prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विष्ट र राई २० रुपैयाँको खाना खान अन्जनी माता रसोईमा : मासिक १ लाख दिने वचन
विष्ट र राई २० रुपैयाँको खाना खान अन्जनी माता रसोईमा : मासिक १ लाख दिने वचन
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख २२, २०७९ बागेश्वरी पोस्ट
विष्ट र राई २० रुपैयाँको खाना खान अन्जनी माता रसोईमा : मासिक १ लाख दिने वचन

नेपालगन्ज । नेपालगन्जको भेरी अस्पताल परिसरमा रहेको अन्जनी माता रसोईलाई मासिक १ लाख रुपैयाँ उपलब्ध गराउने गठबन्धनका उम्मेदवारले बताएका छन् । 

paribartan 1

रसोईमा आज  नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट, उपप्रमुखका उम्मेदवार कमरुद्धिन राई लगायतको टोली खाना खान पुगेको थियो ।

सामाजिक कार्यमा समेत सक्रिय रहेका विष्ट रसोईका संस्थापक सदस्य पनि हुन् । उनले रसोईको सेवालाई प्रभावकारी बनाउँदै लैजाने बताए । ‘ब्रह्मलीन श्रीमहन्त हिरामन हरिशंकर गिरी जी महाराजको स्मृतिमा गरिब, मजदुर, विरामीहरुलाई शौलियत दरमा खाना खुवाउनुपर्छ भन्ने उद्देश्यले विजय कुमार गुप्ता लगायतको सुन्दरकाण्ड मित्र मण्डलले रसोइको दुई वर्ष अघि सुरुवात गरेको थियो,’ उनले भने ‘यसले कोरानाकालमा र अहिले भेरी अस्पतालमा आउने विरामीहरुलाई पनि सहयोग भएको छ ।’

कोरोनाकालमा होटल बन्द हुँदा यस आसपासका सेवाग्राहीहरु यहाँबाट लाभान्वित भएका थिए । रसोईले विहान १० बजेदेखि दिउँसो १ बजेसम्म ३० रुपैयाँमा खाना खुवाइरहेको छ । यहाँको सेवा समय बढाउनका लागि जनशक्तिको आवश्यकता पर्छ । सेवा समय बढाउने भन्दा पनि दिइरहेको सेवालाई स्तरीय र प्रभावकारी बनाउने विष्टले बताए ।  

रसोईलाई नेपालगन्ज उपमहानगरपालिकाले मासिक ५० हजार रुपैँया उपलब्ध गराउँदै आएको छ । गठबन्धनका उम्मेदवार विजयी भएपछि मासिक १ लाख रुपैयाँ उपलब्ध गराइने उपप्रमुख पदका उम्मेदवार कमरुद्धिन राईले बताए । 

रसोईले वाहिरी जिल्लाबाट आएका विरामीलाई राहत मिलेको अस्पतालमा कैलाली बौनियाबाट आउनुभएका रिदम सञ्ज्यालले बताए । विरामी लिएर अस्पतालमा आएको एक हप्तामा पहिलो पटक यसबारेमा जानकारी पाएको उनले बताए । ‘३० रुपैयाँमा पानीको बोतल आउँछ, त्यही मूल्यमा खानै खान पाएपछि धेरै खुशी लाग्यो,' उनले भने । तर, धेरै विरामीहरुलाई यो सेवाको बारेमा जानकारी नभएको उनको भनाई छ । यसबारे जानकारी गराउन सूचना बोर्ड राख्ने, यसको प्रचारप्रसार गर्ने लगायतका काम गरिने विष्टले बताए ।

रसोईमा अस्पतालका विरामी, विरामीका आफन्त, नजिकै काम गर्ने, गरिव, मजदुर लगायत दैनिक करिब ४ सयदेखि ५ सयले खाना खाने गरेका छन् । स्थापनादेखि हालसम्म यहाँ २ लाख २५ हजारले सेवा लिएको रसोई सन्चालक पवन कुमार अग्रवालले जानकारी दिए ।

विजय कुमार गुप्ता, जितेन्द्र कुमार सिँह, प्रशान्त विष्ट, विमल चन्द, ब्रजेश बहादुर सिँह र विनोद कुमार राठीको सहयोगले नै यो सामाजिक कार्यले सफलता पाएको उनले बताए । सामाजिक कामहरु स्वतःस्फूर्तरुपमा गरिने काम भएकाले यसको प्रचारप्रसार जरुरी नभएको बिष्टले बताए ।

यस्तैमा खाना खान रसोईमा पुगेका डा. राजन पाण्डेले प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टसंग भेटघाट गरेका छन्  । भेटघाटका क्रममा घरदैलोसंगै मतदाता शिक्षामा जोड दिन विष्टसंग आग्रह गरे । आफूहरुको यस विषयमा ध्यानाकर्षण भएको बताउँदै विष्टले मतदाता शिक्षा कार्यक्रमलाई जोड दिइएको बताए ।

प्रमुख जिल्ला अधिकारी, शिक्षक, वकिल, अधिकारकर्मी लगायत यहाँ पुग्दा आफूहरु पनि यो सेवाको काममा थप प्रोत्साहित हुने गरेको सन्चालक अग्रवालले बताए ।

 


प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १५:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता
विपद् जोखिम ब्यवस्थापनका लागि अन्तरपालिका समन्वय, सहकार्य र साझेदारीमा जोड
विपद् जोखिम ब्यवस्थापनका लागि अन्तरपालिका समन्वय, सहकार्य र साझेदारीमा जोड
सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्दार
सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्दार
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP