नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्ज वडा नं १८ कार्यालयमा तनाव, पत्रकारमाथि हातपात
नेपालगन्ज वडा नं १८ कार्यालयमा तनाव, पत्रकारमाथि हातपात
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ २६, २०७९ बागेश्वरी पोस्ट
नेपालगन्ज वडा नं १८ कार्यालयमा तनाव, पत्रकारमाथि हातपात

नेपालगन्ज । पक्षपात गरेर वडा अध्यक्षले सिफारिस नदिएको भन्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का आक्रोशित स्थानीय बासिन्दाले बिहीबार वडा कार्यालय घेराउ गरेका छन् । नेपालगन्ज १८ लग्दहवा निवासी ४५ वर्षीया रामप्यारी वर्मा विगत ७ महिनादेदेखि मृत्यु दर्ता नाता प्रमाणितका लागि वडा कार्यालयमा पुगेपनि वडा अध्यक्ष दीपककुमार बर्माले सिफारिस नदिएको आरोप छ ।

रामप्यारीकी आमा ८० वर्षीया सिउरी कुर्मीको करिव ७ महिना अघि कालगतिले मृत्यु भएको थियो । आमाको मृत्यु भएपछि मृत्यु दर्ता नाता प्रमाणितका लागि वडा कार्यालयमा जाँदा वडा अध्यक्ष बर्माले विभिन्न बहाना बनाउँदै सिफारिस रोकेको रामप्यारी बताउँछिन् । 

‘धेरै पटक सिफारिस माग्न वडा कार्यालयमा आएँ, तर वडा अध्यक्षले जहिले पनि मलाई सिफारिस नदिएर फर्काउने काम गरेँ, मैले हात जोडेर विन्ती गर्दा उल्टै प्रहरी बोलाएर थुनाउँछु भनेर धाक धम्की दिए,’ रामप्यारीले वडा कार्यालय परिसरमा सञ्चारकर्मीसँग बिहीबार भनिन् ।

मृत्यु दर्ता नाता प्रमाणित नहुँदा आमाको जग्गा नामसारी हुन नसकेको उनले बताइन् । मृतक सिउरीका दुई छोरी मात्र छन् । रामप्यारी र मिरा सहोदर दुई बहिनी हुन् । आमाको मृत्यु पश्चात कानुनीरुपमा स्वतः अंश पाउने अधिकार भएपनि वडा कार्यालयको सिफारिस नपाउँदा सबै काम रोकिएको उनको गुनासो छ । 

रामप्यारी र मिराले लामो समयदेदेखि सिफारिस नपाएपछि उनको न्यायका लागि बिहीबार वडा नम्बर १८ का केही अगुवा तथा स्थानीय बासिन्दा पुगेका थिए । वडा अध्यक्ष बर्माको कार्यकक्षमा सामान्य रुपले छलफल भइरहेका बेला एक्कासी विवाद बढेपछि केहीबेर तनाव उत्पन्न भयो । त्यसक्रममा पत्रकार र महिलामाथि दुव्र्यवहार समेत भएको प्रत्यक्षदर्शीले बताए । 

नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सदस्य कृष्णा सापकोटाले सिफारिस नपाएका दुई दिदी बहिनीको न्यायका लागि आफुहरु वडा कार्यालयमा पुग्दा वडा अध्यक्षले उल्टै प्रहरी बोलाएको बताइन् । ‘दुई दिदी बहिनी छन्, उनीहरुका दाई भाई छैनन्, बुवाको सम्पत्ती हस्तान्तरणका लागि सिफारिस माग्न वडा कार्यालयमा पटक पटक पुग्दा नपाएपछि पीडितले नेपाली कांग्रेससँग सम्पर्क राख्नुभयो, त्यसपछि हामी उहाँको सिफारिसका विषयमा बुझ्दै थियौं, एक्कासी वडा अध्यक्षले प्रहरी र आफ्ना मान्छे बोलाएर दादागिरी देखाउनुभयो।’ 

वडा अध्यक्ष वर्माले भने सिफारिस रोक्ने कुनै नियत नभएको जिकिर गरेका छन् । आफ्नो पहिलो कार्यकाल छँदै नाता प्रमाणितका लागि सिफारिस माग्न आएपनि दुबैको नाममा बराबर सम्पत्ती जाओस् भनेर सिफारिस रोकेको बताए । ‘सिफारिस दिँदाखेरी एउटाले बढी पाउने र अर्कोले कम पाउने हुन्छ कि, यहाँबाट हामीले सिफारिस गर्दा मालपोतमा अप्ठ्यारो नहोस् भनेर रोकिएको हो,’ उनले भने ‘सिफारिस रोक्नुपर्ने कुनै कारण छैन, सिफारिस त दिने हो, नदिने कुरै छैन ।’

नेपालगन्ज १८ स्थित वडा कार्यालयमा समाचार संकलन गर्न पुगेका पत्रकार सलामत अलि शेखमाथि हातपात एवम् दुव्र्यवहार भएको हो । वडा अध्यक्ष बर्माको कार्यकक्षमै पीडित पक्षसँग छलफल भइरहेका बेला एक्कासी विवाद उत्पन्न भएको थियो । सो विवादले उग्ररुप लिएपछि स्थिति तनावपुर्ण बन्यो । सो क्रममा उपस्थित भएका नेपालगन्जस्थित प्रभात घोषणा राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार शेखले भिडियो खिच्न लाग्दा वडा अध्यक्ष बर्मा एक्कासी उठेर हातपात एवम् दुव्र्यवहार गरेको पीडितले बताए । ‘वडा अध्यक्षको कार्यकक्षभित्र विवाद बढेपछि मैले मोबाईल निकालेर भिडियो खिच्दै थिएँ, वडा अध्यक्ष दीपक बर्मा एक्कासी आएर मेरो घाँटी समाते र मोबाईल खोस्ने प्रयास गरे, तर मैले मोबाईल दिएन,’ शेखले भने ‘त्यसपछि वडा अध्यक्षकै निर्देशनमा त्यहाँ रहेका प्रहरीले मलाई घिर्सादै बाहिर गेटसम्म पुर्याए, त्यहाँ रहेका स्थानीय बासिन्दाले छुटाए ।’

पत्रकारको परिचय दिँदादिँदै  पनि प्रहरीले आफूमाथि अमानवीय ब्यवहार गरेको उनको गुनासो छ । यस्तै सुरक्षार्थ खटिएका प्रहरीले वडा कार्यालयमा पुगेकी निरुता गैरेमाथि दुव्र्यवहार गरेका छन् । आफूलाई एक जना पुरुष प्रहरीले सम्वेदनशिल अंग (छाती) समातेर दुव्र्यवहार गरेको उनले सुनाइन् । यसअघि अघिल्लो कार्यकालमा पनि पत्रकारमाथि दुव्र्यवहार गरेका वडा अध्यक्ष बर्माले पत्रकार महासंघको कार्यालयमै पुगेर माफी मागेका थिए । वडाबाट दिइने सिफारिस लगायत विभिन्न सेवा, सुविधामा सेवाग्राहीमा पुर्वाग्रह राख्ने गरेको स्थानीयको गुनासो छ ।


प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  २२:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महासंघ बाँकेले पुस ६ गते रक्तदान कार्यक्रम गर्ने
पत्रकार महासंघ बाँकेले पुस ६ गते रक्तदान कार्यक्रम गर्ने
दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई
दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई
शीतलहरको पूर्व तयारीका लागि नेपालगञ्जमा विषयगत छलफल
शीतलहरको पूर्व तयारीका लागि नेपालगञ्जमा विषयगत छलफल
खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित १३  सवारी साधन नियन्त्रणमा
खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित १३  सवारी साधन नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP