नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारीमा कांग्रेसप्रति बढ्दै जनलहर, आज ५ दर्जन बढीले कांग्रेसमा प्रवेश गरे
राप्तीसोनारीमा कांग्रेसप्रति बढ्दै जनलहर, आज ५ दर्जन बढीले कांग्रेसमा प्रवेश गरे
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख २२, २०७९ बागेश्वरी पोस्ट
राप्तीसोनारीमा कांग्रेसप्रति बढ्दै जनलहर, आज ५ दर्जन बढीले कांग्रेसमा प्रवेश गरे

राप्तीसोनारी/ बाँके । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राप्तीसोनारीमा नेपाली कांग्रेसप्रति जनलहर दिनहुँ बढ्दै गएको छ । निर्वाचनको पूर्व सन्ध्यामा विभिन्न पार्टी परित्याग गरेर आज ठूलो संख्यामा कांग्रेसमा प्रवेश गरेका हुन् । 

नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा लगायत पार्टी परित्याग गरेर उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ मा आयोजित कोण सभामा करिव पाँच दर्जन ब्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरे । अन्य पार्टीले जनताको हितमा काम गर्न नसक्ने निष्कर्ष सहित कांग्रेसलाई रोजेको उनीहरुको प्रतिक्रिया छ । 

सो क्रममा नेपाली कांग्रेस बाँकेका उपसभापति कृष्णबहादुर कार्की, जिल्ला सचिव सञ्जुकुमारी चौधरी, कांग्रेसका तर्फबाट राप्तीसोनारी गाउँपालिका अध्यक्षका उम्मेदवार तप्त पौडेल र उपाध्यक्षका उम्मेदवार मनिषासिंह थारु, क्षेत्र नम्बर १ का सभापति पोषणराज  केसी, क्षेत्रीय सचिव खुमबहादुर बस्नेत, कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी, कांग्रेस बाँकेका पूर्व जिल्ला सदस्य पवनकुमार शाह, नेपाली कांग्रेस राप्तीसोनारी सचिव सुरेश डाँगी लगायतले टिका र खादा ओढाएर स्वागत गरेका हुन्  । 

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्षका उम्मेदवार पौडेलले अब चुनाव आउन धेरै समय नरहेको र मतदाताले आफ्नो सही विवेक प्रयोग गर्ने बेला आएको बताए । “हामीले दिन र रातलाई एक बनाई बैशाख ३० गतेका दिन मतदातालाई मतदानमा परिणत गराउनुपर्नेछ,” उनले भने “नेपाली कांग्रेसले चुनाव जितिसकेको छ, राप्ती सोनारी गाउँपालिकामा नेपाली कांग्रेसलाई कसैले हल्लाउन सक्दैन, नेपाली कांग्रेसले सबै घेरालाई तोडेर अगाडि बढिसकेको छ ।” 

यस्तै गाउँपालिका उपाध्यक्षका उम्मेदवार थारुले आफू जनताको सेवा गर्नका लागि राजनीतिमा आएको र सबैको साथ पाएपछि काम गर्न सक्ने बताइन्  । 

सो क्रममा राप्तीसोनारी ८ का वडा अध्यक्षका उम्मेदवार नरेन्द्र ओली, वडा सदस्यका उम्मेदवार, कांग्रेसका नेता, कार्यकर्ता लगायतको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १६:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP