नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • प्रतिवद्धता पत्रलाई टेकेर काम गर्ने गठबन्धनका साझा उम्मेदवार विष्ट र राईको जोड
प्रतिवद्धता पत्रलाई टेकेर काम गर्ने गठबन्धनका साझा उम्मेदवार विष्ट र राईको जोड
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख २३, २०७९ बागेश्वरी पोस्ट
प्रतिवद्धता पत्रलाई टेकेर काम गर्ने गठबन्धनका साझा उम्मेदवार विष्ट र राईको जोड

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुखका उम्मेदवार कमरुद्धिन राईले प्रतिवद्धतालाई टेकेर निर्वाचित भएपछि काम गर्नेमा जोड दिएका छन्  । 

नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट उपप्रमुखको प्रतिवद्धता सार्वजनिक कार्यक्रमलाई आज बेलुकी सम्बोधन गर्दै दुबै उम्मेदवारले यस्तो बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पदका उम्मेदवार विष्टले आफूहरुले जनतामाझ गरेका घोषणा र प्रतिवद्धता पत्रमा उल्लेख भएका कुरालाई कार्यान्वयन गर्ने बताए । संविधान बचाउनका लागि पाँच दलीय गठबन्धन बनेको स्मरण गर्दै उनले नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुख पदमा रुख चिन्ह र उपप्रमुखमा छाता चिन्हमा मतदान गरेर दुबैलाई जिताउन अपिल गरेका छन्  । दुबैले नेपालगन्जको विकासका लागि जनताको सेवक भएर काम गर्ने बताए । 

यस्तै नगर उपप्रमुख पदका उम्मेदवार राईले नेपालगन्ज उपमहानगरपालिकामा एमाले र राप्रपालाई ढाल्नका निम्ति नेपाली कांग्रेस, नेकपा (माओबादी केन्द्र), जनता समाजवादी पार्टी(जसपा), नेकपा (एकिकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा पार्टीबीच संयुक्त रुपमा गठबन्धन बनेको स्पष्ट पारे । ‘बैशाख ३० गतेका दिन दुई तिहाई बहुमतका साथ यो गठबन्धन निर्वाचित हुन्छ,’ उनले भने । 

जनता समाजवादी पार्टी नेपालगन्ज उपमहानगरपालिकाका अध्यक्ष सर्वनकुमार यादवको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई पूर्व मन्त्री एवम् बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद मोहम्मद इस्तियाक राई, नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका निर्वाचन परिचालन समितिका संयोजक डा. सुरेशकुमार कनोडिया, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर लगायतले सम्बोधन गरेका थिए । 

प्रतिवद्धता पत्रमा शिक्षा, कृषि, महिला बालबालिका तथा जेष्ठ नागरिक, रोजगारी, स्वास्थ्य, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, सँस्कृति तथा पर्यटन, भूमी तथा आवास, भौतिक पूर्वाधार, भ्रष्टाचार नियन्त्रण तथा सुशासन र अपांगता सम्बन्धि विषयलाई बुँदागत रुपमा समावेश गरिएको छ ।  


प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  २०:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP