prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारीका जनप्रतिनिधि नदीजन्य सामग्रीको घाटगद्दी नापजाँच गर्न अनुगमनमा
राप्तीसोनारीका जनप्रतिनिधि नदीजन्य सामग्रीको घाटगद्दी नापजाँच गर्न अनुगमनमा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ १९, २०७९ बागेश्वरी पोस्ट
राप्तीसोनारीका जनप्रतिनिधि नदीजन्य सामग्रीको घाटगद्दी नापजाँच गर्न अनुगमनमा

राप्तीसोनारी (बाँके) । नदी तथा खोलामा बढेको अबैध उत्खनन् रोक्न सक्रियता देखाएको राप्तीसोनारी गाउँपालिकाले आजदेखि स्थलगतरुपमा अनुगमन सुरु गरेको छ । गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलको नेतृत्वमा उपाध्यक्ष मनिषासिंह थारु, ९ वटै वडाका वडा अध्यक्षसहित १७ जना कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, लेखा अधिकृत गौरवकुमाार लामिछाने तथा अन्य कर्मचारी, प्राविधिक, सञ्चारकर्मी, सुरक्षाकर्मी सहितको टोलीले स्थलगत अनुगमन गरेको हो ।

paribartan 1

गाउँकार्यपालिका (बोर्ड) बैठकले हालै अबैध उत्खनन् रोक्ने निर्णय गर्दै घाटगद्दीको स्थलगत अनुगमन गर्ने र प्राविधिक कर्मचारी, सुरक्षा निकाय लगायतको रोहवरमा गाउँपालिका भरका सबै घाटगद्दी नापजाँच गरी एकिन गर्ने निर्णय गरेको थियो । स्थलगत अनुगमनको पहिलो दिन आज उक्त टोलीले राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४, ५ र ६ का विभिन्न स्थानमा पुगी घाटगद्दी गरेर राखिएका नदीजन्य सामग्री नापजाँच गरेको हो ।

गाउँपालिका अध्यक्ष पौडेलले नदीजन्य पदार्थको ब्यवस्थापन यसअघि गाउँपालिकाले गर्न नसकेपनि अहिले आफूहरु आइसकेपछि अबैध रुपमा सञ्चालन भएका नदीजन्य पदार्थमा आधारित जुनसुकै उद्योगको नियमन कार्य सुरु गरिएको बताए । ‘कार्यपालिकाको बैठकबाट निर्णय गराएर हामीले नियमन गरेका छौं, त्यो कार्यविधि अन्तर्गत् नआउने कुनै पनि ब्यवसायीलाई असार मसान्तसम्म राजश्व बुझाउन समय दिएका छौं,’ पौडेलले भने-‘अबैध रुपले खोला नालामा थुपारिएका नदीजन्य पदार्थलाई असारसम्म स्टक प्रमाणित गर्नुपर्यो, त्यसको लागि गाउँपालिकाको कार्यालय, वडापालिकाको कार्यालयमा राजश्व तिर्ने र हामीले त्यसको निरीक्षण गरेका छौं, परिमाण निकालेका छौं ।’

ब्यवसायीले त्यसो गर्न नसकेमा आगामी साउन १ गतेदेखि ती सबै नदीजन्य सामग्री गाउँपालिकाको नियन्त्रणमा हुने अध्यक्ष पौडेलले बताए । गाउँपालिकाले नै ती सामग्रीलाई उपभोग र प्रयोगमा ल्याउने उनको भनाई छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाँगीका अनुसार क्रसर उद्योग र घाटगद्दीको स्थलगत अनुगमन गरी नियम कानुन अनुसारका आवश्यक कागजात माग गर्ने र त्यहाँ रहेका नदीजन्य सामग्रीको मात्रा नापजाँच गरी सो को खरिद वा संकलनका स्रोतको एकिन गर्ने गरिएको छ । 

अनुगमनका क्रममा अधिकांश क्रसर उद्योग नियम विपरित चलेको पाइएको पनि डाँगीले जानकारी दिए । कतिपय उद्योगलाई आफ्ना कागजात सहित ७ दिनभित्र गाउँपालिकामा सम्पर्क गर्न र तोकिएको राजश्व बुझाउन निर्देशन दिइएको उनले बताए ।  

गाउँपालिकाले खैरी खोला, मुगुवा खोला, टिकुलीपुरघाट सिधनियाघाट, बग्दैलाघाट, लालपुरघाट, आलिनगर खल्लाटपरीघाट, जलालाघाट, परुवा खोला, झिझरी खोलालाई निषेधित क्षेत्र कायम गरेको छ । अब्यवस्थित रुपमा रहेका पुरानो स्टक माललाई नियम अनुसारको पुरानो स्टक मालबस्तुको उचित ब्यवस्थापनका लागि गाउँपालिकाको प्राकृतिक स्रोत तथा खानीजन्य वस्तुको बिक्री तथा निकासी सम्बन्धि कार्यविधि २०७५ बमोजिम राजश्व रकम गाउँ कार्यपालिकामा बुझाउनुपर्ने गाउँपालिकाको निर्देशन छ । 

कार्यपालिका बैठकको निर्णय अनुसार उक्त मालबस्तु २०७९ सालको असार मसान्तसम्म सम्बन्धित घाट गद्दिकर्ताले अनिवार्य रुपमा उठाई सक्नुपर्नेछ, अन्यथा उठाउन नसकेको वा बचेको सम्पूर्ण माल २०७९  साउन १ गतेदेखि गाउँपालिकाले सम्बन्धित सरोकारवालाको सहयोग लिएर सो माल सामान सिज गर्नेछ । 
 


प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  २१:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्दार
सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्दार
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP