prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसमा बिबाद, केन्द्रिय समिती बैठक दुईतिर
कांग्रेसमा बिबाद, केन्द्रिय समिती बैठक दुईतिर
banijya office
बागेश्वरी पोस्ट
शुक्रबार, पुस १८, २०७६ बागेश्वरी पोस्ट
कांग्रेसमा बिबाद, केन्द्रिय समिती बैठक दुईतिर
कांग्रेस मुख्यालय

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको विवाद झनै झांगिँदै गएको छ । केन्द्रीय समितिबाट भएको बहुमतको निर्णयलाई लिएर संस्थापन र इतर समूहबीच पछिल्लो समय विवाद झनै बढेको हो ।

nepalgunj 081-082

केन्द्रीय समितिबाट भएको बहुमतको निर्णयलाई लिएर कांग्रेसभित्रको असन्तुष्ट समूहको समानान्तर बैठक नै बसेको छ । सभापति शेरबहादुर देउवाले २१ पुसको बैठकबाट फागुनमा चार वर्षे म्याद सकिन लागेको केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गर्ने निर्णय गरेका थिए । यस्तै, सोही बैठकबाट १४औं महाधिवेशन २०७७ फागुनमा गर्ने निर्णय बहुमतबाटै गरिएको थियो ।

यसैगरी, पार्टीका केन्द्रीय विभागको संख्या २८ बाट बढाएर ४७ बनाउने, तरुण दलको म्याद ६ महिना थप गर्नेलगायतका निर्णय पनि सोही बैठकबाट भएको थियो । संस्थापन समूहले पेलेर निर्णय गरेपछि कांग्रेसभित्रको इतर समूह मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट समूह संस्थापनले बोलाएका कुनै पनि बैठकमा सहभागी भएका छैनन् । सभापति देउवाले राष्ट्रिय सभातर्फ रिक्त हुन लागेका १८ सांसदका लागि ९ माघमा हुने निर्वाचनमा आफ्ना तर्फबाट उम्मेदवारबारे छलफल गर्न भन्दै बिहीबारका लागि बोलाएको केन्द्रीय समिति बैठकमा समेत असन्तुष्ट मानिएको पौडेल समूह सहभागी भएन ।

असन्तुष्टको जिल्ला सभापति भेला २१ गते

सो विषयमा पार्टी केन्द्रीय कार्यालय सानेपामा संस्थापन समूहको बैठक चलिरहँदा पौडेल पक्षीय नेताहरू भने महाराजगन्जस्थित महामन्त्री डा शशांक कोइरालाको निवासमा सामानान्तर बैठक चलाइरहेका थिए ।

पार्टी कार्यालयमा बसेको बैठकले उम्मेदवारबारे निर्णय गर्ने अधिकार पदाधिकारीलाई जिम्मा दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। इतर पक्षको बैठकले भने २१ पुसमा जिल्ला सभापतिहरूसँग परामर्श गर्ने निर्णय गरेको केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले जानकारी दिए । उनले सबै जिल्लाका जिल्ला सभापतिलाई बोलाएको समेत बताए। यसैगरी, शुक्रबार (आज) आफ्नातर्फबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदसँग पार्टीभित्रको पछिल्लो अवस्थाका विषयमा छलफल गर्ने निर्णय भएको समेत जोशीले जानकारी दिएका छन् । इतर पक्षको बिहीबारको बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव, नेता अर्जुननरसिंह केसीलगायतका नेता सहभागी थिए ।

सिटौला पक्षका नेता सानेपामा

बहुमतको निर्णयको विषयमा असन्तुष्ट रहँदै आएका नेता कृष्णप्रसाद सिटौला समूहका केही केन्द्रीय सदस्य भने पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् । सिटौला पक्षका केन्द्रीय सदस्य उमाकान्त चौधरी र शिवप्रसाद हुमागाईं सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन् । तर, नेता सिटौलासहित गगन थापा र प्रदीप पौडेल भने दुवैतर्फका बैठकमा सहभागी भएनन् ।

सिटौलाले सभापति देउवालाई यसअघि नै भेटेर लिखितपत्रमार्फत बुहमतको बलमा गरिएको निर्णय फिर्ता लिन आग्रह गरिसकेका छन् । उनले सभापति देउवालाई गुटको नभई सिंगो पार्टीको सभापति बन्न र पार्टीका निर्णय गर्दा उदारता देखाउन भनेका छन् । तर, उनी पक्षका नेताहरू भने बैठकमा सहभागी भएका हुन् । यसैगरी, पौडेल पक्षीय नेता नरहरि आचार्य र गोविन्द भट्टराई पनि सानेपा बैठकमा सहभागी भएको स्रोतले बतायो ।

नेता आचार्यले भने गुटगत आधारमा पार्टी कार्यालयबाहिर आयोजना हुने बैठकमा आफू सहभागी नहुने तर पार्टी कार्यालयभित्र हुने बैठकमा भने सहभागी हुने प्रतिक्रिया दिए । उनले पार्टी कार्यालयमा बसेर नै बृहत् छलफलमार्फत समाधान खोजिनुपर्ने बताए ।राजधानी दैनिकबाट।


प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६  ०९:३९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP