Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • खानेपानी गुणस्तर तथा सेवा प्रणाली ब्यबस्थापन सम्बन्धि अभिमुखीकरण सम्पन्न
खानेपानी गुणस्तर तथा सेवा प्रणाली ब्यबस्थापन सम्बन्धि अभिमुखीकरण सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत १५, २०७८ बागेश्वरी पोस्ट
खानेपानी गुणस्तर तथा सेवा प्रणाली ब्यबस्थापन सम्बन्धि अभिमुखीकरण सम्पन्न

नेपालगञ्ज । संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना नेपालगञ्जले कोहलपुरमा 'खानेपानी गुणस्तर तथा सेवा प्रणाली ब्यबस्थापन' सम्बन्धि दुई दिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।

बाँके र बर्दिया जिल्लाका विभिन्न उपभोक्ता समिति, सरोकारवालाको उपस्थितिमा पानीको गुणस्तर, गुणस्तरयुक्त पानीको पहुँचमा जनतालाई कसरी पुर्याउनेबारे पनि छलफल भएको थियो । कार्यक्रममा कार्यालयका इन्जिनियर सञ्जीव मोक्तान र आयोजना प्रमुख मनिष कुमार राजले कार्यलयसंग सम्बन्धित गुणस्तरीय खानेपानीका कार्यालयको पहल, उपलब्धिबारे जानकारी दिनुका साथै केमिस्ट रबिकिरण आचार्यले पानीको बिभिन्न पारामितीको सीमा, असर र पानी परीक्षण बिधिबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले स्वच्छ खानेपानीलाई संविधानमा मौलिक हकको रुपमा प्रत्याभूत गरेकाले आम उपभोक्ता गुणस्तरयुक्त खानेपानीको पहुँचमा हुनुपर्ने बताए । यसका लागि सरोकारवालाले ध्यान दिन जरुरी समेत रहेको उनले बताए ।

कार्यक्रम संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना नेपालगञ्जका आयोजना प्रमुख मनिष कुमार राजको अध्यक्षता एवं बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीको प्रमुख आतिथ्यता र खानेपानी तथा सरसफाई उपभोक्त महासंघका केन्द्रीय सदस्य नर बहादुर मल्लको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।  कार्यक्रममा सहभागीको तर्फबाट भुरीगाउँ खानेपानीका उपाध्यक्ष चन्द्रमणि पौडेल, चिसापानी खानेपानीकी कञ्चन गौतम लगायतले आफ्नो धारणा राखेका थिए ।

दुई दिनसम्म संचालित उक्त तालिमको सहजीकरण कार्यालयका असिस्टेन्ट केमिस्ट गोपाल रेग्मी गरेको कार्यालयका लेखा प्रमुख भुबनेश्वर रिजालले जानकारी दिए ।

No description available.


प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १२:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP