्ने रुसको धम्की
पश्चिमा राष्ट्रहरुले युक्रेनमा हतियार पठाए आक्रमण गर्ने रुसको धम्की
banijya office
बागेश्वरी पोस्ट
आइतबार, फागुन २९, २०७८ बागेश्वरी पोस्ट
पश्चिमा राष्ट्रहरुले युक्रेनमा हतियार पठाए आक्रमण गर्ने रुसको धम्की

नेपालगन्ज । रूसले युक्रेनमाथि गरेको आक्रमणको दुई हप्ता सकिन लाग्दा पनि युक्रेन अहिलेसम्म एक्लै आक्रमणको सामना गरिरहेको छ । 

nepalgunj 081-082

पश्चिमा  महाशक्ती राष्ट्रहरुले  युक्रेनलाई हतियार पठाउने कुरा चलिरहँदा रुसले यदि कुनै पनि पश्चिमा देशहरुले युक्रेनमा हातहतियार पठाए त्यसको ढुवानीमै आक्रमण गर्ने धम्कीसहितको चेतावनी  दिएको छ । रुसका उपविदेशमन्त्री सर्गेई र्याबकोभले युक्रेनमा पश्चिमी हतियारको आपूर्तिलाई लक्षित गर्दै आक्रमण गर्ने धम्की दिएका हुन् ।

रुसको कडा चेतावनीले मस्को र नाटो राष्ट्रबीच प्रत्यक्ष टकरावको जोखिम बढाएको छ। रुसको चेतावनी यस्तो बेलामा आएको छ कि जब अमेरिकाले युक्रेनका लागि सैन्य शिक्षा र तालिम एवं 'तत्काल' रक्षा सहायता र सेवाहरूका लागि २०० मिलियन डलर स्वीकृत गरेको छ ।

एक अमेरिकी अधिकारीका अनुसार यो सहायतामा  'रूसको अप्रत्याशित आक्रमणको सामना गरिरहेका युक्रेनको फ्रन्ट-लाइन डिफेन्डरहरूको समर्थनमा एन्टि आर्मर, एन्टि- एयरक्राफ्ट प्रणाली र साना हतियारहरूसमेत समावेश हुनेछन् ।' अमेरिका लगायत अन्य खासगरी नेटो देशहरुले युक्रेनलाई हतियार आपूर्ति गरिरहेका बेला रुसले कडा धम्कीजन्य चेतावनी दिएको हो ।

यसबीच, रुसी सेना युक्रेनको राजधानी किभ नजिकै पुगेर आक्रमण सशक्त बनाइरहेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनालाई राजधानी किभ कब्जा गर्न खोजेमा मृत्युको सामना गर्ने चेतावनी दिएका छन् ।

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेन आक्रमणका क्रममा रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएका छन् । उनले यस्तो कदम युद्ध अपराध हुने जर्मन अखबार वेल्ट एम सोनटागमा दिएको अन्तर्वार्तामा उल्लेख छ ।

युक्रेनका प्रमुख खारखिभ, मारिउपोल, माइकोलाइभ, डिनिप्रो, चेर्निहाइभ र सुमी सहर निरन्तर रुसी आक्रमणमा छन् । अहिले रुसी सेनाले युक्रेनमा आफ्नो आक्रमणलाई पश्चिममा विस्तार गरिरहेको छ । हाम्राकुरा/ एजेन्सी 


प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १३:०९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP