नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • पाप धुरीबाट कराउँछ, बागेश्वरी माताको नगरीमा जनताले बदला लिएः राई
पाप धुरीबाट कराउँछ, बागेश्वरी माताको नगरीमा जनताले बदला लिएः राई
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, जेठ ७, २०७९ बागेश्वरी पोस्ट
पाप धुरीबाट कराउँछ, बागेश्वरी माताको नगरीमा जनताले बदला लिएः राई

नेपालगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता एवम् पूर्व मन्त्री मो. इस्तियाक राईले अबको पाँच वर्षलाई नेपालगञ्जको विकासमा लगानी गर्न आग्रह गरेका छन् । नेपालगञ्जमा गठबन्धनका तर्फबाट नवनिर्वाचित मेयर प्रशान्त विष्ट र उपमेयर कमरुद्दिन राईको विजय उत्सबपछि आयोजित सभालाई त्रिभुवन चोकमा सम्बोधन गर्दै उनले विगतको स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै अब नवनिर्वाचित मेयर, उपमेयर लगायत सबै जनप्रतिनिधिहरुले जनआकांक्षा अनुरुप काम गर्ने विश्वास व्यक्त गरे । जनताको घरघरमा आधारभूत सेवा पु¥याउने गरी कुनै कसर बाँकी नराखेर काम गर्न उनले आग्रह गरे । 

नेपालगञ्जका यसअघिका मेयर डा. धवलशमशेर राणाप्रति इंगित गर्दै उनले आफूले नेपालगञ्जको विकासका लागि ल्याएका योजना फर्काएर नेपालगञ्जको विकास अबरुद्ध गरेको बदला जनताले मतमार्फत् प्रकट गरेको जिकिर गरे । उनले सुर्खेतमा भएको गाईकाण्ड र भेन्टिलेटर खरिद गर्न संसद विकास कोषमार्फत् आएको पैसा फर्काइदिएको भन्दै गाई हत्या र भेन्टिलेटर खरिद नगरेर जनताको जीवनमाथि खेलबाद गर्नेलाई माता बागेश्वरीको नगरीमा पाप धुरीबाट कराउँछ भनेझै आक्रोशित जनताले मतमार्फत् विस्थापित गरिदिएको टिप्पणी गरे । बाँके क्षेत्र नम्बर २ को सांसद समेत रहेका राईले संघ र प्रदेशमा गठबन्धनकै सरकार भएकाले नेपालगञ्जसंग समन्वय गर्दै सबै मिलेर विकास गर्ने बताए । उनले गरिबदुःखीहरुको गुणस्तरीय शिक्षामा पहुँच, भूमीहिनहरुको पुनर्वास र किसानहरुका हकमा एकीकृत सम्पत्ति करको पुनरावलोकन लगायतका विषयहरुमा नयाँ नेतृत्वले ध्यान दिनुपर्ने सुझाब दिए । 

सभालाई कांग्रेस नेता सुदिपनरसिंह राणाले पनि सम्बोधन गर्दै पाँच दलीय गठबन्धन मुलुकको आवश्यकता भएको भन्दै स्थानीय चुनावमा नेपाली जनताले त्यसको अनुमोदन गरेकाले अब गठबन्धन धेरै अगाडिसम्म जाने बताए । नेपालगञ्जबासीले गठबन्धनका उम्मेदवाहरुप्रति ठूलो आशा र विश्वास देखाएको भन्दै उनले त्यो आशा र विश्वासलाई यथार्थमा बदल्न नवनिर्वाचित जनप्रतिनिधिहरु सफल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले गरेका थिए ।                                                                                      


प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १५:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP