नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • स्थानीय सरकारले आज बजेट ल्याउँदै
स्थानीय सरकारले आज बजेट ल्याउँदै
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार १०, २०७९ बागेश्वरी पोस्ट
स्थानीय सरकारले आज बजेट ल्याउँदै

नेपालगञ्ज । धेरैजसो पालिकाले आज आ–आफ्नो सभामा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेश गर्दैछन् । कतिपय पालिकाले यसअघि नै पेश गरिसकेका छन् ।

अन्तरसरकारी  वित्त  व्यवस्थापन  ऐन  र  स्थानीय  सरकार  सञ्चालन  ऐनले  सबै पालिकामा असार १० गतेभित्र आ–आफ्नो सभामा बजेट पेश गर्नुपर्ने व्यवस्था गरेको छ । वैशाख ३० गते भएको पालिका चुनावबाट ७ सय ५३ मध्ये बाजुराको बूढीगङ्गा बाहेक सबै पालिकामा जनप्रतिनिधि चुनिएका छन् ।

सङ्घीय  मामिला  तथा  सामान्य  प्रशासन मन्त्रालय, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय  महासङ्घले  सबै पालिकालाई अनिवार्य  रूपमा  आउँदो आर्थिक  वर्षको  नीति,  कार्यक्रम र बजेट असार १० गतेभित्र आ–आफ्नो गाउँ र नगर सभामा पेश गर्न आग्रह गरेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै पालिकाका प्रमुख तथा उपप्रमुखलाई प्रदेशस्तरमा तालिम दिएर असार १० भित्र आ–आफ्नो सभामा आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पेश गर्न आग्रह गरिसकेको थियो ।

असार मसान्तभित्र आर्थिक तथा विनियोजन ऐन पारित हुन सकेन भने पालिकाले राजश्व उठाउन र खर्च गर्न पाउने छैन । त्यसैले असार १० भित्र आ–आफ्नो सभामा नीति, कार्यक्रम तथा बजेट पेस गरी छलफल र आवश्यक परिमार्जन गरेर असार मसान्तभित्र पारित भइसक्नुपर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बताए । उनका अनुसार पालिकालाई सङ्घीय र प्रदेश सरकारले समानीकरण अनुदान, राजश्व बाँडफाँटबाट प्राप्त अनुदान, विशेष र सशर्त अनुदान शीर्षकमा बजेट उपलब्ध गराएका छन् ।

यो बजेटसहित पालिकाको आफ्नै  आन्तरिक स्रोतलाई  समेत  आधार  मानी पालिकाले आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेश गर्न लागेका हुन् । अघिल्लो वर्ष केही पालिकाले निर्धारित समयमा बजेट सार्वजनिक गर्न नसक्दा वित्तीय अनुशासनमा प्रश्न उठिरहेको छ।

यसअघि जेठ १५ गते सङ्घ, सरकार र असार १ गते प्रदेश सरकारले बजेट सार्वजनिक गरिसकेका छन् । सङ्घ सरकारले जेठ १५ गते १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो ।


प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  ०८:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP