नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • युनियनमा २०७ जना सदस्य छन् भन्ने सुन्दैछु, यहाँ १० जना पनि किन छैनन्ः राठौर
युनियनमा २०७ जना सदस्य छन् भन्ने सुन्दैछु, यहाँ १० जना पनि किन छैनन्ः राठौर
RSG-2
"पैसा खाएर, नातागोतालाई टिकट दिएर चुनाव जितिन्छ ?"
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ १३, २०७९ बागेश्वरी पोस्ट
युनियनमा २०७ जना सदस्य छन् भन्ने सुन्दैछु, यहाँ १० जना पनि किन छैनन्ः राठौर

नेपालगञ्ज । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाल प्रेस युनियन बाँकेको स्थापना दिवसमा युनियन सम्बद्ध पत्रकारहरुको उपस्थितिका विषयमा तिखो टिप्पणी गरेका छन् ।

नेपाल प्रेस युनियन बाँके शाखाले आज अपरान्ह नेपालगञ्जमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पात्रो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राठौरले युनियन सम्बद्ध पत्रकारहरुको अत्यन्त कमजोर उपस्थिति देखेपछि तिखो टिप्पणी गरेका हुन् । "मैले सुन्दैछु, युनियनका सदस्यहरु नै २०७ जना छन् रे, तर, यहाँ १० जना पनि देख्दैन, सबै पार्टीका साथीहरु देखिरहेको छु, यसरी कसरी संगठन चल्छ," राठौरले भने । उनले पार्टीका भ्रातृ र शुभेच्छुक संगठनहरु सही तरिकाले परिचालन हुन नसकेको बताए । 

सहमहामन्त्री राठौरले जिल्लामा वडाको टिकट सही तरिकाले वितरण नगरिँदा केही पालिकाका वडाहरुमा लज्जास्पद हार व्यहार्नुपरेको तर्फ इंगित गर्दै यसमा गम्भीर समीक्षा जरुरी रहेको बताए । "पैसा खाएर टिकट दिने, आफ्ना नाता-गोतालाई टिकट दिने अनि कसरी जितिन्छ, केन्द्रले यसको जरुर समीक्षा गर्छ," राठौरले भने । 

कार्यक्रममा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, जिल्ला सभापति नारायणप्रसाद गौडेल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जयसिंह केसी, नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धिताल लगातयले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीका अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राठौर, विशिष्ट अतिथि बाल्मिकी, कांग्रेस जिल्ला सभापति गौडेल, लुम्बिनी प्रदेश कमिटी सदस्य प्रेम केसी लगायत अतिथिहरुले संयुक्तरुपमा २०७९ को भित्तेपात्रो विमोचन गरेका थिए ।                                  


प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १७:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP