prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टी त्याग गरे अथवा कारबाहीमा परे जनप्रतिनिधिको पद जाने
पार्टी त्याग गरे अथवा कारबाहीमा परे जनप्रतिनिधिको पद जाने
banijya office
बागेश्वरी पोस्ट
सोमबार, पुस २१, २०७६ बागेश्वरी पोस्ट
पार्टी त्याग गरे अथवा कारबाहीमा परे जनप्रतिनिधिको पद जाने
निर्वाचन आयोग नेपाल

काठमाडौं । आफू जुन दलबाट निर्वाचित भएको हो, त्यही दल त्याग्दा वा कारबाहीमा पर्दा स्थानीय जनप्रतिनिधिको पद के हुन्छ भन्ने अन्यौल थियो। त्यही अन्यौलको फाइदा उठाउँदै कतिपय जनप्रतिनिधिले दल पनि बदले ।

nepalgunj 081-082

तर अब दल त्याग गर्ने वा निर्देशन नमान्ने स्थानीय जनप्रतिनिधिको पद धरापमा पर्ने भएको छ ।निर्वाचन आयोगले दल त्याग गरेका वडाध्यक्ष र सदस्यहरुको पद रिक्त भएको घोषणा गरिदिएको छ । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष महादेव सिंह डडालले आफू निर्वाचित भएको दल नेपाली कांग्रेस परित्याग गरेकाले उक्त पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ ।

यससँगै स्थानीय तहका जनप्रतिनिधिलाई दलत्याग ऐन आकर्षित हुने नजिर कायम भएको छ । यसअघि राजनीतिक दलसम्बन्धी ऐन र स्थानीय तह निर्वाचनसम्बन्धी ऐनमा फरक व्यवस्था भएको भन्दै स्थानीय जनप्रतिनिधिले पार्टी छाडेमा वा पार्टीले कारबाही गरेमा पद रहने वा नरहन भन्ने अन्यौल थियो । तर निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७४ अनुरुप संघ, प्रदेश र स्थानीय तह जुनसुकै जनप्रतिनिधिले पनि दल त्याग गरेमा वा सम्बन्धित दलले प्रक्रिया पूरा गरी कारवाही गरेको आधिकारिक जानकारी गराएमा पद रिक्त हुने प्रष्ट पारेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले संघ र प्रदेशका जनप्रतिनिधिलाई दलीय अनुशासन लाग्ने तर स्थानीय तहका जनप्रतिनिधिलाई नलाग्ने भन्ने खालको अन्यौल कतिपयमा देखिए पनि सबै तहका जनप्रतिनिधिलाई ऐन लाग्ने बताए । उनले निर्वाचित भएको दल त्यागेमा वा दलले प्रक्रिया पूरा गरि कारवाही गरेर आयोगमा जानकारी दिएमा पद रिक्त हुने जानकारी दिए ।

नियमावलीमा के छ ?

निर्वाचन आयोगले वडा सदस्यदेखि गाउँपालिका र नगरपालिकाका प्रमुख उपप्रमुखसम्मलाई राजनीतिक दल सम्बन्धी नियमावली २०७४ लागू हुने जनाएको छ । यो नियमावलीमा कुनै जनप्रतिनिधिले दल त्याग गरेमा वा दलले कारवाही गरेमा प्रक्रियासम्मत ढंगले आयोगलाई जानकारी दिनुपर्ने उल्लेख छ । नियमावलीमा भनिएको छ-कुनै दलको तर्फबाट स्थानीय तहको कुनै पदमा उम्मेदवार भइ निर्वाचित भएको सदस्यले दल त्याग हुने कार्य गरेमा सो दलको केन्द्रीय समितिले निर्णय गरि निजले दल त्याग गरेको व्यहोराको जानकारी आयोगलाई गराउनुपर्नेछ ।

सम्बन्धित दलले निर्णयको प्रतिलिपि सहित आयोगमा पेश गरेपछि आयोगले राष्ट्रि दैनिक पत्रिकामा सूचना प्रकाशित गर्ने र सो सूचना प्रकाशित भएपछि स्थानीय तहको जनप्रतिनिधिको पद स्वतः रिक्त हुने नियमावलीमा व्यवस्था छ । स्थानीय तहको कुनै पनि जनप्रतिनिधिले अर्को दलको सदस्यता लिएमा, आफू संलग्न भइ अर्को दल खोलेमा वा सम्बन्धित दलले निस्कासन गरेमा दल त्याग गरेको मानिने व्यवस्था रहेको छ । निस्कासन गर्नुअघि सम्बन्धित दलको केन्द्रीय समितिले सफाइ पेश गर्ने मौका दिनुपर्नेछ ।

ऐन के भन्छ ?

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३१ मा भनिएको छ- कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको सङ्घीय संसदको सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यस्तो दल त्याग गर्न सक्ने छैन ।

त्यस्तै स्थानीय तह निर्वाचन ऐन २०७३ मा निर्वाचनका बखत जुन दलको चुनाव चिह्न लिएर उम्मेदवार भएको हो, सम्बन्धित दलले कारबाही गरेमा पद रिक्त हुने भनिएको छ । दफा २६ को उपदफा ४ मा भनिएको छ(उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिसकेपछि त्यस्तो उम्मेदवारले आफ्नो दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा सो निर्वाचन चिन्ह परिवर्तन हुन सक्ने छैन । त्यस्तो उम्मेदवार निर्वाचित भएमा सम्बन्धित दलले प्रमाणसहित आयोगमा उजूरी दिएमा निजको सदस्यता खारेज हुनेछ ।

के भन्छन् प्रमुख आयुक्त ?

स्थानीय तहका जनप्रतिनिधिले दल त्याग गरेमा वा सम्बन्धित दलले निश्कासन गरेमा प्रक्रिया पूरा गरी आयोगमा आएपछि सो पद रिक्त हुने प्रमुख आयुक्त दिनेश थपलियाले बताए । यसबारेमा कतिपय अन्यौल रहेकाले आयोगले नियमावली र ऐन नियम हेरेर निर्णय गरेको बताए । हाम्रो निर्वाचन प्रणालीले दलीय आधारमा निर्वाचन हुने,केन्द्रदेखि गाउँपालिकाको वडा सदस्य समेत दलको आधिकारिक उम्मेदवार हुने व्यवस्था गरेकोले हाम्रो निर्वाचन सिद्धान्त र बिचारका आधारमा हुने निर्वाचन हो ।

जुन व्यक्तिले जुन सिद्धान्त र बिचारका आधारमा मत मागेर निर्वाचित हुन्छ, त्यो दल त्याग गर्नु भनेको उसले सिद्धान्त बिचार र मतदातालाई समेत धोखा दिनु हो । यहि कुरालाई महशुस गरेर कानुनले संघ, प्रदेश र स्थानीयको तहको सदस्य जुन दलको उम्मेदवार भएर निर्वाचित भएको छ त्यो दलमा रहेर काम गर्नुपर्छ भन्ने हो ।

सम्बन्धित दलको केन्द्रीय समितिबाट कानुनी प्रक्रिया पुराई निर्णयको प्रतिलिपि पेश भएपछि आयोगले निजको पद रिक्त रहेको निर्णय गरि राष्टिय स्तरको पत्रिकामा सूचना प्रकाशित गर्नुपर्छ । यो व्यवस्था दल त्याग गरेको वा दलले प्रक्रिया पूरा गरि कारवाही गरेको वडा सदस्यदेखि सबै जनप्रतिनिधिमा लागु हुन्छ। ५ वर्ष जुन दलबाट निर्वाचित भएको हो त्यसको निर्देशन र नीति मान्नुपर्छ ।अनलाइनखबरबाट।


प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  १७:५७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP