Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • संवाद समूहद्वारा सरोकारवालासँग स्थानीय तह निर्वाचनको समीक्षा
संवाद समूहद्वारा सरोकारवालासँग स्थानीय तह निर्वाचनको समीक्षा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार ९, २०७९ बागेश्वरी पोस्ट
संवाद समूहद्वारा सरोकारवालासँग स्थानीय तह निर्वाचनको समीक्षा

नेपालगञ्ज । स्थानीय तह निर्वाचन २०७९ को समग्र समीक्षा गरिएको छ ।  संवाद समूह बाँकेले आज नेपालगञ्जमा बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको सरोकारवालासँग समिक्षात्मक अन्तरक्रिया गरेको हो । 

निर्वाचन शान्तिपूर्ण, भयरहित र सफल बनाउन चरणवद्ध संवाद सहजीकरण गरेको समूहले निर्वाचनसँग प्रत्यक्ष सम्बन्धित निर्वाचन अधिकारी, सुरक्षा अधिकारी, निर्वाचन पर्यवेक्षक, अधिकारकर्मी, नागरिक अगुवामाझ निर्वाचन अघि, मतदान अवधि र मतगणना घोषणा सम्मको समग्र समीक्षा गरेको हो । 

स्थानीय तह निर्वाचनमा पर्यवेक्षणमा खटिएका नियोकका बसन्त गौतमले सहज पहुँच र सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै मतदान केन्द्र परिवर्तन गर्नुपर्ने सुझाव दिए । नेपालगञ्ज उपमहानगरपालिकाकी निवर्तमान उपप्रमुख उमा थापा मगरले मतदाता शिक्षा अभावकै कारण धेरै मत वदर भएको भन्दै गठवन्धन र चुनाव चिन्हको अन्यौलताले पनि मतदाता झुक्किएको बताइन् ।राष्ट्रिय अपांग महासंघका संघीय सचिव भावुकजंग थापाले असशक्त, अपाङ्ग तथा जेष्ठ नागरिकको सहज पहुँचलाई ध्यान नदिइएको भन्दै आगामी निर्वाचनहरुमा सुधार हुनुपर्नेमा जोड दिए । 

No description available.

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले  शन्तिसुरक्षा र आचारसंहिता पालनालाई प्राथमिकता दिइएकोले निर्वाचन शान्तिपूर्ण र सफल भएको बताए । मतदान भन्दा मतगणना गर्न धौधौ भएको उनले स्वीकारे । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख एवं निर्वाचन अधिकारी रमा पन्तले निर्वाचन अधिकृतसँगको समन्वयमै निर्वाचन गरिएको भन्दै मतदाता शिक्षालाई थप प्रभावकारी बनाइनुपर्ने आवश्यकता महसुस भएको बताइन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले सुरक्षा अधिकारी, दल र नागरिक समाज बीचको समन्वय र सहकार्यले निर्वाचनमा अप्रिय घटना नभएको विश्वास व्यक्त गरे । 

सहभागी अधिकांशले मतदान र मतगणना झन्झटिलो भएकाले अव इलेक्ट्रिक भोटिङ मेसिनको प्रयोग गर्ने नीतिको ब्यवस्था गरिनुपर्ने, आचारसंहितामा कडाई गरिनुपर्ने, सूचनाको सहज प्रवाह गरिनुपर्ने लगायत सुझाव दिएका थिए । संवादका सहजकर्ता शुक्रऋषि चौलागाईद्वारा सहजीकरण गरिएको कार्यक्रममा इन्सेकका प्रदेश संयोजक भोला महत, नेपाल बार एशोसियसनका पूर्व वरिष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेत, सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी, अधिकारकर्मी प्रकाश उपाध्याय, मुस्लिम युवा अगुवा एवं संवाद समूहका सदस्य मकबुल मुकेरी, पत्रकार मधु पौडल लगायतले पनि आ-आफनो राय सुझाव राखेका थिए ।


प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १९:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP