prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • निर्वाचन आचारसंहिता पालनामा बाँकेको नरैनापुर अगाडि
निर्वाचन आचारसंहिता पालनामा बाँकेको नरैनापुर अगाडि
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख २२, २०७९ बागेश्वरी पोस्ट
निर्वाचन आचारसंहिता पालनामा बाँकेको नरैनापुर अगाडि

नेपालगन्ज ।   स्थानीय  तहको निर्वाचन नजिकिँदै जाँदा देशभर निर्वाचन आचारसंहिताका पालना   विपरितका गतिविधिहरु भइरहेका छन् । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता कार्यान्वयनमा दलहरुले अटेरी गरिरहेका छन् ।

निर्वाचन आयोगलाई निर्वाचन आचारसंहिता कार्यान्वयनमा दलहरुलाई प्रतिवद्ध गराउन हम्मेहम्मे परेको छ । आयोगले अटेरी गर्ने दल तथा उम्मेदवारलाई स्पष्टिकरण सोधिरहेको छ । मानौं, निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन निर्वाचन आयोगलाई दल तथा उम्मेदवारको गोठालो गर्नुपर्ने अवस्था छ ।

निर्वाचन आयोगले आँखा झिमिक्क पार्यो कि दल र उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरिहाल्छन् । निर्वाचन आयोगले गरेको मौखिक आग्रहलाई दल र उम्मेदवारले फिटिक्कै चासो दिँदैनन् । सुने पनि नसुनेझैं गरेर अटेरी गर्दै निर्वाचन आचारसंहिता विपरितका गतिविधिहरु गरेर आयोगलाई हैरान बनाइरहेका छन् । निर्वाचन आचारसंहिता कार्यान्वयनमा बाँकेको नरैनापुर भने उदाहरणीय देखिएको छ । सामान्य भनसुनले नै निर्वाचन आचारसंहिता कार्यान्वयन भइरहेको बताउँछन्, निर्वाचन अधिकृत रेशम आचार्य । उनले भने, ‘सुरुमा यहाँ खटिँदा काम गर्न गाह्रो हुन्छ कि भन्ने सोचेको थिएँ, अहिले त निकै सजिलो र सहज भएको छ ।’

नरैनापुरमा निर्वाचन आचारसंहिता पूर्ण पालना गराउन दल र उम्मेदवारहरु नै लागिपरेको उनले बताए । ‘हामीले दल तथा उम्मेदवारले गरिरहेका निर्वाचन लक्षित गतिविधिमा देखिएका सामान्य त्रुटीलाई मौखिकरुपमै औंल्याइदिन्छौं । उहाँहरु निर्वाचन आचारसंहिता कार्यान्वयनमा सचेत हुनुहुन्छ । सबैको सहयोगले निकै सजिलो भएको छ,’ उनले भने ।

निर्वाचन अधिकृत आचार्यले दलहरुकै सहयोग र सहकार्यमा अहिलेसम्म कुनै उम्मेदवार र राजनीतिक दललाई सामान्य भनसुन बाहेक पत्र नै काटेर स्पष्टिकरण सोध्नुपर्ने, कारबाही गर्नुपर्ने अवस्था नआएको बताए । ‘अहिलेसम्म निकै राम्रो सहकार्य भएको छ । यो सहयोग र सहकार्य निर्वाचन सम्पन्न हुँदासम्म रहनेमा विश्वस्त छु,’ आचार्यले भने । आचारसंहिता पालना नभएको खण्डमा नागरिकको जनमत मोडिने र वास्तविक जनमत प्रकट नहुने हुँदा त्यसतर्फ सचेत भएर निर्वाचन कार्यालयले दलहरुसँग सहकार्य गरेरै निर्वाचन आचारसंहिता पूर्ण पालना गराउन सफल भएको पनि निर्वाचन अधिकृत आचार्यले बताए । उनले भने, ‘अनुगमन समिति पनि त्यसप्रति सचेत छ ।’

‘यहाँ दल तथा उम्मेदवारहरु स्वयं पनि आचारसंहिता पालनामा इमान्दार हुनुहुन्छ । निर्वाचनलाई भयरहित र नागरिकको वास्तविक जनमत प्रकट हुने खालको बनाउन हामी सबैले आचारसंहिता पालना गर्नुपर्छ,’ निर्वाचन अधिकृत आचार्यले भने, ‘आचारसंहिता हामी सबैले पालना गरेमा निर्वाचन स्वच्छ र विश्वसनीय हुन्छ ।’

आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनको आचारसंहिता जारी भए पनि बाँकेकै अन्य स्थानीय तहमा आचारसंहिता उल्लंघनका घटना भइरहेकै बेला नरैनापुरमा भने दलहरुलाई सचेत बनाउनुपर्ने, स्पष्टिकरण सोध्नुपर्ने, आचारसंहिता विपरित तयार गरिएका प्रचार सामग्री जफत गर्नुपर्ने अवस्था आएको छैन । आचारसंहिता कार्यान्वयन गराउन प्रहरीको सक्रियता पनि उत्तिकै छ । इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज एवं प्रहरी निरिक्षक बीरबहादुर सुनारले आचारसंहिता कायान्वयनमा कडाई गरिएको बताए । ‘हामीले हाम्रो क्षेत्रमा आचारसंहिता विपरितका कुनै पनि गतिविधि हुन दिएका छैनौं,’ उनले भने ।

प्रहरी निरिक्षक सुनारले मतदानस्थलको सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै सुरक्षा व्यवस्थालाई चुस्त बनाउँदै टोली परिचालन भइरहेको बताए । निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन निर्वाचन आचारसंहितासँगै अन्य गतिविधिका बारेमा निगरानी गर्दै नरैनापुर क्षेत्रमा आवश्यक सुरक्षाको बन्दोबस्त मिलाइएको पनि उनले बताए ।


प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १४:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP